+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
समाज

नारी दिवसको अवसरमा प्रभातफेरी



समाज   3 पटक पढिएको   समाज संवाददाता     
हेटौंडा, २५ फागुनः १०८औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा हेटौंडामा विभिन्न कार्यक्रम भएका छन् । दिवसको अवसरमा मानव अधिकार संरक्षण तथा मानव वेचविखन विरुद्धको सञ्जाल तथा महिला तथा बालबालिका कार्यालय मकवानपुरको संयुक्त आयोजनामा हेटौंडामा प्रभातफेरी तथा विविध कार्यक्रम भएको छ ।

नारी दिवसको अवसरमा प्रभातफेरी


हेटौंडा बजारमा प्रभावतफेरीसहित आयोजित कार्यक्रममा मानव अधिकार संरक्षण तथा मानव वेचविखन विरुद्धको सञ्जालमा आवद्ध २९ वटा संस्थाको सहभागिता रहेको थियो । नारी दिवसको अवसरमा महिला अधिकार तथा महिलाको अवस्थाको बारेमा कविता वाचन समेत भएको थियो । महिला तथा बालबालिका कार्यालय मकवानपुरकी कार्यालय प्रमुख विष्णु कुमारी लामिछानेको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्यहरु जुनेली श्रेष्ठ र मुनु सिग्देलले औपचारिक कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै ३ नम्बर प्रदेश सदस्य मुनु सिग्देलले महिलाहरुले लामो संघर्ष गरेर अधिकार पाउन सफल भए तापनि अझै धेरै महिलाहरु समस्यामा रहेको बताउनुभएको थियो । त्यस्तै ३ नम्बर प्रदेश सदस्य जुनेली श्रेष्ठले अब महिलाहरु राजनीतिमा पनि उत्तिकै पहुँच राख्न सक्ने भएकाले अब महिलाहरुले आफ्नो पहँुच निर्माण मात्रै नभएर अधिकारको प्रयोग पनि गर्न पर्ने बताउनुभएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा, जिल्ला समन्वय समिति मकवानपुरी उपप्रमुख भगवती पुडासैनी तथा महिला अधिकारको क्षेत्रमा क्रियाशील संस्थाका प्रतिनिधिहरुले महिला अधिकारको बारेमा मन्तव्य व्यक्त गरेका थिए । नारी दिवसको अवसरमा साहसी महिलाको रुपमा ७३ वर्षीया धनमाया घलानलाई नगद ५ हजार सहयोग गरिएको थियो । श्रीमान र छोराको मृत्युपछि बुहारीले समेत छाडेर गए पनि धनमायाले २ नाति र १ नातिनीलाई पाल्दै आउनुभएको छ । त्यस्तै विभिन्न क्षेत्रमा सक्रिय भएका महिलाहरुलाई प्रशंसा पत्र समेत प्रदान गरिएको थियो ।








सम्बन्धित शिर्षक समाचारहरु
  • योजना, बजेट र नागरिक सहभागिता

    केन्द्रिय र प्रदेश सरकारले नीति तथा कार्यक्रम र त्यसका लागि बजेट सार्वजनिक गरेका छन् । कतिपय प्रदेशमा त बजेट नै पारित भइसकेको छ । ३ नम्बर प्रदेशले पनि संसदमा पेश गरेको नीति तथा कार्यक्रम पारित भई अहिले बजेट माथिको छलफल भईरहेको छ । तर सरकारले पेश गर्ने योजना र बजेट विवादरहित हुन सेकेका छैनन् ।
    सम्पादकीय
    10     सम्पादकीय
  • उपमहानगरको शैक्षिक क्यालेण्डर तयार

    हेटौंडा, ८ असारः हेटौंडा उपमहानगरपालिकाको सामाजिक विकास महाशाखाअन्तर्गत शिक्षा शाखाले वार्षिक शैक्षिक क्यालेन्डर तयार पारेको छ । वार्षिक क्यालेन्डरमा परीक्षा मिति, परीक्षाको समीक्षा, अतिरिक्त क्रियाकलाप, प्रधानाध्यापकहरुको बैठक, अभिभावकबीच अन्तरक्रियाका कार्यक्रम तय गरेको छ ।
    शिक्षा
    6     सुनिता लोप्चन
  • फाइनलमा भुटनदेवी र आग्रा

    हेटौंडा, ८ असारः भुटनदेवी युवा क्लबको आयोजनामा जारी जुनियर भुटनदेवी सेभेन ए साईड फुटबल प्रतियोगिताको फाइनलमा आयोजक भुटनदेवी युवा क्लब ‘ए’ र आग्रा स्पोर्ट्स क्लब पुगेको छ ।
    खेलकुद
    11     समाज संवाददाता
  • जिल्लास्तरीय भलिबल आजबाट

    समाज संवाददाता हेटौंडा\६ असोज: केशवलाल श्रेष्ठ स्मृति जिल्ला स्तरीय भलिबलको दोश्रो संस्करण आजबाट हटियामा सुरु हुँदैछ । हटिया स्पोर्टस एकेडेमीको आयोजनामा हुने प्रतियोगिता ८ गतेसम्म सञ्चालन हुनेछ ।
    खेलकुद
    99    
  • मतदाताका लागि सुवर्ण अवसर

    सुरेन्द्र विष्ट सम्पूर्ण नगरबासीहरुमा नयाँ वर्ष २०७४ को शुभकामना । यो नयाँ वर्षले नेपालीहरुको काँधमा ठूलो जिम्मेवारीका साथ नयाँ वर्ष सुरु भएको छ । अब हामीले हाम्रो वडा, नगर र गाउँ कस्तो बनाउने भन्ने नयाँ वर्षले हाम्रो थकित काँधमा ठूलो भारी बोकाएको छ । अब हामीले हाम्रो पार्टी, हाम्रो मान्छे नभनिकन राम्रो पार्टी, राम्रो मान्छे खोज्नु पर्ने बेला भएको छ । किनभने हामीले प्रजातन्त्र प्राप्त पछि झण्डै तीस वर्ष हाम्रो मतदानबाट धेरै ठूला पार्टी भए, धेरै माननीय मन्त्री भए तर देशको अवस्था झन् बिग्रँदो र भ्रष्टाचारले व्याप्त भएको छ । हाम्रो जनशक्ति विदेश पलायन हुन बाध्य भएको छ । हाम्रो देशको युवायुवती खाडी मुलुकमा नोकर भएर बस्नु परेको छ । अझै दुख लाग्दो त दिनै पिच्छे २/३ जनाको लास आउने गरेको छ । हाम्रा कति चेली बलात्कारको शिकार भएका छन् ।
    विचार
    99    
  • विद्यालयमा बाध्य बनाइँदै क्रिसमस

    समाज संवाददाता हेटौंडाः भोलि सोमबार क्रिसमस मनाइँदैछ । नेपालमा पनि क्रिस्चियन धर्मावलम्बीहरुको संख्या उल्लेख्य वृद्धि भइरहेको छ । वर्षकै महत्वपूर्ण पर्वको रुपमा मनाइने क्रिसमस क्रिस्चियन समुदायले विशेष धार्मिक आस्थाका आधारमा मनाउने गरेका छन् । तर, मकवानपुरका केही निजि विद्यालयले क्रिस्चियन समुदायको धार्मिक पर्वलाई बाध्य बनाउने प्रयास गरिरहेको छ । विद्यार्थीलाई व्यवहारिक शिक्षा दिने नाममा धर्मको गैरकानुनी रुपमा धर्म प्रचार, धार्मिक अभ्यास गराउने प्रयास भइरहेको छ ।
    समाज
    989    
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top