+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
राजनीति

विडारी राष्ट्रिय सभा सदस्य



राजनीति   132 पटक पढिएको        
हेटौंडा, ८ फागुनः वरिष्ठ अधिवक्ता रामनारायण विडारी राष्ट्रिय सभा सदस्य मनोनित हुनुभएको छ । देउवा सरकारको सिफारिसलाई फिर्ता लिँदै ओली सरकारले राष्ट्रिय सभामा मकवानपुरका विडारीसहित राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. युवराज खतिवडा र डा. विमला पौड्याललाई मनोनित गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गरेको थियो । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसलाई अनुमोदन गर्नुभएको हो ।



मकवानपुरका वरिष्ठ अधिवक्ता विडारी लामो समय वकाल पेशामा रहनु भयो । दोस्रो संविधानसभा निर्वाचनमा समानुपातिकतर्फ नेकपा माओवादी केन्द्रबाट सभासद हुनुभएका विडारी अहिले राष्ट्रिय सभा सदस्य मनोनित हुनुभएको हो । संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिले राष्ट्रिय सभा सदस्य मनोनयन गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । मन्त्रिपरिषदको मंगलबार बिहान बसेको बैठकले पूर्ववर्ती शेरबहादुर देउवा सरकारले गरेको सिफारिस फिर्ता लिँदै नयाँ नाम सिफारिस गरेको थियो ।

खतिवडा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवम् राष्ट्र बैंकका पूर्वगर्भनर हुन् भने पौड्याल राष्ट्रपति विद्यादेवी भण्डारीको सचिवालयमा थिइन् । उनी केपी ओली नेतृत्वको अघिल्लो सरकारमा राष्ट्रिय योजना आयोगमा सदस्य थिइन् । खतिवडा र पौडेल एमाले तथा विडारी माओवादी कोटाबाट सिफारिस भएका हुन् । देउवा सरकारले दुई साताअघि कृष्णप्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीको नाम सिफारिस गरेको थियो । तर, राष्ट्रपतिले तीनवटै सिफारिस ‘होल्ड’ गरेकी थिइन् । ५९ सदस्यीय राष्ट्रिय सभामा ७ प्रदेशबाट ५६ जना निर्वाचित भइसकेका छन् । तीन जना भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनयन गर्ने संवैधानिक व्यवस्था छ । निर्वाचन आयोगले निर्वाचितको सूची राष्ट्रपति कार्यालयमा बुझाइसकेको छ ।









सम्बन्धित शिर्षक समाचारहरु
  • योजना, बजेट र नागरिक सहभागिता

    केन्द्रिय र प्रदेश सरकारले नीति तथा कार्यक्रम र त्यसका लागि बजेट सार्वजनिक गरेका छन् । कतिपय प्रदेशमा त बजेट नै पारित भइसकेको छ । ३ नम्बर प्रदेशले पनि संसदमा पेश गरेको नीति तथा कार्यक्रम पारित भई अहिले बजेट माथिको छलफल भईरहेको छ । तर सरकारले पेश गर्ने योजना र बजेट विवादरहित हुन सेकेका छैनन् ।
    सम्पादकीय
    10     सम्पादकीय
  • उपमहानगरको शैक्षिक क्यालेण्डर तयार

    हेटौंडा, ८ असारः हेटौंडा उपमहानगरपालिकाको सामाजिक विकास महाशाखाअन्तर्गत शिक्षा शाखाले वार्षिक शैक्षिक क्यालेन्डर तयार पारेको छ । वार्षिक क्यालेन्डरमा परीक्षा मिति, परीक्षाको समीक्षा, अतिरिक्त क्रियाकलाप, प्रधानाध्यापकहरुको बैठक, अभिभावकबीच अन्तरक्रियाका कार्यक्रम तय गरेको छ ।
    शिक्षा
    6     सुनिता लोप्चन
  • फाइनलमा भुटनदेवी र आग्रा

    हेटौंडा, ८ असारः भुटनदेवी युवा क्लबको आयोजनामा जारी जुनियर भुटनदेवी सेभेन ए साईड फुटबल प्रतियोगिताको फाइनलमा आयोजक भुटनदेवी युवा क्लब ‘ए’ र आग्रा स्पोर्ट्स क्लब पुगेको छ ।
    खेलकुद
    11     समाज संवाददाता
  • जिल्लास्तरीय भलिबल आजबाट

    समाज संवाददाता हेटौंडा\६ असोज: केशवलाल श्रेष्ठ स्मृति जिल्ला स्तरीय भलिबलको दोश्रो संस्करण आजबाट हटियामा सुरु हुँदैछ । हटिया स्पोर्टस एकेडेमीको आयोजनामा हुने प्रतियोगिता ८ गतेसम्म सञ्चालन हुनेछ ।
    खेलकुद
    99    
  • मतदाताका लागि सुवर्ण अवसर

    सुरेन्द्र विष्ट सम्पूर्ण नगरबासीहरुमा नयाँ वर्ष २०७४ को शुभकामना । यो नयाँ वर्षले नेपालीहरुको काँधमा ठूलो जिम्मेवारीका साथ नयाँ वर्ष सुरु भएको छ । अब हामीले हाम्रो वडा, नगर र गाउँ कस्तो बनाउने भन्ने नयाँ वर्षले हाम्रो थकित काँधमा ठूलो भारी बोकाएको छ । अब हामीले हाम्रो पार्टी, हाम्रो मान्छे नभनिकन राम्रो पार्टी, राम्रो मान्छे खोज्नु पर्ने बेला भएको छ । किनभने हामीले प्रजातन्त्र प्राप्त पछि झण्डै तीस वर्ष हाम्रो मतदानबाट धेरै ठूला पार्टी भए, धेरै माननीय मन्त्री भए तर देशको अवस्था झन् बिग्रँदो र भ्रष्टाचारले व्याप्त भएको छ । हाम्रो जनशक्ति विदेश पलायन हुन बाध्य भएको छ । हाम्रो देशको युवायुवती खाडी मुलुकमा नोकर भएर बस्नु परेको छ । अझै दुख लाग्दो त दिनै पिच्छे २/३ जनाको लास आउने गरेको छ । हाम्रा कति चेली बलात्कारको शिकार भएका छन् ।
    विचार
    99    
  • विद्यालयमा बाध्य बनाइँदै क्रिसमस

    समाज संवाददाता हेटौंडाः भोलि सोमबार क्रिसमस मनाइँदैछ । नेपालमा पनि क्रिस्चियन धर्मावलम्बीहरुको संख्या उल्लेख्य वृद्धि भइरहेको छ । वर्षकै महत्वपूर्ण पर्वको रुपमा मनाइने क्रिसमस क्रिस्चियन समुदायले विशेष धार्मिक आस्थाका आधारमा मनाउने गरेका छन् । तर, मकवानपुरका केही निजि विद्यालयले क्रिस्चियन समुदायको धार्मिक पर्वलाई बाध्य बनाउने प्रयास गरिरहेको छ । विद्यार्थीलाई व्यवहारिक शिक्षा दिने नाममा धर्मको गैरकानुनी रुपमा धर्म प्रचार, धार्मिक अभ्यास गराउने प्रयास भइरहेको छ ।
    समाज
    989    
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top