: +०५७-५२६८३०, ९८५५०-६८२२७

समाज


बिहिबारदेखि बालक सम्पर्कविहिन

समाज 3 पटक पढिएको




समाज संवाददाता हेटौंडा, ५ चैत्रः मनहरी गाउँपालिका हाँडीखोलाका १२ वर्षीय बालक उमंग खुलाल बिहिबारदेखि हराइरहेका छन् । हााडीखोलास्थित महेन्द्रज्योति माविमा कक्षा ७ मा अध्ययनरत खुलाल बिहीबार बिहान ६ बजेको समयमा कोचिङ पढ्न भनी घरबाट विद्यालय हिँडेका थिए । तर, ८ बजे पढेर फर्किसक्नुपर्नेमा नफर्केपछि अभिभावकले बालकको खोजी गरेको उमंगका बाबु प्रेमबहादुरले बताए ।


छोराको खोजी कार्यका लागि विद्यालयमा बुझ्न जाँदा बालक २ गतेदेखि नै विद्यालय, कोचिङ दुबै नगएको शिक्षकहरुबाट जानकारी प्रेमबहादुरले पाए । आफन्तकहाँ समेत सम्पर्क गरी बुझ्दा उनी कहीँ फेला नपरी सम्पर्कविहिन रहेका छन् । छोरा खोजीका लागि धाउँदै हिँडेका प्रेमबहादुरले सिविन बाल हेल्पलाइनमा समेत खोजी कार्यका लागि सूचना दिएका छन् । विद्यालयका शिक्षक तथा गाउँ बाल संरक्षण समिति हाँडीखोलाका संयोजक कृष्णप्रसाद पाण्डेका अनुसार बालक हराउनु केही दिनअघि कक्षाकोठामा निराश, अन्य दिनभन्दा केही फरक देखिएको बताए । गोरो वर्णका बालक उमंगले बिहीबार घरबाट निस्कने क्रममा खैरो ज्याकेट, खरानी रंगको पाइन्ट लगाएका र कालो रंगको स्कूल व्याग भिरेर निस्किएको परिवारले बताएको छ । बालकलाई फेला पार्नु हुने जो कोहीले पनि नजिकैको प्रहरी वा सिविन बाल हेल्पलाइन नेपालको पैसा नलाग्ने फोन १०९८ मा जानकारी गराइदिनुहुन हेल्पलाइनले आग्रह गरेको छ ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



कार्यविधि विपरित अपाङ्गता प्रतिशत निर्धारण

आत्मनिर्भर बन्न मासु बेच्दै फूलमाया

पत्रकार महासंघको प्रदेश निर्वाचन/ १३ पदमा निर्विरोध निर्वाचित

वरिष्ठ अधिवक्ता दास रहेनन्

महिला समूहले नेतृत्वमा विकास

जनप्रतिनिधिसँग सञ्चार व्यवस्थापनबारे अन्तरक्रिया

पुननिर्माणको काम सुस्त

सुविधाको लोभमा निर्देशिका विपरित अपाङ्गतास्तर निर्धारण/ प्राविधिक उपसमितिको प्रतिवेदनलाई हेर्छौंः प्रजिअ

जनजाति महासंघद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 NEXT

अन्तर्वार्ता

‘सामूहिक कार्यलाई सशक्त बनाउने छु’
सुरेश श्रेष्ठ/यमप्रसाद तिमल्सिना     221
शिक्षालाई सेवाको रुपमा हेर्नुपर्दछ
अमृत चिमरिया     1053
बेचबिखन रोक्न जनचेतना आवश्यक
प्रिया पौडेल     66
‘फुटबल पतनको बाटोतर्फ’
सुरेश श्रेष्ठ/अमृत चिमरिया     49

सम्पादकीय

प्रतिवद्धता कार्यान्वयन होस्
सम्पादकीय     4
क–कसले पाउने पारिश्रमिक ?
सम्पादकीय     4
पिछडिएका समुदाय नछुटुन
सम्पादकीय     3
प्रेरणादायी पुरस्कार
सम्पादकीय      5
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com



1277948 Times Visited.

  • सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
  • अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
  • प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Design and Develop :
Top