+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
शिक्षा

मकवानपुरको प्राविधिक शिक्षालयमा विदेशी विद्यार्थी



शिक्षा   81 पटक पढिएको        
हेटौंडा, २७ फागुनः ३ नम्बर प्रदेश सभा सदस्य मुनु सिग्देलले मकवानपुरका प्राविधिक शिक्षालयमा विदेशी विद्यार्थीले पढ्ने अवस्था सिर्जना गरिने बताउनुभएको छ । मकवानपुर जिल्ला शैक्षिक रुपमा विकसित भएको उल्लेख गर्नुहुँदै मकवानपुर जिल्लामा प्राविधिक शिक्षालय स्थापनाको तयारी भइरहेको जानकारी दिनुभयो ।



 शनिबार हेटौंडा–५ स्थित ज्ञानदीप बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १८औं वार्षिक साधारणसभाको उद्घाटन गर्नुहुँदै प्रदेश सभा सदस्य सिग्देलले प्रानविधिक शिक्षालय स्थापनाका लागि जमिनको खोजी भइसकेको पनि बताउनुभयो ।

शैक्षिक प्रमाणपत्र मात्रै प्राप्त गर्ने विद्यार्थी नभई ज्ञान र सीपयुक्त विद्यार्थी तयार पार्न शैक्षिक संस्थाले ध्यान दिनुपर्ने बताउनुहुँदै सांसद सिग्देलले भन्नुभयो, ‘प्राविधिक शिक्षालयका लागि आवश्यक जीमन पहिचान भइसकेको छ । अब हामी शिक्षालय स्थापनाको प्रक्रियामा जाँदैछौं ।’ ज्ञानदीप बहुउद्देश्यीय सहकारी संस्थाले जीएस निकेतन मावि सञ्चालन गरिरहेको छ । सहकारीका अध्यक्ष केशवबहादुर श्रेष्ठले विद्यालयमा व्यवस्थित पुस्तकालय, मल्टिमिडियामार्फत पठनपाठन गराउने योजना प्रस्तुत गर्नुभयो । शिक्षक, कर्मचारीको सेवा सुविधा बढाउने, शिक्षण शूल्क र सेयर सदस्यलाई छुटको दर पनि बढाउने प्रस्ताव अध्यक्ष श्रेष्ठले प्रस्तुत गर्नुभएको छ ।

छ सय सेयर सदस्य रहेको सहकारीले सञ्चालन गरेको विद्यालयमा १ हजार ३ सय ६४ विद्यार्थी अध्ययन गरिरहेको प्रिन्सीपल ईश्वरप्रसाद लामिछानेले जानकारी दिनुभयो । २०५६ सालमा स्थापना भएको सहकारीले २०५७ सालदेखि विद्यँलय सञ्चालन गरेको हो । प्रिन्सीपल लामिछानेले अक्षराड्ढन विधिबारे अभिभावकलाई पनि सचेत गराई बालबालिकाको नियमित पठनपाठनमा सचेत गराइने जानकारी दिनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद दाहालले गुणस्तरीय शिक्षा प्रदान गर्न व्यवस्थापन समिति सधैं चिन्तित रहेको बताउनुभयो । सहकारीका संस्थापक उपाध्यक्ष बलराम शर्माले सहुलियत दरमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले सहकारीमार्फत विद्यालय सञ्चालन गरिएको जानकारी दिनुभयो । क्षेत्रीय शिक्षा निर्देशनालयका उपनिर्देशक बद्रिबहादुर पाठकले केन्द्र, प्रदेश र स्थानीय तीनै तहमा शिक्षाका लागि तहगत नीति निर्माण हुने बताउनुभयो ।


सम्पादक सम्मानित

हेटौंडाः ज्ञानदीप बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठलाई सम्मान गरेको छ । सहकारीको विषयमा पत्रकारितामार्फत योगदान पु¥याएको भन्दै ज्ञानदीपले सम्पादक श्रेष्ठलाई नगद ५ हजार ५ सय ५५ रुपैयाँसहित सम्मान पत्र प्रदान गरेको छ । ३ नम्बर प्रदेश सभा सदस्य मुनु सिग्देल, सहकारीका अध्यक्ष केशव बहादुर श्रेष्ठले सम्पादक श्रेष्ठलाई सम्मान गर्नुभएको थियो । यस्तै सहकारीले सेयर सदस्य समेत रहनुभएका हेटौंडा उपमहानगरपालिकाका शंकर उपाध्यायलाई विद्यावारिधी उपाधी हासिल गर्नुभएको भन्दै सम्मान गरेको छ । उपाध्यायलाई खादा ओढाएर सम्मान गरिएको थियो ।








सम्बन्धित शिर्षक समाचारहरु
  • मुख्यमन्त्री कार्यालयको वेबसाईट सञ्चालनमा

    हेटौंडाः ३ नम्बर प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यलयले बिहिबारबाट आधिकारिक वेबसाईट सञ्चालनमा ल्याएको छ । बिहिबार एक कार्यक्रमको आयोजना गरी प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले वेबसाईटको शुभारम्भ गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको वेबसाइट ocmcm.p3.gov.np रहेको छ ।
    राजनीति
    5     समाज संवाददाता
  • अन्तरजातीय ११ जोडी सम्मानित

    हेटौंडाः अन्तरजातीय विवाह गर्ने हेटौंडाका ११ जोडीलाई बिहिबार सम्मान गरिएको छ । समाजमा रहेकोे कुरीति विरुद्ध सशक्त कदम चालेको भन्दै अन्तरजातीय जोडीलाई सम्मान गरिएको हो । उपेक्षित सामुदायिक विकास मञ्चको आयोजना तथा हेटांैडा उपमहानगरपालिकाको सहयोगमा सम्मानपत्रसहित ढाका टोपी र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
    समाज
    5     समाज संवाददाता
  • बजेटको सिलिङप्रति वडा अध्यक्षहरु असन्तुष्ट

    हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७५/०७६ को लागि वडाहरुमा १६ करोड ७५ लाख बराबरको सिलिङ तोकेर पठाएको छ । उपमहानगरपालिकाले १९ वटा वडामा आगामी आर्थिक वर्षको लागि ७० लाखदेखि १ करोड रुपैयाँसम्मको सिलिङ तोकेर पठाएको छ । वडाले सोहि बजेटको सिलिङ भित्र रहेर योजना तथा कार्यक्रमहरु सम्पन्न गर्नुपर्ने हुन्छ ।
    स्थानीय तह
    30     समाज संवाददाता
  • सम्पादकीय, समुदायकै सक्रियतामा पुस्तकालय

    १७, भदौ समय जत्ति नै आधुनिक बन्दै गए पनि ज्ञानको अभावमा समाज आधुनिक बन्नै सक्दैन । ज्ञान आर्जन गर्नु भनेको व्यक्तिले आफ्नो व्यक्तित्व विकासको आधार तयार पार्नु हो । हरेक व्यक्ति सफल र सक्षम बन्न चाहन्छ तर, तयारी के गर्छ त भनेर हेर्ने हो भने तयारी गर्ने विषय केही पनि छैन । सक्षम र सफल व्यक्ति बन्नका लागि शिक्षा अनिवार्य छ ।
    विचार
    99    
  • विद्यालयमा बाध्य बनाइँदै क्रिसमस

    समाज संवाददाता हेटौंडाः भोलि सोमबार क्रिसमस मनाइँदैछ । नेपालमा पनि क्रिस्चियन धर्मावलम्बीहरुको संख्या उल्लेख्य वृद्धि भइरहेको छ । वर्षकै महत्वपूर्ण पर्वको रुपमा मनाइने क्रिसमस क्रिस्चियन समुदायले विशेष धार्मिक आस्थाका आधारमा मनाउने गरेका छन् । तर, मकवानपुरका केही निजि विद्यालयले क्रिस्चियन समुदायको धार्मिक पर्वलाई बाध्य बनाउने प्रयास गरिरहेको छ । विद्यार्थीलाई व्यवहारिक शिक्षा दिने नाममा धर्मको गैरकानुनी रुपमा धर्म प्रचार, धार्मिक अभ्यास गराउने प्रयास भइरहेको छ ।
    समाज
    984    
  • गाँजासहित २ जना पक्राउ

    हेटौंडा, ११ मंसिरः मकवानपुरका प्रहरी टोलिले ४० किलोग्राम लागुऔषध गाँजासहित कैलाश गाउँपालिकामा २ जनालाई शनिबार पक्राउ गरेको छ । प्रहरी चौकी डाँडाखर्कबाट खटिएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा कैलाश गाउँपालिका–६, ठुलोबेसीमा स्थानीयबासी ५१ वर्षीय बच्चुराम रिजाल र १८ वर्षीय रुपक बराललाई गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
    अपराध
    98     समाज संवाददाता
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top