+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
समाज

बालविवाहमुक्त गाउँ बनाउने अभियान सुरु



समाज   122 पटक पढिएको   समाज संवाददाता     
हेटौंडा, २० मंसिरः बकैया गाउँपािलका–३, छतिवन वसनका अभिभावकले बालविवाहमुक्त गाउँ बनाउने अभियान सुरु गर्ने प्रतिवद्धता जनाएका छन् । बालविवाह कसरी न्यूनीकरण गर्दै हटाउन सकिन्छ भन्ने विषयमा आयोजित कार्यशालामा अभिभावकहरुले ५ वर्षदेखि बालविवाहको तथ्यांक संकलन गर्ने र तुलानात्मकरुपममा बालविवाह घट्दै जानुको कारण समेत अध्ययन गरिने समाजसेवी पे्रम बहादुर डिम्डुङले बताएका छन् ।



सिविन बालहेल्पलाइन नेपालको आयोजना तथा वसन किशोरी समुहको सहकार्यमा संचालित कार्यक्रममा वसन गाउँका समाजसेवी एवम् अभिभावकहरु पे्रमबहादुर डिम्डुङ, कमलबहादुर विक, बाबु रुम्वा, अक्कलबहादुर डिम्डुङलगायतले समाजमा रहेको सामाजिक विकृति, जाँड रक्सि, पारिवारिक कलह, प्रविधिमा अभिभावक र बालबालिका बीचको बुझाईमा असमानता, प्रविधिको दुरुपयोग, बालबालिकाको शिक्षाप्रति अभिभावकको वेवास्ता जस्ता कारणले बालविवाह बढेको बताएका छन् । छतिवनको वसनमा १ वर्षदेखि किशोर किशोरीहरुका लागि किशोरी सशक्तीकरण केन्द्र मार्फत प्रतिदिन २ घण्टा किशोरी शिक्षा संचालन भइरहेको र यसबाट बालविवाह न्यूनीकरणमा सहयोग पुग्ने सिविन बालहेल्पलाइनका जिल्ला संयोजक झबिन्द्र ज्ञवालीले जानकारी दिनुभयो ।

२ दिनसम्म संचालन भएको कार्यक्रममा किशोर किशोरी अवस्थामा आउने परिवर्तन, बालविवाह र कानुनीव्यवस्था, बालविवाहका असर र यसले निम्त्याउने परिणाम, बालविवाह न्यूनीकरणमा अभिभावकले निर्वाह गर्नुपर्ने जिम्मेवारी लगायतका विषयमा प्रशिक्षण दिइएको थियो । ४० जना किशोर किशोरीहरुको अभिभावकहरुको सहभागिता रहेको कार्यक्रममा प्रशिक्षण सिविन बालहेल्पलाइनका झबिन्द्र ज्ञवाली र सम्झना अधिकारीले गर्नु भएको थियो ।








सम्बन्धित शिर्षक समाचारहरु
  • मुख्यमन्त्री कार्यालयको वेबसाईट सञ्चालनमा

    हेटौंडाः ३ नम्बर प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यलयले बिहिबारबाट आधिकारिक वेबसाईट सञ्चालनमा ल्याएको छ । बिहिबार एक कार्यक्रमको आयोजना गरी प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले वेबसाईटको शुभारम्भ गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको वेबसाइट ocmcm.p3.gov.np रहेको छ ।
    राजनीति
    5     समाज संवाददाता
  • अन्तरजातीय ११ जोडी सम्मानित

    हेटौंडाः अन्तरजातीय विवाह गर्ने हेटौंडाका ११ जोडीलाई बिहिबार सम्मान गरिएको छ । समाजमा रहेकोे कुरीति विरुद्ध सशक्त कदम चालेको भन्दै अन्तरजातीय जोडीलाई सम्मान गरिएको हो । उपेक्षित सामुदायिक विकास मञ्चको आयोजना तथा हेटांैडा उपमहानगरपालिकाको सहयोगमा सम्मानपत्रसहित ढाका टोपी र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
    समाज
    5     समाज संवाददाता
  • बजेटको सिलिङप्रति वडा अध्यक्षहरु असन्तुष्ट

    हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७५/०७६ को लागि वडाहरुमा १६ करोड ७५ लाख बराबरको सिलिङ तोकेर पठाएको छ । उपमहानगरपालिकाले १९ वटा वडामा आगामी आर्थिक वर्षको लागि ७० लाखदेखि १ करोड रुपैयाँसम्मको सिलिङ तोकेर पठाएको छ । वडाले सोहि बजेटको सिलिङ भित्र रहेर योजना तथा कार्यक्रमहरु सम्पन्न गर्नुपर्ने हुन्छ ।
    स्थानीय तह
    30     समाज संवाददाता
  • सम्पादकीय, समुदायकै सक्रियतामा पुस्तकालय

    १७, भदौ समय जत्ति नै आधुनिक बन्दै गए पनि ज्ञानको अभावमा समाज आधुनिक बन्नै सक्दैन । ज्ञान आर्जन गर्नु भनेको व्यक्तिले आफ्नो व्यक्तित्व विकासको आधार तयार पार्नु हो । हरेक व्यक्ति सफल र सक्षम बन्न चाहन्छ तर, तयारी के गर्छ त भनेर हेर्ने हो भने तयारी गर्ने विषय केही पनि छैन । सक्षम र सफल व्यक्ति बन्नका लागि शिक्षा अनिवार्य छ ।
    विचार
    99    
  • विद्यालयमा बाध्य बनाइँदै क्रिसमस

    समाज संवाददाता हेटौंडाः भोलि सोमबार क्रिसमस मनाइँदैछ । नेपालमा पनि क्रिस्चियन धर्मावलम्बीहरुको संख्या उल्लेख्य वृद्धि भइरहेको छ । वर्षकै महत्वपूर्ण पर्वको रुपमा मनाइने क्रिसमस क्रिस्चियन समुदायले विशेष धार्मिक आस्थाका आधारमा मनाउने गरेका छन् । तर, मकवानपुरका केही निजि विद्यालयले क्रिस्चियन समुदायको धार्मिक पर्वलाई बाध्य बनाउने प्रयास गरिरहेको छ । विद्यार्थीलाई व्यवहारिक शिक्षा दिने नाममा धर्मको गैरकानुनी रुपमा धर्म प्रचार, धार्मिक अभ्यास गराउने प्रयास भइरहेको छ ।
    समाज
    984    
  • गाँजासहित २ जना पक्राउ

    हेटौंडा, ११ मंसिरः मकवानपुरका प्रहरी टोलिले ४० किलोग्राम लागुऔषध गाँजासहित कैलाश गाउँपालिकामा २ जनालाई शनिबार पक्राउ गरेको छ । प्रहरी चौकी डाँडाखर्कबाट खटिएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा कैलाश गाउँपालिका–६, ठुलोबेसीमा स्थानीयबासी ५१ वर्षीय बच्चुराम रिजाल र १८ वर्षीय रुपक बराललाई गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
    अपराध
    98     समाज संवाददाता
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top