+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
सम्पादकीय

प्रशासनिक आग्रहको वेवास्ता



सम्पादकीय   105 पटक पढिएको   सम्पादकीय     
आगामी मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको तयारी तीव्ररुपमा भईरहेको छ । निर्वाचन आयोगले आफ्नो तर्फबाट गर्नु पर्ने सम्पूर्ण तयारी पुरा गरिसकेको छ । उसले निर्वाचनका दिन आवश्यक पर्ने मतपत्र तथा अन्य सामाग्रीहरु पनि जिल्ला जिल्ला पठाउन थालिसकेको जनाएको छ । पहिलो चरणमा निर्वाचन हुने जिल्लाहरुमा त समाग्रीहरु पु¥याइसकेको छ । यस्तै राजनीतिक दलका नेता, कार्यकर्ता, उम्मेदवार पनि मत माग्ने काममा व्यस्त छन् । उम्मेद्वारहरु यतिबेला मतमाग्दै जनताको घर, आँगन र खेतबारी मै पुग्न थालेका छन् । यसले निर्वाचन उल्लासमय तरिकाबाट अगाडि बढीरहेको देखिन्छ । हुन पनि निर्वाचन भनेको जनताले सार्वभौम सत्ताको अधिकार प्रयोग गर्ने एउटा महत्व पूर्ण अवसर हो । मतदाताले एकपटक प्रयोग गरेको अधिकारले आफुमाथि पाँच वर्षसम्म शासन गर्ने जिम्मेवारी प्रदान गरिएको हुन्छ । त्यसैले पनि निर्वाचनलाई उत्सव मात्र होईन कि महाउत्सव बनाउन सक्नु पर्दछ ।



निर्वाचनलाई सफल बनाउने जिम्मेवारी मन्त्रीपरिषद, निर्वाचन आयोग, प्रहरी प्रशासनको मात्र होईन । अनि राजनीतिक दल र उम्मेद्वारहरुको भूमिकाले मात्र पनि निर्वाचन सफल हुन सक्दैन । यसका लागि सबैभन्दा बढी जिम्मेवारी सर्वसाधारण नागरिकको हो । यदि नागरिकहरुले आफ्नो मताधिकार प्रयोग गरे भने मात्र निर्वाचन सफल हुन जान्छ । नागरिकलाई मतदानस्थलसम्म पुग्ने वातावरण बनाउने काम निर्वाचन आयोगका अतिरिक्त स्थानीय प्रशासनको पनि हो । स्थानीय प्रशासनले शान्ति सुरक्षाको प्रत्याभूति दिन सकेमा मात्र सर्वसाधारणले मतदान गर्न सक्छन् । त्रासको वातावरण भएमा वा कहीँ कसैको दवाव भएमा वा मतदानस्थल सुरक्षित नभएमा मतदाताहरुले मदतान गर्न सक्ने अवस्था रहँदैन । त्यसैले मतदातालाई कुनै पनि प्रकारको असुरक्षाको अनुभूति नहोस् भन्नेतर्फ राज्यका निकायहरु चनाखो हुनु पर्दछ । यही जिम्मेवारीवोधका कारण जिल्ला प्रशासनहरुले कानून सम्मतरुपमा नागरिकले राखेका हतियार निर्वाचन अवधिका लागि बुझाउन आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले पनि अनुमति लिएर राखिएका हातहतियारहरु निर्वाचन अवधिका लागि प्रशासनमा बुझाउन आग्रह गरेको छ । प्रशासनिक तथ्याङ्क अनुसार मकवानपुर विभिन्न प्रकारका ५३ थान लाईसेन्स प्राप्त हतियारहरु नागरिकहरुसँग छ । यस मध्ये एकजनाले मात्र प्रशासनसमक्ष हतियार बुझाएको छ । स्थानीय निर्वाचनमा पनि प्रशासनले गरेको आग्रहलाई मकवानपुरका हतियारधारी नागरिकले वेवास्ता नै गरेका थिए । यसपटक पनि सबै हतियार प्रशासनको नियन्त्रणमा आउनेमा आशंका छ । जिल्लाका प्रतिष्ठित व्यक्तिहरुसँग रहेका यस्ता हतियारको दुरुपयोग नहोस् र हतियारवालाको दवावमा नागरिक पर्न नपरोस् भन्ने तर्फ यस पटक प्रशासनले कडाईका साथ प्रस्तुत हुनुपर्ने छ । यदि प्रशासनले सबै हतियार आफ्नो नियन्त्रणमा लिन सक्दैन भने सार्वजनिक गरिएको सुचना केवल औपचारिकतामा सीमित हुने छ । निर्वाचनसँग जोडिएको सुरक्षा व्यवस्था औपचारिकतामा मात्र सीमित हुनुहुँदैन । समाजका प्रतिष्ठित महानुभावहरुले पनि आफ्नो प्रतिष्ठाको ख्याल गर्दै प्रशासनलाई सहयोग गर्नु निर्वाचनप्रतिको जिम्मेवारी हो ।








सम्बन्धित शिर्षक समाचारहरु
  • टिसिएनमा डिप ट्युववेल निर्माण सुरु

    हेटौंडा, ४ भाद्रः हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले हेटौंडा १० टिसिएन क्षेत्रमा नयाँ १ थान डिप ट्यूववेल निर्माण कार्य गरेको छ । आज विहान हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख हरिबहादुर महतले गर्नु भएको हो ।
    समाज
    6     समाज संवाददाता
  • मिस हेटौंडा सम्मानित

    हेटौंडा, ४ भाद्रः सफल र नमूना टोल विकास संस्था हेटौंडा–१० ले आइतबार विभिन्न क्षेत्रका दुई युवालाई सम्मान गरेको छ ।
    मनोरञ्जन
    8     समाज संवाददाता
  • सचेतना बोर्ड हस्तान्तरण

    हेटौंडा, ४ भाद्रः एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले जिल्ला ट्राफिक प्रहरी कार्यालय हेटौंडालाई ट्राफिक सचेतनामुलक बोर्ड सहयोग गरेको छ ।
    समाज
    6     समाज संवाददाता
  • उपयोगीको २ करोड ६७ लाख लगानी

    समाज संवाददाता हेटौंडा, १८ भाद्रः हेटौंडा–११, थानाभ¥याङस्थित उपयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०७३/७४ मा २ करोड ६७ लाख रुपैयाँ ऋण लगानी गरेको छ । सहकारीको पाँचौं वार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदन अनुसार सहकारीले २ करोड ६७ लाख ९३ हजार रुपैयाँ ऋण लगानी गरेको छ ।
    अर्थ / व्यापार
    99    
  • कार्यक्रमको समीक्षा

    हेटौंडा, १४ पुसः नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) ले सञ्चालन गरिरहेको कार्यक्रमको वार्षिक समीक्षा गरेको छ । जिल्ला समन्वय समिति मकवानपुरको सभाकक्षमा बिहीबार जिल्ला समन्वय समितिकी उपप्रमुख भगवती पुडासैनीको अध्यक्षतामा समीक्षा कार्यक्रम भएको हो । आरआरएनका कार्यक्रम अधिकृत भीम राईले वर्षभर सञ्चालित कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो । किशोर/किशोरीलाई सशक्तीकरण गर्ने गरी आरआरएनले संवाद कार्यक्रम सञ्चालन गरेको छ ।
    समाज
    99     समाज संवाददाता
  • लक्ष्य भन्दा बढी राजस्व संकलन

    हेटौंडा, २५ असारः हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७४/७५ मा लक्ष्य भन्दा बढी आय संकलन गर्न सफल भएको छ । चालु आर्थिक वर्षको एक महिना अघि नै जेष्ठ मसान्तसम्ममा उपमहानगरपालिकाले लक्ष्य भन्दा २ दशमलव १९ प्रतिशत बढी राजस्व संकलन गरेको छ ।
    स्थानीय तह
    99     बिवश अधिकारी
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top