प्रहरीले सुस्मिता हत्याको अभियोगमा नियन्त्रणमा लिएका परिवारका सदस्यलाई सार्वजनिक गर्दै ।

हेटौंडाः हेटौंडा–४, गर्दोईकी सुस्मिता केसीको हत्यामा संलग्न अभियुक्तहरुको आजबाट थुनछेक बहस सुरु भएको छ । उनीहरुलाई थुनछेक बहसका लागि जिल्ला अदालत मकवानपुरमा लगिएको छ । सोमबार ४ जना अभियुक्तको वयान सकिएको मकवानपुर जिल्ला अदालतका स्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिनुभयो ।

जिल्ला अदालतमा जिल्ला न्यायाधीश सीता शर्मा अधिकारीले सोमाबर सुस्मिताका ससुरा प्रकाश थापा, सासु तुलसा थापा, जेठी नन्द दुर्गा थापा र कान्छी नन्द सीता थापाको वयान लिनुभएको हो । सरकारी वकिलको कार्यालयले सुस्मिताको जेठी नन्द दुर्गा थापाका श्रीमान् अरुण कार्कीलाई पनि हत्यामा संलग्न भएको भनी मुद्दा चलाएको छ । प्रहरीले अरुण कार्कीको खोजी गरिरहेको छ ।