+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
स्थानीय तह

नगरसभामा पाँचवटा विधेयक पेश



स्थानीय तह   37 पटक पढिएको   समाज संवाददाता     
हेटौंडा, ७ फागुनः हेटौंडा उपमहानगर–पालिकाको दोस्रो नगरसभामा उपमहा–नगरपालिकाको व्यवस्थापन तथा सञ्चालनका लागि तयार पाँचवटा विधेयक पेश गरिएको छ ।



स्थानीय तह संचालनमा आएसँगै संविधानद्वारा प्राप्त स्थानीय तहले आफ्नो कानुन आफैं बनाउन पाउने अधिकारको प्रयोग गर्दै उपमहा–नगरपालिकाले विधेयक पेश गरेको हो । उपमहानगरपालिकाले नियमित कार्य सञ्चालन र व्यवस्थापनका लागि तयार पारेको कानुनका विधेयकहरु बैठकमा पेश गरेको हो ।

उपमहानगरपालिकाको कार्यपालिका बैठकबाट गठित कानुन मस्यौदा समितिबाट विधेयकहरु स्वीकृतिका लागि सभामा पेश गरिएको हो । कानुन मस्यौदा समितिले उपमहानगरपालिका सहकारी विधेयक, कृषि व्यवसाय प्रवद्र्धन विधेयक, न्यायिक समिति कार्यविधि विधेयक, शिक्षा विधेयक, आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक पेश गरिएको उपमहानगरपालिकाका मेयर हरी बहादुर महतले जानकारी दिनुभयो । कानुन मस्यौदा समितिबाट तयार भएका विधेयकहरु उपमहानगरपालिकाकी उपमेयर एवम् कानुन मस्यौदा समितिकी संयोजक मिना लामाले सभामा पेश गर्नुभएको थियो ।

शिक्षा विधेयक–२०७४ को प्रस्तावनामा समयानुकुल ज्ञानको वृद्धिका लागि शैक्षिक स्तरको असमानतालाई न्यूनीकरण गरी शिक्षाको गुणस्तरीयतामा पहूँच कायम गर्न विद्यालयको व्यवस्थापकीय सुधार गर्न युगानुकुल सीप र प्रविधिसहित शैक्षिक विकास गर्न बान्छनीय भएको भनी उल्लेख गरिएको छ । शिक्षा विधेयक ८ परिच्छेद र ५२ दफा रहेको छ । विधेयकले प्राथमिक शिक्षा मातृ भाषामा पनि दिन सकिने व्यवस्था गरेको छ । सहकारी विधेयक–२०७४ ले छरिएर रहेका पुँजी, प्रविधि तथा प्रतिभालाई स्वाबलम्बन र पारस्परिकताका आधारमा एकीकृत गर्न सहकारी अवधारणाको आवश्यक्ता रहेको औँल्याइएको छ । तीव्र एवम् दीगो रुपमा स्थानीय अर्थतन्त्रलाई सुदृढ तुल्याउन सहकारी संस्थाको आवश्यक्तालाई पनि विधेयकले पहिचान गरेको जनाएको छ । १९ परिच्छेद र एक सय दफासहितको सहकारी विधेयकले बचत सहकारीलाई एउटै वडामा मात्रै सीमित गर्ने, सहकारीले उद्योग, व्यवसाय या परियोजना सञ्चालन गर्नुपरे छुट्टै दर्ता गर्नुनपर्ने व्यवस्था गरिएको छ ।

आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक–२०७४ मा ७ परिच्छेद र ३१ दफा रहेको छ । विधेयकले वार्षिक बजेट तर्जुमाको विषयमा चालु आर्थिक वर्षको असार १५ गतेभित्रै आगामी आर्थिक वर्षको बजेट नगरसभामा प्रस्तुत गरिसक्नुपर्ने व्यवस्था गरेको छ । यस्तै बजेट तर्जुमाका लागि उपलब्ध हुने श्रोत तथा खर्चको सीमाको पूर्वानुमान चालु आर्थिक वर्षको चैत मसान्तभित्रै गरिसक्नु पर्ने व्यवस्था छ । नगरसभाबाट स्वीकृत बजेटलाई नगरप्रमुखले एक साताभित्र प्रमुख प्रशासकीय अधिकृत खर्च गर्ने अख्तियारी प्रदान गर्नुपर्ने र प्रमुख प्रशासकीय अधिकृतले १५ दिनभित्र मातहत कार्यालय, महाहशाखा, शाखा, वडा कार्यालयलाई अख्तियारी दिनुपर्ने व्यवस्था गरिएको छ । आर्थिक विधेयकले स्वीकृत बजेटको कुनै एक बजेट उपशीर्षकको रकम बढीमा २० प्रतिशत रकम अर्को एक वा एक भन्दा बढी शीर्षकमा रकमान्तर गर्न सक्ने व्यवस्था गरेको छ । यस्तो रकमान्तर पुँजीगत शीर्षकबाट चालु शीर्षकमा भने गर्न नपाइने व्यवस्था गरेको छ । 

न्यायिक समिति कार्यविधि विधेयक–२०७४ मा १० परिच्छेद र ९५ दफा रहेका छन् । विधेयकले महिला तथा बालबालिकाको मुद्दामा बन्द ईजलास सञ्चालन गर्न सक्ने व्यवस्था गरेको छ । कुनै मुद्दामा प्रतिवादीको बयान भएको मितिले बढीमा ९० दिनभित्र अन्तिम फैसला गरिसक्नुपर्ने उल्लेख गरेको छ । यदि प्रमाण तथा अनुसन्धानको प्रक्रिया पूरा हुन नसकेको भए ९० दिनभन्दा पछि एक पटक १५ दिनको म्याद थप गर्न सकिने व्यवस्था पनि विधेयकमा गरिएको छ ।

नगरसभामा प्रस्तुत भएको कृषि व्यवसाय प्रवद्र्धन सम्बन्धी विधेयकको प्रस्तावनामा नगरभित्रको कृषिको व्यावसायीकरण गर्न, कृषि व्यवसायको प्रवद्र्धन एवम् व्यवस्थापन गर्न कृषक र व्यवसायीबीच आपसी सम्बन्ध सुदृढ गर्न, उत्पादन बढाउने आशय राखेको छ । ७ परिच्छेद र २९ दफा रहेको विधेयकमा हाट बजारलाई पनि कृषि बजारको रुपमा पहिचान गरेको छ । यद्यपि हेटौंडा उपमहानगरले वर्षौंदेखि हाट बजार सञ्चालन गर्ने जनाए पनि हाट बजार सञ्चालन गर्न सकेको छैन । विधेयकले कृषि व्यवसाय प्रवद्र्धन गर्न नगर प्रमुख वा निजले तोकेको व्यक्ति अध्यक्ष रहने गरी समिति गठन गर्न सक्ने व्यवस्था गरेको छ । कृषि व्यवसाय प्रवद्र्धनका लागि प्रविधि प्रयोग र विस्तारमा अनुदान दिन सक्ने उल्ले गरेको छ । ढुवानीका साधन र यान्त्रिक उपकरणमा अनुदान दिन सक्ने विधेयकले स्पष्ट पारेको छ । 

कानुन मस्यौदा समितिबाट तयार भएका पाँच वटा विधेयक भोलि मंगलबारको बैठकले पारित गर्ने बताईएको छ । यसैगरी बैठकले बिनीयोजित ऐन २०७४ मा उल्लेखीत केही शीर्षकहरुमा रकमान्तर संशोधन गर्नुपर्ने आवश्यक्तालाई महसुस गरेर बैठक समक्ष पेस गरेको छ । उपमहानगरपालिकाले चार वटा शीर्षकको बजेटलाई रकमान्तरका लागि पेश गरेको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो । पहिलो सभाबाट स्वीकृत पूर्वाधार तर्फका ४५ वटा योजनाहरुको रकम सोही वडा समितिको सिफारिस अनुसार अन्य नयाँ योजनाहरु एक करोड ५९ लाख ५५ हजार रुपैयाँ रकमान्तर गर्नका लागि बैठक समक्ष प्रस्ताव गरिएको छ ।

त्यसैगरी उपमेयर मिना लामाले आर्थिक तथा सामाजिक विकास तर्फका १० वटा योजना तथा कार्यक्रमहरुमा ९१ लाख ५० हजार अन्तर्गत रहेका योजनाहरुका रकम रकमान्तरका लागि पेस गर्नुभएको छ । सुशासन प्रवद्र्धनतर्फ स्वीकृत २७ लाखको बजेटलाई सोही रकममा नगाभ्ने गरी आन्तरिक रकमान्तर गरी मिलाउन समेत प्रस्ताव गरिएको छ । नगरस्तरीय क्षेत्रगत तर्फका ११ योजना तथा कार्यक्रम विनियोजित बजेट ११ करोड ७ लाख ६९ हजार ५ सय रुपैयाँलाई आन्तरिक थपघट गरी बचत हुने रकम ४ करोड ७९ लाख रकम १८ वटा नयाँ योजनामा रकमान्तर गर्नका लागि प्रस्ताव गरिएको मेयर महतले बताउनुभयो ।








सम्बन्धित शिर्षक समाचारहरु
  • योजना, बजेट र नागरिक सहभागिता

    केन्द्रिय र प्रदेश सरकारले नीति तथा कार्यक्रम र त्यसका लागि बजेट सार्वजनिक गरेका छन् । कतिपय प्रदेशमा त बजेट नै पारित भइसकेको छ । ३ नम्बर प्रदेशले पनि संसदमा पेश गरेको नीति तथा कार्यक्रम पारित भई अहिले बजेट माथिको छलफल भईरहेको छ । तर सरकारले पेश गर्ने योजना र बजेट विवादरहित हुन सेकेका छैनन् ।
    सम्पादकीय
    10     सम्पादकीय
  • उपमहानगरको शैक्षिक क्यालेण्डर तयार

    हेटौंडा, ८ असारः हेटौंडा उपमहानगरपालिकाको सामाजिक विकास महाशाखाअन्तर्गत शिक्षा शाखाले वार्षिक शैक्षिक क्यालेन्डर तयार पारेको छ । वार्षिक क्यालेन्डरमा परीक्षा मिति, परीक्षाको समीक्षा, अतिरिक्त क्रियाकलाप, प्रधानाध्यापकहरुको बैठक, अभिभावकबीच अन्तरक्रियाका कार्यक्रम तय गरेको छ ।
    शिक्षा
    6     सुनिता लोप्चन
  • फाइनलमा भुटनदेवी र आग्रा

    हेटौंडा, ८ असारः भुटनदेवी युवा क्लबको आयोजनामा जारी जुनियर भुटनदेवी सेभेन ए साईड फुटबल प्रतियोगिताको फाइनलमा आयोजक भुटनदेवी युवा क्लब ‘ए’ र आग्रा स्पोर्ट्स क्लब पुगेको छ ।
    खेलकुद
    11     समाज संवाददाता
  • जिल्लास्तरीय भलिबल आजबाट

    समाज संवाददाता हेटौंडा\६ असोज: केशवलाल श्रेष्ठ स्मृति जिल्ला स्तरीय भलिबलको दोश्रो संस्करण आजबाट हटियामा सुरु हुँदैछ । हटिया स्पोर्टस एकेडेमीको आयोजनामा हुने प्रतियोगिता ८ गतेसम्म सञ्चालन हुनेछ ।
    खेलकुद
    99    
  • मतदाताका लागि सुवर्ण अवसर

    सुरेन्द्र विष्ट सम्पूर्ण नगरबासीहरुमा नयाँ वर्ष २०७४ को शुभकामना । यो नयाँ वर्षले नेपालीहरुको काँधमा ठूलो जिम्मेवारीका साथ नयाँ वर्ष सुरु भएको छ । अब हामीले हाम्रो वडा, नगर र गाउँ कस्तो बनाउने भन्ने नयाँ वर्षले हाम्रो थकित काँधमा ठूलो भारी बोकाएको छ । अब हामीले हाम्रो पार्टी, हाम्रो मान्छे नभनिकन राम्रो पार्टी, राम्रो मान्छे खोज्नु पर्ने बेला भएको छ । किनभने हामीले प्रजातन्त्र प्राप्त पछि झण्डै तीस वर्ष हाम्रो मतदानबाट धेरै ठूला पार्टी भए, धेरै माननीय मन्त्री भए तर देशको अवस्था झन् बिग्रँदो र भ्रष्टाचारले व्याप्त भएको छ । हाम्रो जनशक्ति विदेश पलायन हुन बाध्य भएको छ । हाम्रो देशको युवायुवती खाडी मुलुकमा नोकर भएर बस्नु परेको छ । अझै दुख लाग्दो त दिनै पिच्छे २/३ जनाको लास आउने गरेको छ । हाम्रा कति चेली बलात्कारको शिकार भएका छन् ।
    विचार
    99    
  • विद्यालयमा बाध्य बनाइँदै क्रिसमस

    समाज संवाददाता हेटौंडाः भोलि सोमबार क्रिसमस मनाइँदैछ । नेपालमा पनि क्रिस्चियन धर्मावलम्बीहरुको संख्या उल्लेख्य वृद्धि भइरहेको छ । वर्षकै महत्वपूर्ण पर्वको रुपमा मनाइने क्रिसमस क्रिस्चियन समुदायले विशेष धार्मिक आस्थाका आधारमा मनाउने गरेका छन् । तर, मकवानपुरका केही निजि विद्यालयले क्रिस्चियन समुदायको धार्मिक पर्वलाई बाध्य बनाउने प्रयास गरिरहेको छ । विद्यार्थीलाई व्यवहारिक शिक्षा दिने नाममा धर्मको गैरकानुनी रुपमा धर्म प्रचार, धार्मिक अभ्यास गराउने प्रयास भइरहेको छ ।
    समाज
    989    
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top