+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
स्वास्थ्य

पहिलो पटक आँखाको नानी संकलन/ रामकृष्ण पहिलो नानी दाता



स्वास्थ्य   72 पटक पढिएको   सुरेश श्रेष्ठ     
हेटौंडा, २२ फागुनः हेटौंडामा पहिलो पटक आँखाको नानी संकलन कार्य सुरु भएको छ । हेटौंडा–४, खोपगल्लीका ८० वर्षीय रामकृष्ण श्रेष्ठको आँखाको नानी सोमबार निकालिएको छ । सोमबार बिहान ८० वर्षको उमेरमा निधन भएका रामकृष्णको दुबै आँखाको नानी निकालिएको हो । हेटौंडा सामुदायिक आँखा अस्पतालका चिकित्सक डा. अमरेन्द्र कुमारले हेटौंडा–१० स्थित राप्तीतटमा चीतामा राखिएको रामकृष्णको शवबाट आँखाको नानी निकाल्नुभएको हो ।

पहिलो पटक आँखाको नानी संकलन/ रामकृष्ण पहिलो नानी दाता


तीन साताअघि माघ २९ गते मात्रै हेटौंडा सामुदायिक आँखा अस्पतालमा आँखाको नानी संकलन केन्द्र स्थापना गरिएको थियो । लायन्स क्लब अफ हेटौंडा इन्टेलेक्चुअलका अध्यक्ष गणेश श्रेष्ठले रामकृष्णका छोराहरु विकास र प्रकाश श्रेष्ठलाई बुबाको आँखादान गर्न आग्रह गर्नुभएको थियो । श्रेष्ठको आग्रहलाई स्वीकार्दै छोराहरु विकास र प्रकाशले बुबाको आँखा दान गर्न सहमत हुनुभएको हो । चिकित्सकले करिब ३० मिनेटको समयमा दुबै आँखाको नानी संकलन गरी सुरक्षित रुपमा राखिएको छ । रामकृष्णका जेठा छोरा विकासले बुबाको आँखाले दुईजना व्यक्तिले संसार देख्ने अवसर पाउँछ भन्ने भएपछि दान गर्न सहमत भएको बताउनुभयो ।

चिकित्सकले रामकृष्णको रगतको नमूना समेत संकलन गरी दुबै नानीलाई निकालेर सुरक्ष्ँित राखेको छ । हेटौंडामा संकलन भएको नानी तिलगंगा आँखा अस्पतालमा पठाइने तिलगंगा आँखा अस्पतालका चिकित्सक डा. कौशल पोखरेलले जानकारी दिनुभयो । दुई साताका लागि हेटौंडा आउनुभएका डा. पोखरेलका अनुसार तिलगंगा आँखा अस्पतालसहित विराटनगर, भैरहवा, पोखरा र भरतपुरस्थित आँखा अस्पतालमा पनि आँखाको नानी प्रत्यारोपणको कार्य भइरहेको छ । तिलगंगा आँखा अस्पतालले नै नानी संकलन गर्न स्थापना गरेको वर्षदिनसम्म एकजनाले मात्रै नानी दान गरेको उल्लेख गर्नुहुँदै डा. पोखरेलले भन्नुभयो, ‘नानी संकलन गर्न हेटौंडामा आँखाको नानी संकलन केन्द्र स्थापना भएको महिना दिन नबित्दै आँखाको नानी संकलन गर्न पाउनु महत्वपूर्ण सफलता भएको बताउनुभयो ।’

चिकित्सकका अनुसार मानिसको मृत्यु भएपछि १२ घण्टाभित्र आँखाको नानी निकालेर सुरक्षित राख्न सके त्यसलाई आवश्यक्ताअनुसार अर्को व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ । काठमाडौंस्थित तिलगंगा आँखा अस्पताल तथा विराटनगर, भैरहवा, पोखरा, भरतपुर स्थित आँखा अस्पतालमा आँखाको नानी प्रत्यारोपणका लागि सयौं विरामी प्रतिक्षारत रहने गरेको डा. पोखरेलले जानकारी दिनुभयो । हेटौंडामा संकलन हुने नानीलाई १४ दिनसम्म सुरक्षित राख्न सकिने र त्यस अवधिमा प्रत्यारोपण गर्न सकिने भन्दै डा. पोखरेलले भन्नुभयो, ‘अहिलेसम्म नेपालमा संकलित आँखाको नानी २ दिन पनि राख्नु पाउने स्थिति छैन । संकलनको तुलना माग बढी रहेको छ ।’ हेटौंडा आँखा अस्पतालमा आँखा संकलन केन्द्र स्थापना भएपछि २ सयभन्दा बढी सर्वसाधारणले आँखादाताको सूचिमा आफ्नो नाम लेखाएको हेटौंडा आँखा अस्पतालका वरिष्ठ अधिकृत सुधीर श्रेष्ठले जानकारी दिनुभयो ।


१०,२४० आँखाको नानी प्रत्यारोपण

हेटौंडाः सन् १९९५ मा आँखा प्रत्यारोपणको कार्य सुरु भएदेखि सन् २०१७ सम्ममा तिलगंगा आँखा अस्पताल र देशका अन्य आँखा अस्पतालबाट १० हजार २ सय ४० आँखाको नानी प्रत्यारोपण गरिएको छ । तिलगंगा आँखा अस्पतालअन्तर्गत आँखा बैंकका प्रबन्धक शंकर तोयनाका अनुसार सन् १९९५ सालदेखि हालसम्म १० हजार २ सय ४० आँखाको नानी प्रत्यारोपण गरिएको छ ।

२०५२ साल मंसिर १७ गते (सन् १९९५) काठमाडौं ढोकाटोलकी ४२ वर्षीया चिनिमाया तुलाधरको आँखाको नानी संकलन गरेर नेपालमा आँखाको नानी संकलनको कार्य सुरुवात भएको हो । सन् १९९५ मा तिलगंगा आँखाले आठ सय आँखाको नानी विदेशबाट आयात गरेको तिलगंगा आँखा अस्पाल अन्तर्गतको आँखा बैंकका प्रबन्धक शंकर तोयनाले जानकारी दिनुभयो । आँखा बैंक प्रबन्धक तोयनाका अनुसार सन् १९९५ मा चिनिमाया तुलाधर नै पहिलो र एक मात्र आँखाको नानी दाता बनिन् । सन् १९९६ मा दुईजनाबाट ४ वटा मात्रै आँखाको नानी संकलन गरिएको थियो । सन् १९९७ मा १९ वटा नानी संकलन गरिएको थियो । सन् २००५ देखि विदेशबाट आँखाको नानी ल्याउन रोकियो । देशभर रहेका आँखा अस्पतालबाट सन् २०१७ मा ८ सय ६१ नानी संकलन गरेको छ । एक अध्ययनअनुसार नेपालमा एक वर्षका लागि करिब ८ हजार नानी आवश्यक हुने तोयनाले बताउनुभयो ।

तिलगंगा आँखा अस्पताल आँखा स्वास्थ्य सेवा विस्तार गर्दै सचेतना अभिवृद्धि गरी आँखाको नानी संकलन अभियानलाई विस्तार गर्ने योजनामा छ । आँखाको नानी प्रत्यारोपण गर्न चिकित्सकको टोलीलाई करिब ४५ मिनेट लाग्ने बताइन्छ । तिलगंगा आँखा अस्पतालले निशूल्क रुपमा आँखाको नानी वितरण गर्ने व्यवस्था मिलाएको छ भने आँखाको नानी प्रत्यारोपणका क्रममा लाग्ने खर्च वापतको शूल्क ६ हजार रुपैयाँ तोकिएको छ । नानी निशूल्क वितरण गरे पनि प्रत्यारोपणका क्रममा अन्य खर्चको मात्रै शूल्क लिने गरेको उल्लेख गर्नुहुँदै तोयनाले भन्नुभयो, ‘आर्थिक रुपमा विपन्न छ भने प्रत्यारोपण शूल्क पनि नलिई सेवा प्रदान गरिरहेका छौं ।’








सम्बन्धित शिर्षक समाचारहरु
  • मुख्यमन्त्री कार्यालयको वेबसाईट सञ्चालनमा

    हेटौंडाः ३ नम्बर प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यलयले बिहिबारबाट आधिकारिक वेबसाईट सञ्चालनमा ल्याएको छ । बिहिबार एक कार्यक्रमको आयोजना गरी प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले वेबसाईटको शुभारम्भ गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको वेबसाइट ocmcm.p3.gov.np रहेको छ ।
    राजनीति
    5     समाज संवाददाता
  • अन्तरजातीय ११ जोडी सम्मानित

    हेटौंडाः अन्तरजातीय विवाह गर्ने हेटौंडाका ११ जोडीलाई बिहिबार सम्मान गरिएको छ । समाजमा रहेकोे कुरीति विरुद्ध सशक्त कदम चालेको भन्दै अन्तरजातीय जोडीलाई सम्मान गरिएको हो । उपेक्षित सामुदायिक विकास मञ्चको आयोजना तथा हेटांैडा उपमहानगरपालिकाको सहयोगमा सम्मानपत्रसहित ढाका टोपी र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
    समाज
    5     समाज संवाददाता
  • बजेटको सिलिङप्रति वडा अध्यक्षहरु असन्तुष्ट

    हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७५/०७६ को लागि वडाहरुमा १६ करोड ७५ लाख बराबरको सिलिङ तोकेर पठाएको छ । उपमहानगरपालिकाले १९ वटा वडामा आगामी आर्थिक वर्षको लागि ७० लाखदेखि १ करोड रुपैयाँसम्मको सिलिङ तोकेर पठाएको छ । वडाले सोहि बजेटको सिलिङ भित्र रहेर योजना तथा कार्यक्रमहरु सम्पन्न गर्नुपर्ने हुन्छ ।
    स्थानीय तह
    30     समाज संवाददाता
  • सम्पादकीय, समुदायकै सक्रियतामा पुस्तकालय

    १७, भदौ समय जत्ति नै आधुनिक बन्दै गए पनि ज्ञानको अभावमा समाज आधुनिक बन्नै सक्दैन । ज्ञान आर्जन गर्नु भनेको व्यक्तिले आफ्नो व्यक्तित्व विकासको आधार तयार पार्नु हो । हरेक व्यक्ति सफल र सक्षम बन्न चाहन्छ तर, तयारी के गर्छ त भनेर हेर्ने हो भने तयारी गर्ने विषय केही पनि छैन । सक्षम र सफल व्यक्ति बन्नका लागि शिक्षा अनिवार्य छ ।
    विचार
    99    
  • विद्यालयमा बाध्य बनाइँदै क्रिसमस

    समाज संवाददाता हेटौंडाः भोलि सोमबार क्रिसमस मनाइँदैछ । नेपालमा पनि क्रिस्चियन धर्मावलम्बीहरुको संख्या उल्लेख्य वृद्धि भइरहेको छ । वर्षकै महत्वपूर्ण पर्वको रुपमा मनाइने क्रिसमस क्रिस्चियन समुदायले विशेष धार्मिक आस्थाका आधारमा मनाउने गरेका छन् । तर, मकवानपुरका केही निजि विद्यालयले क्रिस्चियन समुदायको धार्मिक पर्वलाई बाध्य बनाउने प्रयास गरिरहेको छ । विद्यार्थीलाई व्यवहारिक शिक्षा दिने नाममा धर्मको गैरकानुनी रुपमा धर्म प्रचार, धार्मिक अभ्यास गराउने प्रयास भइरहेको छ ।
    समाज
    984    
  • गाँजासहित २ जना पक्राउ

    हेटौंडा, ११ मंसिरः मकवानपुरका प्रहरी टोलिले ४० किलोग्राम लागुऔषध गाँजासहित कैलाश गाउँपालिकामा २ जनालाई शनिबार पक्राउ गरेको छ । प्रहरी चौकी डाँडाखर्कबाट खटिएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा कैलाश गाउँपालिका–६, ठुलोबेसीमा स्थानीयबासी ५१ वर्षीय बच्चुराम रिजाल र १८ वर्षीय रुपक बराललाई गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
    अपराध
    98     समाज संवाददाता
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top