+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
स्थानीय तह

हेटौंडा उपमहानगरमा न्यायिक ईजलास सुरु/ पहिलो इजलासमा दम्पत्तिको मेलमिलाप



स्थानीय तह   93 पटक पढिएको        
हेटौंडा, १५ फागुनः हेटौंडा उपमहानगरपालिकाको न्यायिक समितिले ईजलास सुरु गरेको छ । हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीना लामाको संयोजकत्वमा गठित न्यायिक समितिले सोमबारबाट ईजलास सुरु गरेको हो । सोमबारको ईजलासले एक दम्पत्तिलाई मेलमिलाप गराएको छ । सम्बन्ध बिच्छेदका लागि परेको निवेदन उपर दम्पत्ति र तिनका परिवार, छरछिमेकको उपस्थितिमा उनीहरुलाई मेलमिलाप गराएको हो ।



न्यायिक समितिकी संयोजक मीना लामा र सदस्य ईन्द्रप्रसाद नेपालको ईजलासले सम्बन्ध विच्छेदका लागि निवेदन दिएका दम्पत्तिबीच मेलमिलाप गराएको हो । फागुन ८ गते गठित न्यायिक समितिले सोमबारबाट न्यायिक ईजलास सुरु गरेको हो । हेटौंडा–१७ का दिनेश गौतम दीपा गौतमबीचको विवादमा न्यायिक ईजलासले आवश्यक छलफल र सुनुवाईपछि मेलमिलाप गराएको हो । तीन वर्षदेखि अधिकांश समय माईतीमै बस्दै आएकी दीपाले परिवारमा आफूलाई माया र सहयोग भए मेलमिलाप गर्न तयार रहेको बताएकी थिइन् ।

दिनेश र दीपाको २०६६ साल मंसिर २४ गते मागी बिवाह भएको हो । गौतम दम्पत्तिले २०६८ साल साउन १४ गते सन्तानलाई जन्म दिएका थिए । लामो समय माईतीमै बस्दै आएकी दीपाले घरमा कामकाज नगरेको भन्दै दिनेशले सम्बन्ध विच्छेदका लागि गत कात्तिक २२ गते वडा कार्यालयमा उजुरी दिएका थिए । उपमहानगरको न्यायिक समितिले गौतम दम्पत्तिलाई मेलमिलाप गराएर न्यायिक ईजलासको सुखद् सुरुवात गरेको छ । न्यायिक समितिकी संयोजक लामाले दम्पत्तिलाई मेलमिलाप गर्न र आपसमा राम्रो सम्बन्ध कायम राख्न आग्रह गर्नुहुँदै मेलमिलापका लागि राजी भएका दुबैलाई मेलमिलाप गराइएको घोषणा गर्नुभएको थियो ।

न्यायिक ईजलास कक्षकोे हेटौंडा उपमहानगरपालिकाका मेयर हरी बहादुर महतले उद्घाटन गर्नुभएको थियो । न्यायिक ईजलास कक्षकोे उद्घाटन गर्दै मेयर महतले अब धेरै खालका समस्या तथा साना खालका मुद्दाहरु उपमहानगरपालिकाबाटै समाधान हुने बताउनुभयो । नेपालको संविधान २०७२ मा उल्लेख भएका र स्थानिय तहले हेर्न मिल्ने खालका मुद्दाहरु उपमहानगरपालिकाले हेर्नेछ । नेपालको संविधान २०७२ को धारा २ सय १७ अनुसार स्थानीय तहमा तीन सदस्यीय न्यायिक समितिको गठन गर्ने व्यवस्था रहेको छ । त्यस्तै स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ मा स्थानीय तहलाई २४ वटा मुद्दा हेर्ने अधिकार दिईएको छ । २४ वटा मुद्दा मध्ये न्यायिक समितिले १३ वटा बुँदाका विषयमा विवाद निरुपण गर्ने र ११ वटा बुँदाका विषयमा मेलमिलाप गराउन पाउने अधिकार प्रदान गरिएको छ । हेटौंडा उपमहानगरपालिकाको न्यायिक समितिले हरेक शुक्रबार ३ बजे न्यायिक ईजलास सञ्चालन गर्नेछ ।








सम्बन्धित शिर्षक समाचारहरु
  • मुख्यमन्त्री कार्यालयको वेबसाईट सञ्चालनमा

    हेटौंडाः ३ नम्बर प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यलयले बिहिबारबाट आधिकारिक वेबसाईट सञ्चालनमा ल्याएको छ । बिहिबार एक कार्यक्रमको आयोजना गरी प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले वेबसाईटको शुभारम्भ गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको वेबसाइट ocmcm.p3.gov.np रहेको छ ।
    राजनीति
    5     समाज संवाददाता
  • अन्तरजातीय ११ जोडी सम्मानित

    हेटौंडाः अन्तरजातीय विवाह गर्ने हेटौंडाका ११ जोडीलाई बिहिबार सम्मान गरिएको छ । समाजमा रहेकोे कुरीति विरुद्ध सशक्त कदम चालेको भन्दै अन्तरजातीय जोडीलाई सम्मान गरिएको हो । उपेक्षित सामुदायिक विकास मञ्चको आयोजना तथा हेटांैडा उपमहानगरपालिकाको सहयोगमा सम्मानपत्रसहित ढाका टोपी र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
    समाज
    5     समाज संवाददाता
  • बजेटको सिलिङप्रति वडा अध्यक्षहरु असन्तुष्ट

    हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७५/०७६ को लागि वडाहरुमा १६ करोड ७५ लाख बराबरको सिलिङ तोकेर पठाएको छ । उपमहानगरपालिकाले १९ वटा वडामा आगामी आर्थिक वर्षको लागि ७० लाखदेखि १ करोड रुपैयाँसम्मको सिलिङ तोकेर पठाएको छ । वडाले सोहि बजेटको सिलिङ भित्र रहेर योजना तथा कार्यक्रमहरु सम्पन्न गर्नुपर्ने हुन्छ ।
    स्थानीय तह
    30     समाज संवाददाता
  • सम्पादकीय, समुदायकै सक्रियतामा पुस्तकालय

    १७, भदौ समय जत्ति नै आधुनिक बन्दै गए पनि ज्ञानको अभावमा समाज आधुनिक बन्नै सक्दैन । ज्ञान आर्जन गर्नु भनेको व्यक्तिले आफ्नो व्यक्तित्व विकासको आधार तयार पार्नु हो । हरेक व्यक्ति सफल र सक्षम बन्न चाहन्छ तर, तयारी के गर्छ त भनेर हेर्ने हो भने तयारी गर्ने विषय केही पनि छैन । सक्षम र सफल व्यक्ति बन्नका लागि शिक्षा अनिवार्य छ ।
    विचार
    99    
  • विद्यालयमा बाध्य बनाइँदै क्रिसमस

    समाज संवाददाता हेटौंडाः भोलि सोमबार क्रिसमस मनाइँदैछ । नेपालमा पनि क्रिस्चियन धर्मावलम्बीहरुको संख्या उल्लेख्य वृद्धि भइरहेको छ । वर्षकै महत्वपूर्ण पर्वको रुपमा मनाइने क्रिसमस क्रिस्चियन समुदायले विशेष धार्मिक आस्थाका आधारमा मनाउने गरेका छन् । तर, मकवानपुरका केही निजि विद्यालयले क्रिस्चियन समुदायको धार्मिक पर्वलाई बाध्य बनाउने प्रयास गरिरहेको छ । विद्यार्थीलाई व्यवहारिक शिक्षा दिने नाममा धर्मको गैरकानुनी रुपमा धर्म प्रचार, धार्मिक अभ्यास गराउने प्रयास भइरहेको छ ।
    समाज
    984    
  • गाँजासहित २ जना पक्राउ

    हेटौंडा, ११ मंसिरः मकवानपुरका प्रहरी टोलिले ४० किलोग्राम लागुऔषध गाँजासहित कैलाश गाउँपालिकामा २ जनालाई शनिबार पक्राउ गरेको छ । प्रहरी चौकी डाँडाखर्कबाट खटिएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा कैलाश गाउँपालिका–६, ठुलोबेसीमा स्थानीयबासी ५१ वर्षीय बच्चुराम रिजाल र १८ वर्षीय रुपक बराललाई गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
    अपराध
    98     समाज संवाददाता
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top