+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
समाज

बकैया गाउँपालिकाको जोखिम मूल्याङ्कन गरिँदै



समाज   17 पटक पढिएको   समाज संवाददाता     
हेटौंडा, १८ फागुनः मकवानपुरको बकैया गाउँपालिकाको जोखिमको अवस्थाका बारेमा मूल्यांकन गर्ने कार्य भइरहेको छ । गाउँपालिकाको हरेक क्षेत्रको जोखिमको अवस्था विश्लेषण गर्दै जोखिम न्यूनीकरणका लागि आवश्यक योजना तर्जुमाका लागि बालकल्याण समाज मकवानपुरले मर्सिकोर नेपालको सहयोगमा तथ्याङ्क सङ्कलन गर्न सुरु गरेको छ ।



तथ्याङ्क लिनका लागि बकैयाको १२ वटै वडाका लागि सहजकर्ता तयार पारिएको छ । जोखिमको अवस्थाबारे तथ्याङ्क सङ्कलनका लागि बकैया गाउँपालिकाका २१ जना सहजकर्ता छनौट गरी स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना सम्बन्धी तीनदिने तालिम समेत दिइएको छ । बकैया गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी छतिवन उपशाखासँगको समन्वयमा बालकल्याण समाज मकवानपुरले मर्सिकार नेपालको सहयोगमा सहजकर्तालाई तालिम प्रदान गरेको हो । मकवानपुरको हेटौंडामा तीनदिनसम्म सञ्चालित तालिमका सहभागी अब आफ्नो कार्यक्षेत्र फर्किएर जोखिम अवस्थाका विषयमा तथ्याङ्क सङ्कलन गर्नेछन् । 

‘तालिम प्राप्त सहजकर्ता अब गाउँपालिकाका वडा–वडा पुगेर हरेक क्षेत्रमा रहेको जोखिमको अवस्था सङ्कलन गर्नेछन् ।’ बालकल्याण समाज मकवानपुरले सञ्चालन गरिरहेको भूकम्पीय पुनर्लाभ कार्यक्रमका परियोजना अधिकृत रामप्रसाद दाहालले भने, ‘जोखिमको अवस्था पत्ता लगाइसकेपछि जोखिम न्यूनीकरणका लागि आवश्यक योजना तयार पार्न सघाउ पुग्नेछ ।’ परियोजना अधिकृत दाहालका अनुसार तथ्याङ्क सङ्कलनबाट गाउँपालिकाको जोखिमको अवस्थाबारे जानकारी हुनाका साथै जोखिम व्यवस्थापनका लागि आवश्यक योजना निर्माणका लागि सहयोग पुग्नेछ । गाउँपालिका, वडा कार्यालयको समन्वयमा काम हुने भएकाले समग्र बकैया गाउँपालिकाको वास्तविक जोखिमताको अवस्था पत्ता लगाउनका लागि तथ्याङ्क सङ्कलनको तयारी गरिएको उनले बताए ।

आफूहरुले स्थानीय तहसँग समन्वय गरेर काम गर्ने भएकाले थप प्रभावकारी काम हुने तालिम आयोजक बालकल्याण समाज मकवानपुरका जिल्ला कार्यक्रम संयोजक प्रकाश खतिवडाले बताए । ‘हामीले गर्ने हरेक परियोजनाको कार्यमा स्थानीय तह, जनप्रतिनिधी लगायत सम्बन्धित पक्षसँग समन्वय हुने भएकाले हाम्रा सामाजिक अभियान सफल भएका छन् ।’ खतिवडाले भने, ‘जोखिमताको अवस्था पहिचान गर्नका लागि बकैयामा सुरु गरिएको तथ्याङ्क सङ्कलन कार्यले बकैया गाउँपालिकालाई जोखिमको अवस्था जानकारी हुनाको साथै योजना निर्माण गर्न सघाउ पुग्नेछ ।’

बालकल्याण समाज मकवानपुरका कार्यक्रम प्रबन्धक कमल फुयालले नौं महिनाका लागि सञ्चालित ‘भूकम्पीय पुनर्लाभ परियोजना’ वित्तिय साक्षरता तालिम, संरचना निर्माण सहयोग, प्राथमिक उपचार तालिम, विपद्बाट बस्ती बचाउन ग्याबिन तार, सहकारी व्यवस्थापन लगायत कार्यका लागि प्रभावकारी बनिरहेको बताए । गाउँपालिकाको जोखिमको अवस्था पहिचान गर्नका लागि प्रदान गरिएको सहजकर्ता तालिम समापनमा बालकल्याण समाजका अध्यक्ष डा. गणेश बल लामा, नेपाल रेडक्रस सोसाइटी छतिवन, विपद् व्यवस्थापन समिति संयोजक हरिहर खनाल लगायतले आफूले तालिमबाट सिकेको सीप प्रयोग गर्न सहजकर्तालाई सुझाव दिए ।








सम्बन्धित शिर्षक समाचारहरु
  • मुख्यमन्त्री कार्यालयको वेबसाईट सञ्चालनमा

    हेटौंडाः ३ नम्बर प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यलयले बिहिबारबाट आधिकारिक वेबसाईट सञ्चालनमा ल्याएको छ । बिहिबार एक कार्यक्रमको आयोजना गरी प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले वेबसाईटको शुभारम्भ गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको वेबसाइट ocmcm.p3.gov.np रहेको छ ।
    राजनीति
    5     समाज संवाददाता
  • अन्तरजातीय ११ जोडी सम्मानित

    हेटौंडाः अन्तरजातीय विवाह गर्ने हेटौंडाका ११ जोडीलाई बिहिबार सम्मान गरिएको छ । समाजमा रहेकोे कुरीति विरुद्ध सशक्त कदम चालेको भन्दै अन्तरजातीय जोडीलाई सम्मान गरिएको हो । उपेक्षित सामुदायिक विकास मञ्चको आयोजना तथा हेटांैडा उपमहानगरपालिकाको सहयोगमा सम्मानपत्रसहित ढाका टोपी र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
    समाज
    5     समाज संवाददाता
  • बजेटको सिलिङप्रति वडा अध्यक्षहरु असन्तुष्ट

    हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७५/०७६ को लागि वडाहरुमा १६ करोड ७५ लाख बराबरको सिलिङ तोकेर पठाएको छ । उपमहानगरपालिकाले १९ वटा वडामा आगामी आर्थिक वर्षको लागि ७० लाखदेखि १ करोड रुपैयाँसम्मको सिलिङ तोकेर पठाएको छ । वडाले सोहि बजेटको सिलिङ भित्र रहेर योजना तथा कार्यक्रमहरु सम्पन्न गर्नुपर्ने हुन्छ ।
    स्थानीय तह
    30     समाज संवाददाता
  • सम्पादकीय, समुदायकै सक्रियतामा पुस्तकालय

    १७, भदौ समय जत्ति नै आधुनिक बन्दै गए पनि ज्ञानको अभावमा समाज आधुनिक बन्नै सक्दैन । ज्ञान आर्जन गर्नु भनेको व्यक्तिले आफ्नो व्यक्तित्व विकासको आधार तयार पार्नु हो । हरेक व्यक्ति सफल र सक्षम बन्न चाहन्छ तर, तयारी के गर्छ त भनेर हेर्ने हो भने तयारी गर्ने विषय केही पनि छैन । सक्षम र सफल व्यक्ति बन्नका लागि शिक्षा अनिवार्य छ ।
    विचार
    99    
  • विद्यालयमा बाध्य बनाइँदै क्रिसमस

    समाज संवाददाता हेटौंडाः भोलि सोमबार क्रिसमस मनाइँदैछ । नेपालमा पनि क्रिस्चियन धर्मावलम्बीहरुको संख्या उल्लेख्य वृद्धि भइरहेको छ । वर्षकै महत्वपूर्ण पर्वको रुपमा मनाइने क्रिसमस क्रिस्चियन समुदायले विशेष धार्मिक आस्थाका आधारमा मनाउने गरेका छन् । तर, मकवानपुरका केही निजि विद्यालयले क्रिस्चियन समुदायको धार्मिक पर्वलाई बाध्य बनाउने प्रयास गरिरहेको छ । विद्यार्थीलाई व्यवहारिक शिक्षा दिने नाममा धर्मको गैरकानुनी रुपमा धर्म प्रचार, धार्मिक अभ्यास गराउने प्रयास भइरहेको छ ।
    समाज
    984    
  • गाँजासहित २ जना पक्राउ

    हेटौंडा, ११ मंसिरः मकवानपुरका प्रहरी टोलिले ४० किलोग्राम लागुऔषध गाँजासहित कैलाश गाउँपालिकामा २ जनालाई शनिबार पक्राउ गरेको छ । प्रहरी चौकी डाँडाखर्कबाट खटिएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा कैलाश गाउँपालिका–६, ठुलोबेसीमा स्थानीयबासी ५१ वर्षीय बच्चुराम रिजाल र १८ वर्षीय रुपक बराललाई गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
    अपराध
    98     समाज संवाददाता
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top