+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
सम्पादकीय

प्रभावकारी सामाजिक स्वास्थ्य सेवा



सम्पादकीय   128 पटक पढिएको   सम्पादकीय     
सरकारले देशका विभिन्न सरकारी तथा निजि क्षेत्रबाट सञ्चालित अस्पतालमा लक्षित वर्गका लागि सामाजिक सेवा इकाई सन्चालन गरेको छ । यस इकाई मार्फत जेष्ठ नागरिक, अपाङ्गता भएका, असहाय, लैगिक हिंसामा परेका, सहिद परिवार र प्राकृतिक प्रकोपमा परेका परिवारका लागि आंशिक या पूर्ण निशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । चाहे सामाजिक संस्था होस् या व्यावसायिक कम्पनी, सबैमा सामाजिक दायित्व कोष र इकाईको व्यवस्था गरिएको हुन्छ ।



 अस्पतालहरुमा पनि यस्तो इकाई अन्तर्गत निश्चित मापदण्ड पूरा भएका विरामीहरुका लागि निशुल्क वा आंशिक निशुल्क उपचार, औषधी र शैय्याको व्यवस्था गरिएको छ । तर यसबारेमा सर्वसाधारणलाई राम्रोसँग जानकारी नहुँदा कतिपय जिल्लामा गरीब, विपन्न विरामीहरु औषधी उपचारबाट बञ्चित हुने गरेका छन् भने अस्पतालहरुमा रहेका यस्ता इकाई पनि परिणामविहीन बन्ने गरेका छन् । तर हेटौंडा अस्पतालमा यो सेवा प्रभावकारी देखिएको छ । अघिल्लो आर्थिकमा छुट्याईएको ३ लाख १४ हजार रकमले उपचार गर्न पुगेको थिएन भने चालुआर्थिक वर्षका लागि १५ लाख रकम प्राप्त भएको हेटौडा अस्पताल सुरक्षा इकाईले जनाएको छ ।

हेटौंडा अस्पतालमा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा ६ सय ७१ जना लक्षित वर्गले सेवा लिईसकेका छन् । यस अवधिमा विपन्न १०३ जना, जेष्ठ नागरिक ४५५ जना, लैंगिक हिंसामा पीडित ६४ जनाले सेवा लिएको अस्पतालले जानकारी दिएको छ । ४ लाख ९७ हजार रुपैयाँ बराबरको सेवा प्रदान गर्दा सामाजिक सुरक्षा इकाईबाट ३ लाख ८ हजार व्यहोरेको देखिन्छ । यस तथ्यले हेटौंडा अस्पतालमा सन्चालन भएको सामाजिक सेवा इकाई प्रभावकारी हुँदै गएको देखाएको छ । अघिल्लो वर्ष विनियोजन भएको रकम अपुग भएको र चालु आर्थिक वर्षमा वजेट वृद्धि भएको छ । राज्यबाट विनियोजन भएको रकमले मात्र लक्षित वर्गको सेवा अपुग हुन सक्छ । यसमा विशेषगरी जिल्ला भित्र रहेका स्थानीय तहदेखि सामाजिक संघ, संस्थाहरुको सहभागिता जरुरी पर्दछ । जिल्लामा सन्चालित उद्योग तथा व्यापारिक प्रतिष्ठानदेखि विभिन्न संघ, संस्थाहरुको तर्फबाट गरिनुपर्ने सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पतालको सुरक्षा सेवा इकाईलाई सहयोग गर्ने वातावरण बनाउन सकेमा यो सेवा अझ प्रभावकारी हुने छ ।

मकवानपुरमा सेवा लिन आउनेको संख्या उल्लेख्य हुँदा हुँदै पनि धेरै यस्ता नागरिक आज पनि यो सेवाबाट वन्चित हुन सक्छन् । ग्रामीण क्षेत्रमा बसोबास गर्ने मानिसहरुले निशुल्क वा आंशिक शुल्कमा उपचार पाउनेदेखि अस्पतालमा कुरुवाको समेत खर्च व्यहोर्ने व्यवस्थाका बारेमा जानकारी पाएकै छैनन् । अस्पतालमा गरिब, विपन्न तथा सिमान्तकृत समुदायहरुले निःशुल्क सेवा लिन आउँदा सरकारले जारी गरेको परिचयपत्र वा नागरिकताको प्रमाणपत्र वा अन्य कुनै परिचयपत्र वा स्थानीय तहको सिफारिस लिएर आउनुपर्ने हुन्छ । निशुल्क उपचार र त्यसका लागि आवश्यक प्रक्रिया सर्वसाधारणलाई जानकारी दिनु महत्वपूर्ण कार्य हो । यसका लागि स्थानीय सञ्चार माध्यम, राजनीतिक कार्यकर्ता, सामाजिक अभियन्ताहरुले भूमिका खेल्न सक्नु पर्दछ । सामाजिक इकाईमा पाइने निशुल्क तथा आंशिक छुट स्वास्थ्य सेवाको प्रयोजनको लागि हो । यस कार्यमा ईकाई स्वयम् पनि थप क्रियाशील हुन आवश्यक छ । जसले पैसा छैन भनेर उपचारबाट बञ्चित हुन नपरोस् भन्ने सरकारको पवित्र लक्ष्य पूरा हुने आशा गर्न सकिन्छ ।








सम्बन्धित शिर्षक समाचारहरु
  • मुख्यमन्त्री कार्यालयको वेबसाईट सञ्चालनमा

    हेटौंडाः ३ नम्बर प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यलयले बिहिबारबाट आधिकारिक वेबसाईट सञ्चालनमा ल्याएको छ । बिहिबार एक कार्यक्रमको आयोजना गरी प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले वेबसाईटको शुभारम्भ गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको वेबसाइट ocmcm.p3.gov.np रहेको छ ।
    राजनीति
    5     समाज संवाददाता
  • अन्तरजातीय ११ जोडी सम्मानित

    हेटौंडाः अन्तरजातीय विवाह गर्ने हेटौंडाका ११ जोडीलाई बिहिबार सम्मान गरिएको छ । समाजमा रहेकोे कुरीति विरुद्ध सशक्त कदम चालेको भन्दै अन्तरजातीय जोडीलाई सम्मान गरिएको हो । उपेक्षित सामुदायिक विकास मञ्चको आयोजना तथा हेटांैडा उपमहानगरपालिकाको सहयोगमा सम्मानपत्रसहित ढाका टोपी र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
    समाज
    5     समाज संवाददाता
  • बजेटको सिलिङप्रति वडा अध्यक्षहरु असन्तुष्ट

    हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७५/०७६ को लागि वडाहरुमा १६ करोड ७५ लाख बराबरको सिलिङ तोकेर पठाएको छ । उपमहानगरपालिकाले १९ वटा वडामा आगामी आर्थिक वर्षको लागि ७० लाखदेखि १ करोड रुपैयाँसम्मको सिलिङ तोकेर पठाएको छ । वडाले सोहि बजेटको सिलिङ भित्र रहेर योजना तथा कार्यक्रमहरु सम्पन्न गर्नुपर्ने हुन्छ ।
    स्थानीय तह
    30     समाज संवाददाता
  • सम्पादकीय, समुदायकै सक्रियतामा पुस्तकालय

    १७, भदौ समय जत्ति नै आधुनिक बन्दै गए पनि ज्ञानको अभावमा समाज आधुनिक बन्नै सक्दैन । ज्ञान आर्जन गर्नु भनेको व्यक्तिले आफ्नो व्यक्तित्व विकासको आधार तयार पार्नु हो । हरेक व्यक्ति सफल र सक्षम बन्न चाहन्छ तर, तयारी के गर्छ त भनेर हेर्ने हो भने तयारी गर्ने विषय केही पनि छैन । सक्षम र सफल व्यक्ति बन्नका लागि शिक्षा अनिवार्य छ ।
    विचार
    99    
  • विद्यालयमा बाध्य बनाइँदै क्रिसमस

    समाज संवाददाता हेटौंडाः भोलि सोमबार क्रिसमस मनाइँदैछ । नेपालमा पनि क्रिस्चियन धर्मावलम्बीहरुको संख्या उल्लेख्य वृद्धि भइरहेको छ । वर्षकै महत्वपूर्ण पर्वको रुपमा मनाइने क्रिसमस क्रिस्चियन समुदायले विशेष धार्मिक आस्थाका आधारमा मनाउने गरेका छन् । तर, मकवानपुरका केही निजि विद्यालयले क्रिस्चियन समुदायको धार्मिक पर्वलाई बाध्य बनाउने प्रयास गरिरहेको छ । विद्यार्थीलाई व्यवहारिक शिक्षा दिने नाममा धर्मको गैरकानुनी रुपमा धर्म प्रचार, धार्मिक अभ्यास गराउने प्रयास भइरहेको छ ।
    समाज
    984    
  • गाँजासहित २ जना पक्राउ

    हेटौंडा, ११ मंसिरः मकवानपुरका प्रहरी टोलिले ४० किलोग्राम लागुऔषध गाँजासहित कैलाश गाउँपालिकामा २ जनालाई शनिबार पक्राउ गरेको छ । प्रहरी चौकी डाँडाखर्कबाट खटिएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा कैलाश गाउँपालिका–६, ठुलोबेसीमा स्थानीयबासी ५१ वर्षीय बच्चुराम रिजाल र १८ वर्षीय रुपक बराललाई गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
    अपराध
    98     समाज संवाददाता
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top