+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
समाज

वृद्धवृद्धालाई न्यानो कपडा



समाज   4 पटक पढिएको   समाज संवाददाता     
हेटौंडा, ३० पुसः लायन्स क्लब अफ मकवानपुर हेडम्बा र लायन्स क्लब अफ हेटौंडा मुक्तिनाथको संयुक्त आयोजनामा हेटौंडा–२ स्थित ओम वृद्धाश्रममा आश्रित वृद्धवृद्धालाई न्यानो कपडा वितरण गरिएको छ । शनिबार बिहान एक कार्यक्रमका बीच आश्रममा आश्रित २४ वृद्धवृद्धालाई न्यानो कपडा वितरण गरिएको हो ।



हेटौंडा–१ निवासी विवेकलाल श्रेष्ठ र शर्मिला श्रेष्ठको सहयोगमा न्यानो कपडा वितरण गरिएको हो । लायन्स क्लबका प्रथम उपाध्यक्ष विकेशलाल श्रेष्ठको संयोजनमा सहयोग सामग्री हस्तान्तरण गरिएको हो । कार्यक्रममा लायन्स क्लब अफ मकवानपुर हेडम्बाका अध्यक्ष कविन सांगामी, लायन्स क्लब अफ हेटौंडा मुक्तिनाथका अध्यक्ष गुरुप्रसाद दाहाल ‘गोपी’, संस्थापक अध्यक्ष राजेश भेटवाल, लायन्स क्लब ईन्टरनेशनल ३२५ बी २ का डिष्ट्रिक्ट एड्भाइजर शम्भु नकर्मीको उपस्थिति रहेको थियो । ओम वृद्धाश्रमका अध्यक्ष बुद्धिप्रसाद पौडेललाई न्यानो कपडा हस्तान्तरण गरिएको थियो । लायन्स क्लबका संस्थापक माल्भिन जोन्सको १३९औं जन्मजयन्तीको सन्दर्भमा लायन्स क्लबले सहयोग गरेको हो ।









सम्बन्धित शिर्षक समाचारहरु
  • कांग्रेसद्वारा सभा अवरुद्ध/ प्रतिपक्षीद्वारा सरकारको आलोचना

    हेटौंडा, ४ साउनः नेपाली कांग्रेसले बिहिबार ३ नम्बर प्रदेश सभा अवरुद्ध गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता ईन्द्रबहादुर बानियाँले विशेष समयमा बोल्दै आफ्नो पार्टीले राखेका माग पूरा गर्न दबाव दिँदै संसद अवरुद्धको घोषणा गर्नुभएको थियो । बिहीबारको प्रदेशसभा बैठकमा प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको प्रतिवेदन पेस हुने कार्यसूची थियो ।
    राजनीति
    108     प्रकाश दाहाल
  • पङ्खा र नगद सहयोग

    हेटौंडा, ४ साउनः मकवानपुरगढी गाउँपालिका ३ को ज्वालादेवी आधारभुत विद्यालयलाई नारी संरक्षण केन्द्र (डब्लुपीसी) ले पङ्खा र नगद सहयोग गरेको छ ।
    शिक्षा
    6     समाज संवाददाता
  • डा. गोविन्द केसी प्रकरण/ हेटौंडामा विरोधसँगै सेवा पनि

    हेटौंडा, ४ साउनः अनशनरत डा. गोविन्द केसीको माग सम्बोधन गर्न सरकार तत्पर नदेखिएको भन्दै हेटौंडा अस्पतालमा चिकित्सकहरुले विरोध जनाएका छन् ।
    स्वास्थ्य
    5     समाज संवाददाता
  • विद्यालयमा बाध्य बनाइँदै क्रिसमस

    समाज संवाददाता हेटौंडाः भोलि सोमबार क्रिसमस मनाइँदैछ । नेपालमा पनि क्रिस्चियन धर्मावलम्बीहरुको संख्या उल्लेख्य वृद्धि भइरहेको छ । वर्षकै महत्वपूर्ण पर्वको रुपमा मनाइने क्रिसमस क्रिस्चियन समुदायले विशेष धार्मिक आस्थाका आधारमा मनाउने गरेका छन् । तर, मकवानपुरका केही निजि विद्यालयले क्रिस्चियन समुदायको धार्मिक पर्वलाई बाध्य बनाउने प्रयास गरिरहेको छ । विद्यार्थीलाई व्यवहारिक शिक्षा दिने नाममा धर्मको गैरकानुनी रुपमा धर्म प्रचार, धार्मिक अभ्यास गराउने प्रयास भइरहेको छ ।
    समाज
    996    
  • क्लासिक टेकको अफर

    हेटौंडा, २७ कात्तिकः इन्टरनेट सेवा प्रदायक क्लासिक टेकले घरायसी उपभोक्ताका लागि सुपथ मूल्य अफर ल्याएको छ । क्लासिक टेकले “काईदा छ, फाईदा छ” अफर बजारमा ल्याएको जनाएको छ ।
    अर्थ / व्यापार
    99     समाज संवाददाता
  • ५० भन्दा बढि हिरासतमा

    हेटौंडा, २० मंसिरः विभिन्न अभियोगमा प्रहरीले पक्राउ गरेका मंगलबारसम्म ५० जना भन्दा बढि हिरासतमा रहेका छन् । आज बुधबार केहि हिरासतमुक्त भए तापनि मतदानको दिनमा ५० भन्दा बढि हिरासतमै रहने प्रहरी उपरीक्षक विकास राज खनालले जानकारी दिनुभयो । हिरासतमा रहनेहरु मतदानको अवसरबाट बञ्चित हुनेछन् ।
    अपराध
    99     समाज संवाददाता
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top