+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
समाज

१७९ कर्मचारी स्वेच्छिक अवकाश लिँदै



समाज   157 पटक पढिएको   बिवश अधिकारी     
हेटौंडा, २२ फागुनः स्वेच्छिक अवकाशका लागि १ सय ७९ जना सरकारी कर्मचारीले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा आवेदन दिएका छन् । संघीयताको कार्यान्वयनसँगै सरकारी कर्मचारी व्यवस्थापनको लागि सामान्य प्रशासन मन्त्रालयले समायोजनामा जान नचाहने कर्मचारीलाई स्वेच्छिक अवकाशका लागि खुलाएको ४५ दिने सूचनामा मकवानपुरका १ सय ७९ जनाले आवेदन दिएका हुन् ।



 स्थानीय तह, प्रदेश र संघको समायोजनमा जान नचाहने कर्मचारीलाई अवकास लिन सरकारले दिएको समय आईतबारसम्ममा १ सय ७९ जनाले निवेदन दिएको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी विनोद खड्काले जानकारी दिनुभयो ।

नेपाल सरकारले स्वेच्छिक अवकाश रोज्न चाहनेहरुका लागि गत पुस २८ गते नेपाल राजपत्रमा ४५ दिने सूचना जारी गरेको थियो । सोहि अनुसार विभिन्न कार्यालयहरुले आवेदन संकलन गरेर जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बुझाएका आवेदनहरु सोमबार निजामति किताब खानालाई बुझाईएको सहायक प्रमुख जिल्ला अधिकारी खड्काले जानकारी दिनुभएको छ । आवेदन दिनेमा उपसचिवदेखि कार्यालय सहायकसम्मका कर्मचारी रहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार आवेदन दिनेहरुमा राजपत्रांकित द्वितीय श्रेणीका ४ जना रहेका छन् । जस मध्ये ३ जना शिक्षाका रहेका छन् भने, एकजना बोटनी रहेको छ । 

त्यस्तै आवेदन दिनेमा राजपत्रांकित तृतीय श्रेणीका ३३ जना कर्मचारी रहेका छन् । जसमा १९ जना प्राविधिक कर्मचारी रहेका छन् भने ५ जना लेखा र ९ जना प्रशासन सेवाका कर्मचारी रहेका छन् । खड्काका अनुसार अवकाशका लागि आवेदन दिनेहरुमा राजपत्र अनड्ढित प्रथम श्रेणीका ५२ जना रहेका छन् । जसमा प्रविधिक ३५ जना, लेखाका ४ जना र प्रशासनका १३ जना रहेका छन् । त्यस्तै अवकासका लागि आवेदन दिनेहरुमा राजपत्र अनड्ढित द्वितीय श्रेणीका २४ जना रहेका छन् । जसमा प्राविधिक १६ जना, लेखा १ जना र प्रशासनका ७ जना रहेका छन् भने राजपत्राङ्कित तृतीय श्रेणीका १ जना रहेका छन् । त्यस्तै श्रेणीविहिन कार्यालय सहयोगी, हुलाकी, हल्कारा तथा हलका सवारीचालक ६२ कर्मचारीले स्वेच्छिक अवकाशका लागि आवेदन दिएको सहायक प्रमुख जिल्ला अधिकारी खड्काले जानकारी दिनुभयो ।

नेपाल सरकारले स्वेच्छिक अवकाशका लागि ५० वर्ष उमेर पुगेका कर्मचारीहरुले आफ्नो कागजात रुजू गराएपछि आवेदन दिनसक्ने व्यवस्था मिलाएको थियो । ५० वर्ष उमेर पुगेका र पेन्सन पाउने मापदण्ड पुगेका कर्मचारीले स्वेच्छिक अवकाशको सरकारी योजनामा समावेश हुन पाउने व्यवस्था मिलाइएको थियो । निजामती मात्र नभई स्वास्थ्य सेवा तथा संसद सेवामा कार्यरत कर्मचारीलाई समेत स्वेच्छिक अवकाश लिन पाउने व्यवस्था गरी ४५ दिने सुचना राजपत्रमा प्रकाशन गरेको थियो । सरकारी अवकाश योजनामा सामेल भएर अवकाश पाउने कर्मचारीले ७ वर्षको तलब बराबर एकमुष्ट रकम पाउने छन् । स्वेच्छिक अवकाशको योजनामा सामेल हुन आवेदन दिएका कर्मचारीले आवेदन फिर्ता लिन नपाउने व्यवस्था रहेकाले प्रक्रिया पूरा भएकाहरुको स्वतः स्वीकृत हुने व्यवस्था गरिएको खड्काले जानकारी दिनुभएको छ ।








सम्बन्धित शिर्षक समाचारहरु
  • योजना, बजेट र नागरिक सहभागिता

    केन्द्रिय र प्रदेश सरकारले नीति तथा कार्यक्रम र त्यसका लागि बजेट सार्वजनिक गरेका छन् । कतिपय प्रदेशमा त बजेट नै पारित भइसकेको छ । ३ नम्बर प्रदेशले पनि संसदमा पेश गरेको नीति तथा कार्यक्रम पारित भई अहिले बजेट माथिको छलफल भईरहेको छ । तर सरकारले पेश गर्ने योजना र बजेट विवादरहित हुन सेकेका छैनन् ।
    सम्पादकीय
    10     सम्पादकीय
  • उपमहानगरको शैक्षिक क्यालेण्डर तयार

    हेटौंडा, ८ असारः हेटौंडा उपमहानगरपालिकाको सामाजिक विकास महाशाखाअन्तर्गत शिक्षा शाखाले वार्षिक शैक्षिक क्यालेन्डर तयार पारेको छ । वार्षिक क्यालेन्डरमा परीक्षा मिति, परीक्षाको समीक्षा, अतिरिक्त क्रियाकलाप, प्रधानाध्यापकहरुको बैठक, अभिभावकबीच अन्तरक्रियाका कार्यक्रम तय गरेको छ ।
    शिक्षा
    6     सुनिता लोप्चन
  • फाइनलमा भुटनदेवी र आग्रा

    हेटौंडा, ८ असारः भुटनदेवी युवा क्लबको आयोजनामा जारी जुनियर भुटनदेवी सेभेन ए साईड फुटबल प्रतियोगिताको फाइनलमा आयोजक भुटनदेवी युवा क्लब ‘ए’ र आग्रा स्पोर्ट्स क्लब पुगेको छ ।
    खेलकुद
    11     समाज संवाददाता
  • जिल्लास्तरीय भलिबल आजबाट

    समाज संवाददाता हेटौंडा\६ असोज: केशवलाल श्रेष्ठ स्मृति जिल्ला स्तरीय भलिबलको दोश्रो संस्करण आजबाट हटियामा सुरु हुँदैछ । हटिया स्पोर्टस एकेडेमीको आयोजनामा हुने प्रतियोगिता ८ गतेसम्म सञ्चालन हुनेछ ।
    खेलकुद
    99    
  • मतदाताका लागि सुवर्ण अवसर

    सुरेन्द्र विष्ट सम्पूर्ण नगरबासीहरुमा नयाँ वर्ष २०७४ को शुभकामना । यो नयाँ वर्षले नेपालीहरुको काँधमा ठूलो जिम्मेवारीका साथ नयाँ वर्ष सुरु भएको छ । अब हामीले हाम्रो वडा, नगर र गाउँ कस्तो बनाउने भन्ने नयाँ वर्षले हाम्रो थकित काँधमा ठूलो भारी बोकाएको छ । अब हामीले हाम्रो पार्टी, हाम्रो मान्छे नभनिकन राम्रो पार्टी, राम्रो मान्छे खोज्नु पर्ने बेला भएको छ । किनभने हामीले प्रजातन्त्र प्राप्त पछि झण्डै तीस वर्ष हाम्रो मतदानबाट धेरै ठूला पार्टी भए, धेरै माननीय मन्त्री भए तर देशको अवस्था झन् बिग्रँदो र भ्रष्टाचारले व्याप्त भएको छ । हाम्रो जनशक्ति विदेश पलायन हुन बाध्य भएको छ । हाम्रो देशको युवायुवती खाडी मुलुकमा नोकर भएर बस्नु परेको छ । अझै दुख लाग्दो त दिनै पिच्छे २/३ जनाको लास आउने गरेको छ । हाम्रा कति चेली बलात्कारको शिकार भएका छन् ।
    विचार
    99    
  • विद्यालयमा बाध्य बनाइँदै क्रिसमस

    समाज संवाददाता हेटौंडाः भोलि सोमबार क्रिसमस मनाइँदैछ । नेपालमा पनि क्रिस्चियन धर्मावलम्बीहरुको संख्या उल्लेख्य वृद्धि भइरहेको छ । वर्षकै महत्वपूर्ण पर्वको रुपमा मनाइने क्रिसमस क्रिस्चियन समुदायले विशेष धार्मिक आस्थाका आधारमा मनाउने गरेका छन् । तर, मकवानपुरका केही निजि विद्यालयले क्रिस्चियन समुदायको धार्मिक पर्वलाई बाध्य बनाउने प्रयास गरिरहेको छ । विद्यार्थीलाई व्यवहारिक शिक्षा दिने नाममा धर्मको गैरकानुनी रुपमा धर्म प्रचार, धार्मिक अभ्यास गराउने प्रयास भइरहेको छ ।
    समाज
    989    
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top