+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
राजनीति

टोलमा चुनाव प्रचार समिति



राजनीति   12 पटक पढिएको        
समाज संवाददाता हेटौंडा, ३० चैत्रः नेपाली काँग्रेस मकवानपुरको चुनाव प्रचारप्रसार समितिअन्तर्गत हेटौंडा–१३ पदमपोखरी र हेटौंडा–१६ को विभिन्न टोलमा मंगलबार चुनाव प्रचारप्रसार समिति गठन गरिएको छ । पदमपोखरीमा हेटौंडा–१५ का साविक ईकाई सभापति चम्फुरत्न लामाको संयोजकत्वमा १०१ सदस्यीय निर्वाचन प्रचारप्रसार मूल समिति गठन गरिएको छ ।




 

त्यस्तै पदमपोखरीकै मेम्बर टोलमा कमला थिङको संयोजकत्वमा १०१ सदस्यीय, गुरुङ टोल र रिमाल टोलमा क्रमशः हीराबहादुर थिङ र द्वारिकालाल प्रधानको संयोजकत्वमा ७१/७१ सदस्यीय, वरपिपल टोलमा माधव दुलालको संयोजकत्वमा ५१ सदस्यीय, वनस्पती टोलमा अशोक डिमडुङको संयोजकत्वमा ६१ सदस्यीय चुनाव प्रचारप्रसार समिति गठन गरिएको छ । हेटौंडा–१५ का ईकाई सभापति एवम् पदमपोखरी चुनाव प्रचारप्रसार मूल समितिका संयोजक लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा नगर सभापति आनन्द पराजुली, जिल्ला सल्लाहकार प्रभातकुमार दाहाल, निवर्तमान जिल्ला सदस्य अर्जुन कुमार थिङ, क्षेत्रीय सदस्य लक्ष्मी थिङ, हेटौंडा–१३ का वडा सभापति कृष्णबहादुर थिङ, साविक हेटौंडा–२१ का क्षेत्रीय प्रतिनिधी कमल चौलागाईले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

त्यसैगरी हेटौंडा–१६ को चिसापानी टोलमा सन्तोष बास्तोलाको संयोजकत्वमा २९ सदस्यीय र घ्याम्पे टोलमा निर्मला सारु मगरको संयोजकत्वमा २१ सदस्यीय चुनाव प्रचारप्रसार समिति गठन गरिएको छ । हेटौंडा–१६ चुनाव प्रचारप्रसार मूल समारोह समिति संयोजक कृष्णप्रसाद सापकोटाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा अतिथिहरु सहसंयोजक रामकृष्ण कोईराला, बलराम थापा, महेश ढकाल, बुद्धि स्याङतान, रमेश ढकाल, मोहन बस्ताकोटी, मोहन ढकाल, रुद्र ढकालले मन्तव्य व्यक्त गरेका थिए । 








सम्बन्धित शिर्षक समाचारहरु
  • मुख्यमन्त्री कार्यालयको वेबसाईट सञ्चालनमा

    हेटौंडाः ३ नम्बर प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यलयले बिहिबारबाट आधिकारिक वेबसाईट सञ्चालनमा ल्याएको छ । बिहिबार एक कार्यक्रमको आयोजना गरी प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले वेबसाईटको शुभारम्भ गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको वेबसाइट ocmcm.p3.gov.np रहेको छ ।
    राजनीति
    5     समाज संवाददाता
  • अन्तरजातीय ११ जोडी सम्मानित

    हेटौंडाः अन्तरजातीय विवाह गर्ने हेटौंडाका ११ जोडीलाई बिहिबार सम्मान गरिएको छ । समाजमा रहेकोे कुरीति विरुद्ध सशक्त कदम चालेको भन्दै अन्तरजातीय जोडीलाई सम्मान गरिएको हो । उपेक्षित सामुदायिक विकास मञ्चको आयोजना तथा हेटांैडा उपमहानगरपालिकाको सहयोगमा सम्मानपत्रसहित ढाका टोपी र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
    समाज
    5     समाज संवाददाता
  • बजेटको सिलिङप्रति वडा अध्यक्षहरु असन्तुष्ट

    हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७५/०७६ को लागि वडाहरुमा १६ करोड ७५ लाख बराबरको सिलिङ तोकेर पठाएको छ । उपमहानगरपालिकाले १९ वटा वडामा आगामी आर्थिक वर्षको लागि ७० लाखदेखि १ करोड रुपैयाँसम्मको सिलिङ तोकेर पठाएको छ । वडाले सोहि बजेटको सिलिङ भित्र रहेर योजना तथा कार्यक्रमहरु सम्पन्न गर्नुपर्ने हुन्छ ।
    स्थानीय तह
    30     समाज संवाददाता
  • सम्पादकीय, समुदायकै सक्रियतामा पुस्तकालय

    १७, भदौ समय जत्ति नै आधुनिक बन्दै गए पनि ज्ञानको अभावमा समाज आधुनिक बन्नै सक्दैन । ज्ञान आर्जन गर्नु भनेको व्यक्तिले आफ्नो व्यक्तित्व विकासको आधार तयार पार्नु हो । हरेक व्यक्ति सफल र सक्षम बन्न चाहन्छ तर, तयारी के गर्छ त भनेर हेर्ने हो भने तयारी गर्ने विषय केही पनि छैन । सक्षम र सफल व्यक्ति बन्नका लागि शिक्षा अनिवार्य छ ।
    विचार
    99    
  • विद्यालयमा बाध्य बनाइँदै क्रिसमस

    समाज संवाददाता हेटौंडाः भोलि सोमबार क्रिसमस मनाइँदैछ । नेपालमा पनि क्रिस्चियन धर्मावलम्बीहरुको संख्या उल्लेख्य वृद्धि भइरहेको छ । वर्षकै महत्वपूर्ण पर्वको रुपमा मनाइने क्रिसमस क्रिस्चियन समुदायले विशेष धार्मिक आस्थाका आधारमा मनाउने गरेका छन् । तर, मकवानपुरका केही निजि विद्यालयले क्रिस्चियन समुदायको धार्मिक पर्वलाई बाध्य बनाउने प्रयास गरिरहेको छ । विद्यार्थीलाई व्यवहारिक शिक्षा दिने नाममा धर्मको गैरकानुनी रुपमा धर्म प्रचार, धार्मिक अभ्यास गराउने प्रयास भइरहेको छ ।
    समाज
    984    
  • गाँजासहित २ जना पक्राउ

    हेटौंडा, ११ मंसिरः मकवानपुरका प्रहरी टोलिले ४० किलोग्राम लागुऔषध गाँजासहित कैलाश गाउँपालिकामा २ जनालाई शनिबार पक्राउ गरेको छ । प्रहरी चौकी डाँडाखर्कबाट खटिएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा कैलाश गाउँपालिका–६, ठुलोबेसीमा स्थानीयबासी ५१ वर्षीय बच्चुराम रिजाल र १८ वर्षीय रुपक बराललाई गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
    अपराध
    98     समाज संवाददाता
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top