+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
स्थानीय तह

ठुला योजनामा चिनीयाँ चासो



स्थानीय तह   33 पटक पढिएको   बिवश अधिकारी     
हेटौंडा, १६ फागुनः हेटौंडा उपमहानगरपालिकाको शहरी पुर्वाधार विकासमा लगानी गर्न रुचि देखाएको चिनीया टोलीले ठूला योजनामा चासो देखाएका छन् । मंगलबार हेटौंडा आइपुगेको चिनीया टोलीले हेटौंडा उपमहानगरपालिकाका मेयर, उपमेयरलाई भेटेर भौतिक पुर्वाधार निर्माणमा साना योजना उपमहानगरपालिकाले नै सञ्चालन गर्न सक्ने भएकाले ठुला योजना बनाउन सुझाव दिएको छ । शहरी विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभाग मार्फत एसियन ईन्फ्रास्ट्रक्चर ईन्भेष्टमेन्ट बैंक (एआईआईबी) को सहयोगमा पूर्वाधार विकासका लागि चीनले लगानी गर्न चासो देखाएको हो ।



एआईआईबीले नेपालका सात वटा नगरपालिकाको पूर्वाधार विकासमा लगानी गर्ने बताइएको छ । कृष्ण नगरपालिका, शिवराज नगरपालिका, सुनवल नगरपालिका, बर्दघाट नगरपालिका, कलैया उपमहानगरपालिका, जितपुर सिमरा उपमहागरपालिका र हेटौंडा उपमहानगरपालिकालाई चीनले सहयोग गर्नेछ । चीनले हेटौंडा उपमहानगरपालिकाको पूर्वाधार विकासका लागि १ सय ५० देखि २ सय करोडसम्म लगानी गर्ने छ । 

पुर्वाधार क्षेत्रको विकास गरी सन्तुलित राष्ट्रिय सहरी स्वरुप हासिल गर्ने, स्वच्छ, सुरक्षित एवम् समृद्व सहरी वातावरणको विकास गरी सहरी वासिन्दाहरुको जीवनस्तरमा सुधार ल्याउन, नगरपालिकालाई कानुनी एवम् संस्थागत रुपमा सुदृढ गर्दै सहरी विकासमा संलग्न निकायहरु बीच समन्वय र सहकार्य अभिवृद्धि गर्ने र सहरी व्यवस्थापनलाई प्रभावकारी बनाई राष्ट्रिय सहरी विकास रणनीतिको कार्यान्वयन गर्ने लक्ष्य रहेको बताईएको छ । छलफलमा उपमहानगरपालिकाको तर्फबाट मेयर महत, उपमेयर मिना कुमारी लामा, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पाण्डे लगायत विभिन्न वडाका वडाअध्यक्ष तथा कार्यपालिकाका सदस्यहरुको उपस्थिति रहेको थियो । चिनिया टोलीका प्रमुख साङ्मो रिम, परामर्शदाता टासि तेन्जीङ्ग, सहरी विकास तथा भवन निर्माण विभागका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र मोहन श्रेष्ठ र विश्वराम प्रजापतिको सहभागिता रहेको थियो ।








सम्बन्धित शिर्षक समाचारहरु
  • योजना, बजेट र नागरिक सहभागिता

    केन्द्रिय र प्रदेश सरकारले नीति तथा कार्यक्रम र त्यसका लागि बजेट सार्वजनिक गरेका छन् । कतिपय प्रदेशमा त बजेट नै पारित भइसकेको छ । ३ नम्बर प्रदेशले पनि संसदमा पेश गरेको नीति तथा कार्यक्रम पारित भई अहिले बजेट माथिको छलफल भईरहेको छ । तर सरकारले पेश गर्ने योजना र बजेट विवादरहित हुन सेकेका छैनन् ।
    सम्पादकीय
    10     सम्पादकीय
  • उपमहानगरको शैक्षिक क्यालेण्डर तयार

    हेटौंडा, ८ असारः हेटौंडा उपमहानगरपालिकाको सामाजिक विकास महाशाखाअन्तर्गत शिक्षा शाखाले वार्षिक शैक्षिक क्यालेन्डर तयार पारेको छ । वार्षिक क्यालेन्डरमा परीक्षा मिति, परीक्षाको समीक्षा, अतिरिक्त क्रियाकलाप, प्रधानाध्यापकहरुको बैठक, अभिभावकबीच अन्तरक्रियाका कार्यक्रम तय गरेको छ ।
    शिक्षा
    6     सुनिता लोप्चन
  • फाइनलमा भुटनदेवी र आग्रा

    हेटौंडा, ८ असारः भुटनदेवी युवा क्लबको आयोजनामा जारी जुनियर भुटनदेवी सेभेन ए साईड फुटबल प्रतियोगिताको फाइनलमा आयोजक भुटनदेवी युवा क्लब ‘ए’ र आग्रा स्पोर्ट्स क्लब पुगेको छ ।
    खेलकुद
    11     समाज संवाददाता
  • जिल्लास्तरीय भलिबल आजबाट

    समाज संवाददाता हेटौंडा\६ असोज: केशवलाल श्रेष्ठ स्मृति जिल्ला स्तरीय भलिबलको दोश्रो संस्करण आजबाट हटियामा सुरु हुँदैछ । हटिया स्पोर्टस एकेडेमीको आयोजनामा हुने प्रतियोगिता ८ गतेसम्म सञ्चालन हुनेछ ।
    खेलकुद
    99    
  • मतदाताका लागि सुवर्ण अवसर

    सुरेन्द्र विष्ट सम्पूर्ण नगरबासीहरुमा नयाँ वर्ष २०७४ को शुभकामना । यो नयाँ वर्षले नेपालीहरुको काँधमा ठूलो जिम्मेवारीका साथ नयाँ वर्ष सुरु भएको छ । अब हामीले हाम्रो वडा, नगर र गाउँ कस्तो बनाउने भन्ने नयाँ वर्षले हाम्रो थकित काँधमा ठूलो भारी बोकाएको छ । अब हामीले हाम्रो पार्टी, हाम्रो मान्छे नभनिकन राम्रो पार्टी, राम्रो मान्छे खोज्नु पर्ने बेला भएको छ । किनभने हामीले प्रजातन्त्र प्राप्त पछि झण्डै तीस वर्ष हाम्रो मतदानबाट धेरै ठूला पार्टी भए, धेरै माननीय मन्त्री भए तर देशको अवस्था झन् बिग्रँदो र भ्रष्टाचारले व्याप्त भएको छ । हाम्रो जनशक्ति विदेश पलायन हुन बाध्य भएको छ । हाम्रो देशको युवायुवती खाडी मुलुकमा नोकर भएर बस्नु परेको छ । अझै दुख लाग्दो त दिनै पिच्छे २/३ जनाको लास आउने गरेको छ । हाम्रा कति चेली बलात्कारको शिकार भएका छन् ।
    विचार
    99    
  • विद्यालयमा बाध्य बनाइँदै क्रिसमस

    समाज संवाददाता हेटौंडाः भोलि सोमबार क्रिसमस मनाइँदैछ । नेपालमा पनि क्रिस्चियन धर्मावलम्बीहरुको संख्या उल्लेख्य वृद्धि भइरहेको छ । वर्षकै महत्वपूर्ण पर्वको रुपमा मनाइने क्रिसमस क्रिस्चियन समुदायले विशेष धार्मिक आस्थाका आधारमा मनाउने गरेका छन् । तर, मकवानपुरका केही निजि विद्यालयले क्रिस्चियन समुदायको धार्मिक पर्वलाई बाध्य बनाउने प्रयास गरिरहेको छ । विद्यार्थीलाई व्यवहारिक शिक्षा दिने नाममा धर्मको गैरकानुनी रुपमा धर्म प्रचार, धार्मिक अभ्यास गराउने प्रयास भइरहेको छ ।
    समाज
    989    
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top