+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
खेलकुद

स्व. केशवलाल श्रेष्ठको प्रतिमा अनावरण



खेलकुद   4 पटक पढिएको        
समाज संवाददाता हेटौंडा १३ बैशाखः दुई वर्षअघिको विनासकारी भूकम्पमा परी निधन भएका तत्कालिन भलिबल खेलका राष्ट्रिय मुख्य प्रशिक्षक केशवलाल श्रेष्ठको प्रतिमा अनावरण गरिएको छ । भूकम्पको २ वर्ष भएको मितिकै दिन सोमबार मकवानपुर जिल्ला खेलकुद विकास समिति कार्यालय परिसरमा श्रेष्ठको अर्धकदको प्रतिमा अनावरण गरिएको हो । स्वर्गीय श्रेष्ठकी श्रीमति मञ्जु श्रेष्ठ र मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्मा दुवाडीले संयुक्त रुपमा प्रतिमाको अनावरण गर्नुभएको हो ।




केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानले प्रतिमा स्थापना गरेको हो । प्रतिष्ठानका पदाधिकारी तथा सदस्य एवम् विभिन्न क्षेत्रबाट सहयोग संकलन गरी करिब ४ लाख रुपैयाँ लागतमा प्रतिमा स्थापना गरिएको हो । प्रतिमा अनावरणपछि आयोजिक कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्मा दुवाडीले खेल क्षेत्रमा योगदान पु¥याउनुभएका व्यक्तिको योगदानको सम्मानमा प्रतिष्ठानले उदाहरणीय कार्य गरेको बताउनुभयो । प्रतिष्ठानका अध्यक्ष प्रताप विष्टले प्रतिष्ठानकै समूह र विभिन्न व्यक्तिहरुको साथ र सहयोगमा प्रतिमा अनावरण गर्न सफल भएको बताउनुभयो । उहाँले अकल्पनीय दुर्घटनामा परि निधन हुनुभएका असल व्यक्तिको प्रतिमालाई देखेर पनि स्वर्गीय क्षेत्रको व्यक्तित्वबाट प्रभावित हुने अपेक्षा प्रतिष्ठानको रहेको बताउनुभयो । 

प्रतिष्ठानका अध्यक्ष प्रताप विष्टको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी पुरनबहादुर जोशी, भलिबल संघ मकवानपुरका संस्थापक अध्यक्ष विशाल विडारी, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिनाले केशवलाल श्रेष्ठले भलिबल खेलको क्षेत्रमा पु¥याउनुभएको योगदान र व्यक्तित्वका विषयमा चर्चा गर्नुभएको थियो । प्रतिमा अनावरण कार्यक्रममा स्वर्गीय श्रेष्ठका छोरा केजल श्रेष्ठ, आफन्तसहित नेपाली काँग्रेस मकवानपुरका प्रमुख सल्लाहकार माईकल रामचन्द्र अर्याल, नेकपा एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देल, नेकपा माओवादी केन्द्र मकवानपुरका संयोजक प्रेम बहादुर पुलामी, नेकपा माले मकवानपुरका सचिव भिमसेन महत, हेटौंडा उपमहानगरपालिकाका प्रबन्धकद्वय भीम तिमल्सिना र बीके महर्जन, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेको सहभागिता रहेको थियो । कार्यक्रममा विभिन्न खेलसम्वद्ध पदाधिकारी, सदस्य, प्रशिक्षक, खेलाडीको पनि सहभागिता रहेको थियो ।

कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका प्रमुख तथा प्रतिष्ठानका उपाध्यक्ष राजन दाहाल खुशराजले प्रतिमा निर्माणमा भएको आम्दानी खर्चको विवरण प्रस्तुत गर्नुभएको थियो । ४ लाख ३ हजार ८ सय ८४ रुपैयाँको लागतमा प्रतिमा निर्माण गरिएको र प्रतिमा निर्माणका क्रममा सहयोगीहरुको नाम शिलालेखमा राखिएको प्रतिष्ठानका सचिव सुरेश श्रेष्ठल जानकारी दिनुभएको छ । केशवलाल श्रेष्ठले २०३१ सालदेखि भलिबल खेल्नु सुरु गर्नुभएको थियो । २०३५ सालदेखि राष्ट्रिय प्रतियोगिता खेल्नुभएका श्रेष्ठ २०४३ सालदेखि प्रशिक्षकका रुपमा राष्ट्रिय खेलकुद परिषद्मा नियुक्त हुनुभएको हो । भलिबलको मुख्य प्रशिक्षक (प्रथम श्रेणी अधिकृत) रुपमा कार्यरत रहेकै अवस्थामा निधन भएको थियो । उहाँका एक श्रीमती र २ छोरा छन् ।








सम्बन्धित शिर्षक समाचारहरु
  • कांग्रेसद्वारा सभा अवरुद्ध/ प्रतिपक्षीद्वारा सरकारको आलोचना

    हेटौंडा, ४ साउनः नेपाली कांग्रेसले बिहिबार ३ नम्बर प्रदेश सभा अवरुद्ध गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता ईन्द्रबहादुर बानियाँले विशेष समयमा बोल्दै आफ्नो पार्टीले राखेका माग पूरा गर्न दबाव दिँदै संसद अवरुद्धको घोषणा गर्नुभएको थियो । बिहीबारको प्रदेशसभा बैठकमा प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको प्रतिवेदन पेस हुने कार्यसूची थियो ।
    राजनीति
    108     प्रकाश दाहाल
  • पङ्खा र नगद सहयोग

    हेटौंडा, ४ साउनः मकवानपुरगढी गाउँपालिका ३ को ज्वालादेवी आधारभुत विद्यालयलाई नारी संरक्षण केन्द्र (डब्लुपीसी) ले पङ्खा र नगद सहयोग गरेको छ ।
    शिक्षा
    6     समाज संवाददाता
  • डा. गोविन्द केसी प्रकरण/ हेटौंडामा विरोधसँगै सेवा पनि

    हेटौंडा, ४ साउनः अनशनरत डा. गोविन्द केसीको माग सम्बोधन गर्न सरकार तत्पर नदेखिएको भन्दै हेटौंडा अस्पतालमा चिकित्सकहरुले विरोध जनाएका छन् ।
    स्वास्थ्य
    5     समाज संवाददाता
  • विद्यालयमा बाध्य बनाइँदै क्रिसमस

    समाज संवाददाता हेटौंडाः भोलि सोमबार क्रिसमस मनाइँदैछ । नेपालमा पनि क्रिस्चियन धर्मावलम्बीहरुको संख्या उल्लेख्य वृद्धि भइरहेको छ । वर्षकै महत्वपूर्ण पर्वको रुपमा मनाइने क्रिसमस क्रिस्चियन समुदायले विशेष धार्मिक आस्थाका आधारमा मनाउने गरेका छन् । तर, मकवानपुरका केही निजि विद्यालयले क्रिस्चियन समुदायको धार्मिक पर्वलाई बाध्य बनाउने प्रयास गरिरहेको छ । विद्यार्थीलाई व्यवहारिक शिक्षा दिने नाममा धर्मको गैरकानुनी रुपमा धर्म प्रचार, धार्मिक अभ्यास गराउने प्रयास भइरहेको छ ।
    समाज
    996    
  • क्लासिक टेकको अफर

    हेटौंडा, २७ कात्तिकः इन्टरनेट सेवा प्रदायक क्लासिक टेकले घरायसी उपभोक्ताका लागि सुपथ मूल्य अफर ल्याएको छ । क्लासिक टेकले “काईदा छ, फाईदा छ” अफर बजारमा ल्याएको जनाएको छ ।
    अर्थ / व्यापार
    99     समाज संवाददाता
  • ५० भन्दा बढि हिरासतमा

    हेटौंडा, २० मंसिरः विभिन्न अभियोगमा प्रहरीले पक्राउ गरेका मंगलबारसम्म ५० जना भन्दा बढि हिरासतमा रहेका छन् । आज बुधबार केहि हिरासतमुक्त भए तापनि मतदानको दिनमा ५० भन्दा बढि हिरासतमै रहने प्रहरी उपरीक्षक विकास राज खनालले जानकारी दिनुभयो । हिरासतमा रहनेहरु मतदानको अवसरबाट बञ्चित हुनेछन् ।
    अपराध
    99     समाज संवाददाता
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top