: +०५७-५२६८३०, ९८५५०-६८२२७

समाज


सुविधाको लोभमा निर्देशिका विपरित अपाङ्गतास्तर निर्धारण/ प्राविधिक उपसमितिको प्रतिवेदनलाई हेर्छौंः प्रजिअ

समाज 76 पटक पढिएको सुरेश श्रेष्ठ


सुविधाको लोभमा निर्देशिका विपरित अपाङ्गतास्तर निर्धारण/ प्राविधिक उपसमितिको प्रतिवेदनलाई हेर्छौंः प्रजिअ


हेटौंडा, ३ बैशाखः सशस्त्र द्वन्द्वमा घाइते भई अपाङ्गता प्रतिशत निर्धारण तथा पुनरावलोकन कार्यविधि–२०७४ विपरित मकवानपुरमा अपाङ्गता प्रतिशत निर्धारण गर्ने गरी प्रतिवेदन तयार पारिएको पाइएको छ ।

 सशस्त्र द्वन्द्वमा घाइते भई अपाङ्गता प्रतिशत निर्धारण तथा पुनरावलोकन जिल्लास्तरीय सिफारिस समितिले जिम्मेवारी दिएको प्राविधिक उप–समितिले कार्यविधि विपरित अपाङ्गता प्रतिशत निर्धारण गर्ने गरी प्रतिवेदन तयार पारेको हो । जीवन निर्वाह भत्ता प्राप्त गर्न कार्यविधि विपरित अपाङ्गताको प्रतिशत निर्धारण गर्ने प्रयास भएको हो ।

जिल्लास्तरीय अपाङ्गता प्रतिशत निर्धारण तथा पुनरावलोकन सिफारिस समितिले गठन गरेको प्राविधिक उपसमितिले द्वन्द्वपीडितको पक्षमा वकालत गर्दै आएका तेजप्रसाद चौलागाईलाई ५१ प्रतिशत भन्दा बढी अपाङ्गता भएको भनी प्रतिवेदन तयार गरेको छ । चौलागाईलाई यसअघि ५० प्रतिशत अपाङ्गता भएको भनी उल्लेख गरिएको छ । चौलागाईसँगै राक्सिराङ गाउँपालिकाका शमसेर थिङलाई पनि ५१ प्रतिशतभन्दा बढी अपाङ्गता भएको भनी उल्लेख गरिएको छ । यसअघि शमसेर थिङ पनि ५० प्रतिशतमात्रै अपाङ्गता भएको भनी उल्लेख गरिएको थियो । प्राविधिक उपसमितिले ३ नम्बर प्रदेश सांसद ओम बहादुर घलानलाई पनि ४२ प्रतिशत अपाङ्गता भएको भएको भनी अद्यावधिक गरेको छ । यसअघि घलान २० प्रतिशत अपाङ्गता भएको उल्लेख गरिएको छ । कार्यविधिअनुसार चौलागाईलाई ५१ प्रतिशत अपाङ्गता भएको व्यक्तिको रुपमा सिफारिस गर्न अनुकुल देखिँदैन ।

प्राविधिक समितिले महत्वका साथ अपाङ्गता सम्बन्धी आवश्यक परीक्षण पनि नगरेको देखिएको छ । हेटौंडा अस्पतालका मेडिकल अधिकृत डा. सुवास थापा, महिला तथा बालबालिका कार्यालय मकवानपुरकी प्रमुख विष्णुकुमारी लामिछाने र स्थानीय शान्ति समितिकी माहाकाली चौलागाईको समितिले तेजप्रसाद चौलागाईलाई ५१ प्रतिशत अपाङ्गता भएको व्यक्तिको रुपमा सिफारिस गरेको छ । कार्यविधिमा उल्लेख भएअनुसार चौलागाईलाई ५१ प्रतिशत अपाङ्गताको सूचिमा राख्ने आधार देखिँदैन । तर, सरकारले द्वन्द्वकालमा घाईते भई ५१ प्रतिशतदेखि ७६ प्रतिशतसम्म घाईते भए मासिक ६ हजार २ सय रुपैयाँ र ७६ प्रतिशतभन्दा बढी शत्प्रतिशतसम्म अपाङ्गता भए सहयोगीलाई पनि मासिक ६ हजार २ सय रुपैयाँ भत्ता दिने व्यवस्था छ ।

सशस्त्र द्वन्द्वमा घाइते भई अपाङ्गता प्रतिशत निर्धारण तथा पुनरावलोकन कार्यविधि–२०७४ को अनुसूचिमा १२ नम्बर बुँदादेखि १८ नम्बर बुँदासम्ममा ५१ प्रतिशतदेखि ७६ प्रतिशत अपाङ्गता भएको निर्धारण गर्ने आधार उल्लेख गरेको छ । अनुसूचिअनुसार दुबै कानको सुन्ने शक्ति पूर्ण र स्थायी क्षति भए ७० प्रतिशत, एउटा हात/पाखुरासम्मको पूर्ण क्षति वा एउटा हातको स्थायी पक्षघात भए, एउटा खुट्टाको हिपजोर्नी, तीघ्रादेखि गुमेको वा पक्षघात भए, एउटा आँखाको दृष्टि पूर्ण क्षति भई आँखा वा अनुहार बिग्रिएको तर अर्को आँखाको दृष्टि सामान्य भएको वा एउटा आँखाको दृष्टि सामान्य रहेको तर अर्को आँखाको दृष्टि पूर्ण क्षति भई आँखा वा अनुहारको सुन्दरता नबिग्रिएको भए ६० प्रतिशत अपाङ्गता भएको निर्धारण गर्न सकिने छ । यस्तै हातको कुइनासम्म वा कुइना भन्दा मुनीको भागको क्षति भएको वा घुँडाभन्दा मुनीको भाग गुमेको भए ५५ प्रतिशत अपाङ्गता भएको निर्धारण गर्न सकिने व्यवस्था अनुसूचिमा छ ।

यसअघि ५० प्रतिशत अपाङ्गता भएको भनिएका तेजप्रसाद चौलागाईलाई यसपटक प्राविधिक समितिले ५१ प्रतिशत भन्दा माथि अपाङ्गता भएको भनी प्रतिवेदन तयार गरेको छ । सरकारले उपलब्ध गराउने जीवन निर्वाह भत्ताकै लोभमा चौलागाईले प्राविधिक समितिमा सदस्यहरुलाई दबाव समेत दिएको बुझिएको छ । प्राविधिक समितिका सदस्य मध्ये महत्वपूर्ण प्राविधिक व्यक्ति डा. सुवास थापाले पनि अपाङ्गता मूल्यांकन गर्ने प्रक्रिया सामान्य रुपमा भएको बताउनुभएको छ । एक दिनमा २६ जनाको अपाङ्गता परीक्षण गरिएको उल्लेख गर्दै डा. थापाले भन्नुभयो, ‘स्वास्थ्य परीक्षण गरिएका प्रमाणहरु समेत नहेरी अपाङ्गता भएको दावी गर्नेसँग कुराकानीका आधारमा हतारहतार सिफारिस गरिएको हो ।’ प्राविधिक समितिमा मेडिकल अधिकृतले कुराकानीका आधारमा मात्रै स्वास्थ्य परीक्षण गरिएको भन्ने कुराले पनि अपाङ्गता परीक्षण सतही भएको बुझिन्छ । कार्यविधिमा भने आवश्यक्ताअनुसार विशेषज्ञ चिकित्सकमार्फत आवश्यक उपकरण प्रयोग गरी अपाङ्गताको अवस्था निर्धारण गर्न सकिने व्यवस्था गरेको छ ।

शान्ति तथा पुनर्निर्माण मन्त्रालयअन्तर्गत राहत तथा पुनस्र्थापना इकाईले देशभर द्वन्द्वकालमा अपाङ्गता भएका भनिएकाहरुको ५/५ वर्षमा स्वास्थ्य परीक्षण गरी अपाङ्गताको प्रतिशत निर्धारण गर्ने व्यवस्था छ । घाइते/अपाङ्गता प्रतिशत निर्धारण एवम् पुनरावलोकन सिफारिस जिल्लास्तरीय समितिका संयोजक समेत रहनुभएका मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले प्राविधिक समितिले गरेको सिफारिसलाई सघन रुपले हेरिने बताउनुभयो । प्राविधिक समितिले गरेको सिफारिस र कार्यविधिमा भएको व्यवस्थालाई हेरेर जिल्लास्तरीय समितिले मन्त्रालयमा सिफारिस गर्ने प्रमुख जिल्ला अधिकारी बुढाले स्पष्ट पार्नुभयो ।

सशस्त्र द्वन्द्वकाल (२०५२ फागुन १ गतेदेखि २०६३ साल मंसिर ५ गतेसम्म) मा भएका हिंसात्मक द्वन्द्वका क्रममा घाइते तथा अपाङ्गता भएकाहरुलाई आवश्यक्ताअनुसार राहत दिलाउन सरकारले कार्यविधि नै बनाएर जीवन निर्वाह भत्ता तथा उपचारका लागि सहयोग गर्दै आएको छ । मकवानपुरमा पूर्ण अपाङ्गता भएका बकैया गाउँपालिका शिखरपुरका जयबहादुर न्यासूरले सहयोगीको समेत भत्ता पाइरहेका छन् भने अन्य छ जनाले ५१ प्रतिशतभन्दा बढी अपाङ्गता भएर जीवन निर्वाह भत्ता पाइरहेका छन् । बकैया गाउँपालिका शिखरपुरका शेरमान घलान र सन्तवीर लो, हेटौंडा–१२, पदमपोखरीका कृष्णप्रसाद सुवेदी र राजकुमार मोक्तान, हेटौंडा–११ की तीर्थकुमारी थामी (पाण्डे) र थाहा नगरपालिका–१०, चित्लाङका शिवकाजी गोपालीले ५१ प्रतिशतभन्दा बढी अपाङ्गता भएका कारण जीवन निर्वाह भत्तावापत मासिक ६ हजार २ सय रुपैयाँ प्राप्त गरिरहेका छन् । 

मकवानपुर जिल्लामा द्वन्द्वकालमा १ सय ७ जना घाइते भएको विवरण स्थानीय प्रशासनसँग छ । हरेक ५ वर्षमा अपाङ्गता पुनरावलोकनको कार्य गरिने गर्छ । यस वर्ष मकवानपुर जिल्लामा अपाङ्गता पुनरावलोकनका लागि आवेदन दिएका २६ जना मध्ये ५ जना द्वन्द्वकालका घटनामा नभई अन्य कारणले घाइते भएको पाइएकोले २१ जनाको अपाङ्गता अद्यावधिक गरी प्राविधिक समितिले पुनरावलोकन सिफारि समिलिाई प्रतिवेदन बुझाएको छ ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



कार्यविधि विपरित अपाङ्गता प्रतिशत निर्धारण

आत्मनिर्भर बन्न मासु बेच्दै फूलमाया

पत्रकार महासंघको प्रदेश निर्वाचन/ १३ पदमा निर्विरोध निर्वाचित

वरिष्ठ अधिवक्ता दास रहेनन्

महिला समूहले नेतृत्वमा विकास

जनप्रतिनिधिसँग सञ्चार व्यवस्थापनबारे अन्तरक्रिया

पुननिर्माणको काम सुस्त

सुविधाको लोभमा निर्देशिका विपरित अपाङ्गतास्तर निर्धारण/ प्राविधिक उपसमितिको प्रतिवेदनलाई हेर्छौंः प्रजिअ

जनजाति महासंघद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 NEXT

अन्तर्वार्ता

‘सामूहिक कार्यलाई सशक्त बनाउने छु’
सुरेश श्रेष्ठ/यमप्रसाद तिमल्सिना     221
शिक्षालाई सेवाको रुपमा हेर्नुपर्दछ
अमृत चिमरिया     1053
बेचबिखन रोक्न जनचेतना आवश्यक
प्रिया पौडेल     66
‘फुटबल पतनको बाटोतर्फ’
सुरेश श्रेष्ठ/अमृत चिमरिया     49

सम्पादकीय

प्रतिवद्धता कार्यान्वयन होस्
सम्पादकीय     4
क–कसले पाउने पारिश्रमिक ?
सम्पादकीय     4
पिछडिएका समुदाय नछुटुन
सम्पादकीय     3
प्रेरणादायी पुरस्कार
सम्पादकीय      5
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com



1277961 Times Visited.

  • सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
  • अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
  • प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Design and Develop :
Top