+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
स्थानीय तह

नगरसभाबाट ५ विधेयक पारित



स्थानीय तह   121 पटक पढिएको   विवश अधिकारी हेटौंडा, ८ फागुनः     
स्थानीय तह संचालन तथा व्यवस्थापनका लागि संविधानद्वारा प्राप्त अधिकारको प्रयोग गरेर हेटौंडा उपमहानगरपालिकाले मंगलबार पाँचवटा विधेयक नगरसभाबाट पारित गरेको छ । स्थानीय तह संचालनमा आएसँगै संविधानद्वारा प्राप्त स्थानीय तहले आफ्नो कानुन आफै बनाउन पाउने अधिकारको प्रयोग गरेर उपमहानगरपालिकाले विधेयक पास गरेको हो ।

नगरसभाबाट ५ विधेयक पारित


उपमहानगरपालिकाले नियमित कार्य सञ्चालन र व्यवस्थापनका लागि तयार पारेको कानुनका विधेयकहरु नगरसभाबाट पास गरेको हो । विधेयक पास भएसँगै उपमहानगरपालिकालाई काम गर्न कानुनी बाटो खुलेको मेयर हरिबहादुर महतले बताउनुभयो । विधेयक पारित भएसँगै कानुनी बाटो खुलेको र अब उपमहानगरपालिका क्षेत्र भित्रका कामहरु छिटै सुरु हुने मेयर महतले बताउनुभयो ।

आईतबारदेखि सुरु भएको नगरसभा मंगलबार विधेयक पारित गर्दै सकिएको छ । मंगलबार बसेको नगरसभाको बैठकले हेटौंडा उपमहानगरपालिकाको सहकारी विधेयक, कृषि व्यवसाय प्रवद्र्धन विधेयक, शिक्षा विधेयक, न्यायिक समिति कार्यविधि विधेयक र आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक २०७४ पास गरेको छ । मंगलबार बसेको नगरसभाबाट कृषि विधेयक, आर्थिक कार्यविधि नियमित गर्ने विधेयक सर्वसम्मत पारित भएको हो । त्यस्तै नगरसभाले न्यायिक समिति गठन गर्दै, न्यायिक समिती संचालन कार्यविधि पास गरेको छ । उपमेयर मिना कुमारी लामाको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समिति पनि गठन गरेको छ । न्यायिक समितिका सदस्यहरुमा वडा नम्बर १० का वडा सदस्य इन्द्रप्रसाद नेपाल र १ नम्बर वडा सदस्य बेगम बराल रहनुभएको छ ।

नगरसभाले सहकारीलाई संचालन र व्यवस्थापन गर्न नगरस्तरीय समितिको आवश्यक्ताका बारेमा आवश्यक छलफल गर्दै सहकारी ऐन पारित गरेको छ । त्यस्तै नगरसभाबाट शिक्षा ऐनका विषयमा नगर शिक्षा समिति, त्यसको गठन, नेतृत्व र आवश्यक शिक्षा नीतिका बारेमा सभाका सदस्यहरुबाट सुझावका आधारमा शिक्षा ऐन पारित गरेको छ । त्यस्तै बैठकले आर्थिक समायोजन विधेयक, र कार्यसम्पादनको अनुगमन गर्ने विधेयक पनि सर्वसम्मतले पारित गरेको छ ।

त्यसैगरी नगरसभाले स्थानीय सरकार संचालन ऐनमा घर नक्सापासमा ३ सय प्रतिशत जरिवाना अव्यवहारिक भएकाले संशोधनको लागि नेपाल सरकार समक्ष माग गर्ने निर्णय गरिएको मेयर महतद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । यसैगरी राजश्व परामर्श समितिको बैठकबाट विभिन्न टोल विकास संस्था लगायतका क्षेत्रका जनशक्ति प्रयोग गरी व्यवसाय करको प्रयोजनका लागि व्यवसायको लगत संकलनका लागि प्रति व्यवसाय ३० रुपैयाँका दरले रकम उपलब्ध गराउने निर्णय गरिएको छ । नगरको व्यवसाय कर संकलन र वक्यौता रकममा छुटको व्यवस्था समेत गरी कर संकलनलाई प्राथमिकताका साथ अगाडि बढाउने निर्णय गरिएको जारी विज्ञप्तीमा उल्लेख छ । नगरसभाबाट पारित भएका विधेयकहरु चाँडै नै उपमहानगरपालिकाको राजपत्रमा प्रकाशन गरिने र राजपत्रमा प्रकाशन भएसँगै विधेयक लागु हुने मेयर महतले बताउनुभयो ।

नगरसभाले चालु आर्थिक वर्ष २०७४/०७५ का लागि स्वीकृत वार्षिक बजेटमा केही रकमान्तर गर्ने निर्णय गरेको मेयर महतले बताउनुभयो । विभिन्न शिर्षकमा नगर कार्यपालिकाको सिफारिस बमोजिम केही शिर्षकमा खर्च रकम रकमान्तर गर्न फागुन २ गते बसेको बैठकबाट सिफारिस भई आएका शिर्षकको बजेटलाई रकमान्तर गर्ने निर्णय गरेको छ । नगरसभाले विनियोजन ऐन २०७४ मा उल्लेखित केही शीर्षकहरुमा रकमान्तर संशोधन गर्नुपर्ने आवश्यक्तालाई महसुस गरेर बैठक समक्ष पेस गरिएको शीर्षकको बजेटलाई रकमान्तर गरिएको जनाएको छ । उपमहानगरपालिकाले चार वटा शीर्षकको बजेटलाई रकमान्तर गरेको छ । पहिलो सभाबाट स्वीकृत पूर्वाधार तर्फका ४५ वटा योजनाहरुको रकम सोही वडा समितिको सिफारिस अनुसार अन्य नयाँ योजनाहरु एक करोड ५९ लाख ५५ हजार रुपैयाँ रकमान्तर गरिएको छ । त्यसैगरी आर्थिक तथा सामाजिक विकासतर्फका १० वटा योजना तथा कार्यक्रमहरुमा ९१ लाख ५० हजार अन्तर्गत रहेका योजनाहरुका रकम रकमान्तरका लागि उपमेयर मिना लामाले पेस गर्नुभएकोमा पारित गरिएको छ । सुशासन प्रवद्र्धनतर्फ स्वीकृत २७ लाखको बजेटलाई सोही रकममा आन्तरिक रकमान्तर गरी मिलाउने भएको हो । नगरस्तरीय क्षेत्रगत तर्फका ११ योजना तथा कार्यक्रम विनियोजित बजेट ११ करोड ७ लाख ६९ हजार रुपैयाँलाई आन्तरिक थपघट गरी बचत हुने रकम ४ करोड ७९ लाख रकम १८ वटा नयाँ योजनामा रकमान्तर गरिएको छ ।








सम्बन्धित शिर्षक समाचारहरु
  • मुख्यमन्त्री कार्यालयको वेबसाईट सञ्चालनमा

    हेटौंडाः ३ नम्बर प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यलयले बिहिबारबाट आधिकारिक वेबसाईट सञ्चालनमा ल्याएको छ । बिहिबार एक कार्यक्रमको आयोजना गरी प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले वेबसाईटको शुभारम्भ गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको वेबसाइट ocmcm.p3.gov.np रहेको छ ।
    राजनीति
    5     समाज संवाददाता
  • अन्तरजातीय ११ जोडी सम्मानित

    हेटौंडाः अन्तरजातीय विवाह गर्ने हेटौंडाका ११ जोडीलाई बिहिबार सम्मान गरिएको छ । समाजमा रहेकोे कुरीति विरुद्ध सशक्त कदम चालेको भन्दै अन्तरजातीय जोडीलाई सम्मान गरिएको हो । उपेक्षित सामुदायिक विकास मञ्चको आयोजना तथा हेटांैडा उपमहानगरपालिकाको सहयोगमा सम्मानपत्रसहित ढाका टोपी र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
    समाज
    5     समाज संवाददाता
  • बजेटको सिलिङप्रति वडा अध्यक्षहरु असन्तुष्ट

    हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७५/०७६ को लागि वडाहरुमा १६ करोड ७५ लाख बराबरको सिलिङ तोकेर पठाएको छ । उपमहानगरपालिकाले १९ वटा वडामा आगामी आर्थिक वर्षको लागि ७० लाखदेखि १ करोड रुपैयाँसम्मको सिलिङ तोकेर पठाएको छ । वडाले सोहि बजेटको सिलिङ भित्र रहेर योजना तथा कार्यक्रमहरु सम्पन्न गर्नुपर्ने हुन्छ ।
    स्थानीय तह
    30     समाज संवाददाता
  • सम्पादकीय, समुदायकै सक्रियतामा पुस्तकालय

    १७, भदौ समय जत्ति नै आधुनिक बन्दै गए पनि ज्ञानको अभावमा समाज आधुनिक बन्नै सक्दैन । ज्ञान आर्जन गर्नु भनेको व्यक्तिले आफ्नो व्यक्तित्व विकासको आधार तयार पार्नु हो । हरेक व्यक्ति सफल र सक्षम बन्न चाहन्छ तर, तयारी के गर्छ त भनेर हेर्ने हो भने तयारी गर्ने विषय केही पनि छैन । सक्षम र सफल व्यक्ति बन्नका लागि शिक्षा अनिवार्य छ ।
    विचार
    99    
  • विद्यालयमा बाध्य बनाइँदै क्रिसमस

    समाज संवाददाता हेटौंडाः भोलि सोमबार क्रिसमस मनाइँदैछ । नेपालमा पनि क्रिस्चियन धर्मावलम्बीहरुको संख्या उल्लेख्य वृद्धि भइरहेको छ । वर्षकै महत्वपूर्ण पर्वको रुपमा मनाइने क्रिसमस क्रिस्चियन समुदायले विशेष धार्मिक आस्थाका आधारमा मनाउने गरेका छन् । तर, मकवानपुरका केही निजि विद्यालयले क्रिस्चियन समुदायको धार्मिक पर्वलाई बाध्य बनाउने प्रयास गरिरहेको छ । विद्यार्थीलाई व्यवहारिक शिक्षा दिने नाममा धर्मको गैरकानुनी रुपमा धर्म प्रचार, धार्मिक अभ्यास गराउने प्रयास भइरहेको छ ।
    समाज
    984    
  • गाँजासहित २ जना पक्राउ

    हेटौंडा, ११ मंसिरः मकवानपुरका प्रहरी टोलिले ४० किलोग्राम लागुऔषध गाँजासहित कैलाश गाउँपालिकामा २ जनालाई शनिबार पक्राउ गरेको छ । प्रहरी चौकी डाँडाखर्कबाट खटिएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा कैलाश गाउँपालिका–६, ठुलोबेसीमा स्थानीयबासी ५१ वर्षीय बच्चुराम रिजाल र १८ वर्षीय रुपक बराललाई गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
    अपराध
    98     समाज संवाददाता
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top