: +०५७-५२६८३०, ९८५५०-६८२२७

अर्थ / व्यापार


दीप प्रज्वलनपछि कारोबार

अर्थ / व्यापार 8 पटक पढिएको समाज संवाददाता




हेटौंडा, ३ बैशाखः हेटौंडास्थित मकवानपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नयाँ वर्ष २०७५ को अवसरमा हरेक दिन कार्यालयमा काम लिएर आउने पहिलो सेयर सदस्यमार्फत कार्यालयमा दीप प्रज्वलन गरेर सेवा शुभारम्भ गर्न थालेको छ ।

 हरेक सेयर सदस्यलाई सहकारीप्रति भावनात्मक सम्बन्ध प्रगाढ बनाउने लक्ष्यसहित यस्तो कार्य गरिएको प्रबन्धक विपिन कुमार श्रेष्ठले जानकारी दिनुभयो । २०७५ सालभर कार्यालय सञ्चालन हुने हरेक दिन सेवाग्राही पहिलो सेयर सदस्यमार्फत दीप प्रज्वलन गरी सेवा शुभारम्भ गरिने प्रबन्धक श्रेष्ठले जानकारी दिनुभयो ।

नयाँ वर्षकै अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व पूरा गर्ने क्रममा सहकारीले हेटौंडा–५ स्थित अनाथ बालबालिकाको संरक्षण गर्दै आएको ‘हाम्रो घर’ लाई ५ हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री सहयोग गरेको छ । सहकारीका उपाध्यक्ष विजयसागर श्रेष्ठ, सचिव महेन्द्र चित्रकार, कोषाध्यक्ष भुवनलाल श्रेष्ठ, प्रबन्धक विपिन कुमार श्रेष्ठको समूह हाम्रो घर पुगेर खाद्यान्न सामग्री सहयोग गरेको हो । सहकारीमा २ हजार ५ सय भन्दा बढी सेयर सदस्य छन् । सहकारीले बिना धितो बढीमा ३० हजार रुपैयाँ र धितो राखेर १५ लाख रुपैयाँसम्म ऋण लगानी गरिरहेको छ । हेटौंडा–४, स्कूलरोडमा सहकारीले आफ्नै व्यावसायिक भवन निर्माण बनाउँदैछ ।





कमेन्टसहरु



अन्तर्वार्ता

‘सामूहिक कार्यलाई सशक्त बनाउने छु’
सुरेश श्रेष्ठ/यमप्रसाद तिमल्सिना     221
शिक्षालाई सेवाको रुपमा हेर्नुपर्दछ
अमृत चिमरिया     1053
बेचबिखन रोक्न जनचेतना आवश्यक
प्रिया पौडेल     66
‘फुटबल पतनको बाटोतर्फ’
सुरेश श्रेष्ठ/अमृत चिमरिया     49

सम्पादकीय

प्रतिवद्धता कार्यान्वयन होस्
सम्पादकीय     4
क–कसले पाउने पारिश्रमिक ?
सम्पादकीय     4
पिछडिएका समुदाय नछुटुन
सम्पादकीय     3
प्रेरणादायी पुरस्कार
सम्पादकीय      5
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com



1277955 Times Visited.

  • सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
  • अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
  • प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Design and Develop :
Top