हेटौडाः हेटौडा–१०, स्थित वनबिज्ञान क्याम्पसको शैक्षिक भवनमा संञ्चालनमा रहेको होल्डिङ सेन्टरबाट आज सम्म २४४ जनाले सेवा लिएका छन् । गएराति आएका १७ जना सहित होल्डिङ सेन्टरले २४४ जनालाई सेवा दिएको होल्डिङ सेन्टरका फोकल पर्सन आशाकाजी श्रेष्ठले जानकारी दिनुभयो । आज होल्डिङ सेन्टरबाट १७ जनालाई स्थाानिय तहले निमार्ण गरेको क्वारेनटाइनमा पठाइएको छ ।

उनीहरुमध्ये ४ जनालाई बकैया गाउँपालिका, १ जनालाई बागमति गाउँपालिका,१ जनालाई मकवानपुरगढी गाउँपालिका, १ जनालाई भीमफेदी,१ जनालाई इन्द्रसरोवर राक्सिराङ १ जना र ८ जनालाई हेटौडामा पठाइएको होल्डिङ सेन्टरका फोकल पर्सन आशाकाजि श्रेष्ठले जानकारी दिनुभयो । उनिहरु गए राति कुबेत, मलेसिया र कोरिया बाट होल्डिङ सेन्टर आइपुगेका थिए ।