+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
राजनीति

नियमावली प्रदेश सभामा पेस/ फाष्ट ट्रयाकबाट कानुनः पौडेल



राजनीति   3 पटक पढिएको   अमृत चिमरिया     
हेटौंडा, १५ फागुनः प्रदेश सभा नियमावली आइतबार प्रदेश सभामा पेश भएको छ । प्रदेश सभा नियमावली मस्यौदा समितिले निर्माण गरेको उक्त नियमावली संसदीय समितिका सभापति राजेन्द्र पाण्डेले प्रदेश सभामा पेस गर्नुभएको हो । पाण्डेले मस्यौदा समितिले ५ संसदीय समिति निर्माण गरेको र उक्त समितिले गर्ने कामको बारेमा संसद भवनमा जानकारी गराउनुभएको हो । पाण्डेले सबै दलको सहमतिमा प्रदेश सभाको नियमावली तयार पारेको र सबै विषय वस्तुलाई समेट्ने प्रयास गरेको बताउनुभएको थियो ।

नियमावली प्रदेश सभामा पेस/ फाष्ट ट्रयाकबाट कानुनः पौडेल


उहाँले प्रदेश सभाका सदस्यहरुलाई अनुशासन तथा मर्यादाको विषयमा समेत जानकारी गराउनुभएको थियो । पाण्डेले सांसदहरुले पदको मर्यादा अनुसार सम्बोधन गर्नुपर्ने भन्दै प्रदेश सभा सदस्यले सभाको अध्यक्षता गर्ने सभामुख तथा उपसभामुखबाहेक अरुलाई सम्बोधन गर्नु नपर्ने बताउनुभएको थियो । उहाँले विगतमा व्यवस्थापिका संसद भवनमा दुख लाग्दा घटना भएको भन्दै यो प्रदेशमा यस्तो अनपेक्षित घटना नहुनेमा विश्वस्त रहेको बताउनुभयो । उहाँले प्रदेश सभा सदस्यहरुको आचरण अनगुमन समिति समेत हुने बताउनुभएको छ ।

प्रदेश सभामा नियमावलीको जानकारी गराउँदै पाण्डेले प्रदेश सभा सदस्यको कपडा लवाई, खानपान, बोली व्यवहार हेर्नका लागि सभामुखको अध्यक्षमा प्रदेश सभा सदस्य आचरण अनुगमन समितिको निर्माण हुने बताउनुभएको हो । पाण्डेले पेस गर्नु भएको नियमावलीको ५ समिति मध्ये प्रत्येक समितिमा २० जना सदस्यहरु रहने व्यवस्था छ ।

प्रदेश सभामा मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारलाई क्रियाशील बनाउन केन्द्र सरकारले आवश्यक ध्यान नपु¥याएको बताउनुभएको थियो । उहाँले कर्मचारी र सवारी साधनको अभाव भएकोले व्यवस्थापनमा चुनौती भएको समेत बताउनुभएको थियो । उहाँले कर्मचारीहरुको अभावमा मन्त्रालय तथा प्रदेश सभाहरु चलाउन गाह्रो परेको भन्दै पुरानो गाडीहरुलाइ्र्र प्रयोग गर्न बाध्य भएको बताउनुभएको थियो । उहाँले अबको अर्जुनदृष्टि कानुन निर्माण भएको भन्दै कानुन निर्माण नभएसम्म आफ्ना गतिविधि बढाउन नसक्ने बताउनुभएको थियो । एउटै कामको लागि सभामा धेरै समय खर्च गर्न नहुने भन्दै फाष्टट्रयाकबाट कानुुन निर्माण गरिनुपर्ने बताउनुभएको छ । उहाँले सबै सांसदले जनता सामु गरेको समृद्धिको प्रतिवद्धता पुरा गर्न सबैको ध्यान जाने विश्वास व्यक्त गर्नुभएको थियो ।

नेपाली कांग्रेस ३ नम्बर प्रदेशका संसदीय दलका नेता इन्द्र बानियाँले स्रोत र साधनको उचित उपयोग गरेर प्रदेशलाई समृद्ध बनाउनु पर्ने बताउनुभएको थियो । प्रमुख प्रतिपक्षी दलको नेताको रुपमा बोल्दै नेता बानियाँले शान्ति र समृद्धिमा प्रतिपक्षी नभएको बताउनुभएको थियो । उहाँले राजनीतिक विचारमा अनेकता भए तापनि विकासमा सबैको विचार एक हुनुपर्ने बताउनुभएको थियो । बानियाँले राष्ट्रिय सभा सदस्यमा ३ जनाको नाम टुङ्गिसकेको भए तापनि राष्ट्रपतिले संवैधानिक व्यवस्थालाई चुनौती दिँदै राष्ट्रिय सभा सदस्यको मनोनित विषय विवादमा ल्याएको बताउनुभएको हो ।

प्रदेश सभामा पेस भएको नियमावली प्रदेश सभाका सदस्यहरुले आज ११ बजे बस्ने बैठकबाट आवश्यक संशोधनसहित पारित हुनेछ । आइतबार बसेको प्रदेश सभा वैठकमा ९ जना सांसद अनुपस्थित रहे ।








सम्बन्धित शिर्षक समाचारहरु
  • योजना, बजेट र नागरिक सहभागिता

    केन्द्रिय र प्रदेश सरकारले नीति तथा कार्यक्रम र त्यसका लागि बजेट सार्वजनिक गरेका छन् । कतिपय प्रदेशमा त बजेट नै पारित भइसकेको छ । ३ नम्बर प्रदेशले पनि संसदमा पेश गरेको नीति तथा कार्यक्रम पारित भई अहिले बजेट माथिको छलफल भईरहेको छ । तर सरकारले पेश गर्ने योजना र बजेट विवादरहित हुन सेकेका छैनन् ।
    सम्पादकीय
    10     सम्पादकीय
  • उपमहानगरको शैक्षिक क्यालेण्डर तयार

    हेटौंडा, ८ असारः हेटौंडा उपमहानगरपालिकाको सामाजिक विकास महाशाखाअन्तर्गत शिक्षा शाखाले वार्षिक शैक्षिक क्यालेन्डर तयार पारेको छ । वार्षिक क्यालेन्डरमा परीक्षा मिति, परीक्षाको समीक्षा, अतिरिक्त क्रियाकलाप, प्रधानाध्यापकहरुको बैठक, अभिभावकबीच अन्तरक्रियाका कार्यक्रम तय गरेको छ ।
    शिक्षा
    6     सुनिता लोप्चन
  • फाइनलमा भुटनदेवी र आग्रा

    हेटौंडा, ८ असारः भुटनदेवी युवा क्लबको आयोजनामा जारी जुनियर भुटनदेवी सेभेन ए साईड फुटबल प्रतियोगिताको फाइनलमा आयोजक भुटनदेवी युवा क्लब ‘ए’ र आग्रा स्पोर्ट्स क्लब पुगेको छ ।
    खेलकुद
    11     समाज संवाददाता
  • जिल्लास्तरीय भलिबल आजबाट

    समाज संवाददाता हेटौंडा\६ असोज: केशवलाल श्रेष्ठ स्मृति जिल्ला स्तरीय भलिबलको दोश्रो संस्करण आजबाट हटियामा सुरु हुँदैछ । हटिया स्पोर्टस एकेडेमीको आयोजनामा हुने प्रतियोगिता ८ गतेसम्म सञ्चालन हुनेछ ।
    खेलकुद
    99    
  • मतदाताका लागि सुवर्ण अवसर

    सुरेन्द्र विष्ट सम्पूर्ण नगरबासीहरुमा नयाँ वर्ष २०७४ को शुभकामना । यो नयाँ वर्षले नेपालीहरुको काँधमा ठूलो जिम्मेवारीका साथ नयाँ वर्ष सुरु भएको छ । अब हामीले हाम्रो वडा, नगर र गाउँ कस्तो बनाउने भन्ने नयाँ वर्षले हाम्रो थकित काँधमा ठूलो भारी बोकाएको छ । अब हामीले हाम्रो पार्टी, हाम्रो मान्छे नभनिकन राम्रो पार्टी, राम्रो मान्छे खोज्नु पर्ने बेला भएको छ । किनभने हामीले प्रजातन्त्र प्राप्त पछि झण्डै तीस वर्ष हाम्रो मतदानबाट धेरै ठूला पार्टी भए, धेरै माननीय मन्त्री भए तर देशको अवस्था झन् बिग्रँदो र भ्रष्टाचारले व्याप्त भएको छ । हाम्रो जनशक्ति विदेश पलायन हुन बाध्य भएको छ । हाम्रो देशको युवायुवती खाडी मुलुकमा नोकर भएर बस्नु परेको छ । अझै दुख लाग्दो त दिनै पिच्छे २/३ जनाको लास आउने गरेको छ । हाम्रा कति चेली बलात्कारको शिकार भएका छन् ।
    विचार
    99    
  • विद्यालयमा बाध्य बनाइँदै क्रिसमस

    समाज संवाददाता हेटौंडाः भोलि सोमबार क्रिसमस मनाइँदैछ । नेपालमा पनि क्रिस्चियन धर्मावलम्बीहरुको संख्या उल्लेख्य वृद्धि भइरहेको छ । वर्षकै महत्वपूर्ण पर्वको रुपमा मनाइने क्रिसमस क्रिस्चियन समुदायले विशेष धार्मिक आस्थाका आधारमा मनाउने गरेका छन् । तर, मकवानपुरका केही निजि विद्यालयले क्रिस्चियन समुदायको धार्मिक पर्वलाई बाध्य बनाउने प्रयास गरिरहेको छ । विद्यार्थीलाई व्यवहारिक शिक्षा दिने नाममा धर्मको गैरकानुनी रुपमा धर्म प्रचार, धार्मिक अभ्यास गराउने प्रयास भइरहेको छ ।
    समाज
    989    
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top