+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
मनोरञ्जन

स्काउट भदौ ८ मा रिजिल हुँदै



मनोरञ्जन   7 पटक पढिएको   समाज संवाददाता     
हेटौंडा, १६ साउनः निर्माण भएको २ वर्षपछि चलचित्र स्काउट आगामी भदौ ८ गते रिलिज हुने भएको छ । स्वयम्सेवी समूह स्काउट सम्बन्धी सचेतना समेत अभिवृद्धि गर्ने उद्देश्यसहित निर्माण गरिएको चलचित्र देशभित्र र देशबाहिर पनि विशेष प्रदर्शनी (च्यारिटी शो) पछि रिलिज गर्न लागिएको हो । हेटौंडाका निर्माता कृष्ण लामिछानेले विदेश प्रदर्शनका लागि हाइलाइट्स नेपाललाई जिम्मा दिइएको र नेपालभित्र निर्माताकै समूहले प्रदर्शन गर्ने जानकारी दिनुभयो ।



स्काउटको संस्थागत अवधारणा, स्काउट भएर हासिल गर्न सकिने व्यक्तित्वका विषयमा प्रष्ट्याइएको चलचित्र निर्माणका लागि निर्माता समूहले नेपाल स्काउटसँग सहकार्य गरेको छ । करिब ७० लाख रुपैयाँ लागतमा निर्माण गरिएको चलचित्र स्काउटको अमेरिका र भारतको सिक्किममा विशेष प्रदर्शनी गरिएको थियो । अमेरिकामा तत्कालिन राष्ट्रपति बाराक ओबामाका सल्लाहकार समिति सदस्य सञ्जीता प्रधानले विशेष प्रदर्शनीको उद्घाटन गरेकी थिइन् । सिक्किममा मुख्यमन्त्री पवन चाम्लिङले उद्घाटन गरेका थिए । नेपालमा काठमाडौंस्थित अष्टनारायण चलचित्र मन्दिरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विशेष प्रदर्शनीको उद्घाटन गर्नुभएको थियो ।

हेटौंडाकै गोविन्द गौतमले निर्देशन गरेको चलचित्रमा हेटौंडाका कृष्ण लामिछाने र ईश्वर तिवारीसहित पोखराका केदारप्रसाद पराजुलीको लगानी रहेको छ । लगानीकर्ता केदार पराजुली चलचित्र वितरक समेत हुन् । नयाँ चलचित्रको तयारी समेत भइरहेको उल्लेख गर्नुहुँदै निर्माता कृष्ण लामिछानेले स्काउटको रिलिजपछि नयाँ चलचित्र निर्माणले तीव्रता पाउने बताउनुभयो ।








सम्बन्धित शिर्षक समाचारहरु
  • मुख्यमन्त्री कार्यालयको वेबसाईट सञ्चालनमा

    हेटौंडाः ३ नम्बर प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यलयले बिहिबारबाट आधिकारिक वेबसाईट सञ्चालनमा ल्याएको छ । बिहिबार एक कार्यक्रमको आयोजना गरी प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले वेबसाईटको शुभारम्भ गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको वेबसाइट ocmcm.p3.gov.np रहेको छ ।
    राजनीति
    5     समाज संवाददाता
  • अन्तरजातीय ११ जोडी सम्मानित

    हेटौंडाः अन्तरजातीय विवाह गर्ने हेटौंडाका ११ जोडीलाई बिहिबार सम्मान गरिएको छ । समाजमा रहेकोे कुरीति विरुद्ध सशक्त कदम चालेको भन्दै अन्तरजातीय जोडीलाई सम्मान गरिएको हो । उपेक्षित सामुदायिक विकास मञ्चको आयोजना तथा हेटांैडा उपमहानगरपालिकाको सहयोगमा सम्मानपत्रसहित ढाका टोपी र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
    समाज
    5     समाज संवाददाता
  • बजेटको सिलिङप्रति वडा अध्यक्षहरु असन्तुष्ट

    हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७५/०७६ को लागि वडाहरुमा १६ करोड ७५ लाख बराबरको सिलिङ तोकेर पठाएको छ । उपमहानगरपालिकाले १९ वटा वडामा आगामी आर्थिक वर्षको लागि ७० लाखदेखि १ करोड रुपैयाँसम्मको सिलिङ तोकेर पठाएको छ । वडाले सोहि बजेटको सिलिङ भित्र रहेर योजना तथा कार्यक्रमहरु सम्पन्न गर्नुपर्ने हुन्छ ।
    स्थानीय तह
    30     समाज संवाददाता
  • सम्पादकीय, समुदायकै सक्रियतामा पुस्तकालय

    १७, भदौ समय जत्ति नै आधुनिक बन्दै गए पनि ज्ञानको अभावमा समाज आधुनिक बन्नै सक्दैन । ज्ञान आर्जन गर्नु भनेको व्यक्तिले आफ्नो व्यक्तित्व विकासको आधार तयार पार्नु हो । हरेक व्यक्ति सफल र सक्षम बन्न चाहन्छ तर, तयारी के गर्छ त भनेर हेर्ने हो भने तयारी गर्ने विषय केही पनि छैन । सक्षम र सफल व्यक्ति बन्नका लागि शिक्षा अनिवार्य छ ।
    विचार
    99    
  • विद्यालयमा बाध्य बनाइँदै क्रिसमस

    समाज संवाददाता हेटौंडाः भोलि सोमबार क्रिसमस मनाइँदैछ । नेपालमा पनि क्रिस्चियन धर्मावलम्बीहरुको संख्या उल्लेख्य वृद्धि भइरहेको छ । वर्षकै महत्वपूर्ण पर्वको रुपमा मनाइने क्रिसमस क्रिस्चियन समुदायले विशेष धार्मिक आस्थाका आधारमा मनाउने गरेका छन् । तर, मकवानपुरका केही निजि विद्यालयले क्रिस्चियन समुदायको धार्मिक पर्वलाई बाध्य बनाउने प्रयास गरिरहेको छ । विद्यार्थीलाई व्यवहारिक शिक्षा दिने नाममा धर्मको गैरकानुनी रुपमा धर्म प्रचार, धार्मिक अभ्यास गराउने प्रयास भइरहेको छ ।
    समाज
    984    
  • गाँजासहित २ जना पक्राउ

    हेटौंडा, ११ मंसिरः मकवानपुरका प्रहरी टोलिले ४० किलोग्राम लागुऔषध गाँजासहित कैलाश गाउँपालिकामा २ जनालाई शनिबार पक्राउ गरेको छ । प्रहरी चौकी डाँडाखर्कबाट खटिएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा कैलाश गाउँपालिका–६, ठुलोबेसीमा स्थानीयबासी ५१ वर्षीय बच्चुराम रिजाल र १८ वर्षीय रुपक बराललाई गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
    अपराध
    98     समाज संवाददाता
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top