+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
स्थानीय तह

स्थानीय तहका न्यायिक समितिलाई तालिम/ समाज बुझेर विवेक प्रयोग गर्नुस्ः पूर्वन्यायाधीश



स्थानीय तह   52 पटक पढिएको   समाज संवाददाता     
हेटौंडा, २५ फागुनः जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा मकवानपुरका १० वटै स्थानीय तहका न्यायिक समिति पदाधिकारीलाई न्याय सम्पादन सम्बन्धी तीनदिने तालिम सञ्चालन गरेको छ । बिहिबार सुरु भएको तालिमको उद्घाटनको अवसरमा सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारीले न्यायिक समितिमा रहने पदाधिकारीले समाजलाई बुझेर विवेक प्रयोग गरे न्याय सम्पादन प्रभावकारी हुने बताउनुभएको छ । उहाँले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले समाज बुझ्न सके न्याय सम्पादन सरल र प्रभावकारी हुने अपेक्षा समेत गर्नुभयो ।



नयाँ संविधानले मुलुकको तीन तहको परिकल्पना गरेअनुसार निर्वाचन मार्फत जनप्रतिनिधि चयन भइसकेको उल्लेख गर्नुहुँदै पूर्वन्यायाधीश भण्डारीले भन्नुभयो, ‘स्थानीय तहमा निर्वाचितहरुले समाजलाई बुझेका हुन्छन् । विवादका पक्षहरुले स्थानीय तहका प्रतिनिधिलाई झुक्याउन सक्दैनन् । जसले प्रभावकारी न्याय प्रदान गर्न सक्नेछ ।’ यस्तै पुनरावेदन अदालतका पूर्वन्यायाधीश शंकरबहादुर खड्काले न्यायपालिकीय, व्यवस्थापकीय र कार्यपालिकीय अधिकार स्थानीय तहसम्म विस्तार भएको र यसलाई सफल र प्रभावकारी बनाउनु सबैको जिम्मेवारीको विषय भएको बताउनुभयो । पूर्व न्यायाधीश मञ्चका महासचिव समेत रहनुभएका खड्काले तल्लो तहको सफलता बिना संघीय व्यवस्था सफल हुन नसक्ने स्पष्ट पार्नुभयो ।

नेपालको संघीय व्यवस्थामा न्यायिक समिति चुनौतिपूर्ण रहेको उल्लेख गर्नुहुँदै पूर्वन्यायाधीश खड्काले भन्नुभयो, ‘न्यायिक समितिका पदाधिकारीले कानुन नजाने पनि निश्पक्षता कायम गर्न सके विश्वसनीय न्याय सम्पादन हुनु सक्छ । निर्वाचनमा कुनै राजनीतिक दलको नाममा निर्वाचित भए पनि न्याय सम्पादनको चरणमा धर्मराज भएर सोच्नु जरुरी छ ।’ तालिमको उद्घाटन गर्नुहुँदै ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय तहका हकअधिकारको सदुपयोग नभए संघीयता खोसिन सक्ने चिन्ता व्यक्त गर्नुभयो । मुख्य मन्त्री पौडेलले नेपालमा अझै पनि कर्मचारीतन्त्रले काम गर्न नदिने उल्लेख गर्नुभयो । न्याय सम्पादन विश्वसनीय भयो भने जनविश्वास र संस्थाकै गरिमा बढ्ने सुझाव दिनुहुँदै स्थानीय तह नजिकको सरकार भएकोले जनताले विश्वास गर्ने गरी न्याय सम्पादन गर्नुपर्ने मुख्यमन्त्री पौडेलको भनाई थियो । 

‘को रिसाउँछ, को रिसाउँदैन भन्दा पनि के ठीक, के बेठीक भन्ने हेर्नुस्’, तालिममा सहभागी स्थानीय तहका न्यायिक समितिका पदाधिकारीलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले भन्नुभयो, ‘स्थानीय तहको न्यायिक समितिले गर्ने फैसला सर्वोच्च अदालतको फैसलाभन्दा यर्थाथ फैसला हुनेछ ।’ मुलुकमा तीन तह भए पनि काम गर्ने मुख्य तह भने स्थानीय तह नै भएको भन्दै जिम्मेवारीलाई ईमानदारिताका साथ पूरा गरे समृद्धि सम्भव भएको मुख्यमन्त्री पौडेलले स्पष्ट पार्नुभयो ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढाले जनप्रतिनिधिबाटै न्याय सम्पादन हुँदा सर्वसाधारणले सहजता महसुस गर्ने र जनप्रतिनिधिले पनि धेरै जानेर बुझेर न्याय दिन सक्ने विश्वास व्यक्त गर्नुभयो । पुनरावेदन बार एसोसिएसन मकवानपुरका पूर्वअध्यक्ष अधिवक्ता मुकुन्द अधिकारीले अहिले १० प्रतिशत नागरिक मात्रै न्यायको पहूँचमा रहेको र न्याय सम्पादन पनि ढिलो भइरहेको अवस्थामा देशका ७ सय ५३ वटै स्थानीय तहबाट न्याय सम्पादन हुँदा न्यायको क्षेत्र विस्तार हुने आशा व्यक्त गर्नुभयो । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले तालिममा सहभागीलाई सक्रिय रुपमा सहभागी हुन आग्रह गर्नुभयो । तालिममा मकवानपुरका १० वटै स्थानीय तहका न्यायिक समितिका संयोजक, सदस्य, न्यायिक समिति सचिवालयका कर्मचारीको सहभागिता रहेको छ ।








सम्बन्धित शिर्षक समाचारहरु
  • योजना, बजेट र नागरिक सहभागिता

    केन्द्रिय र प्रदेश सरकारले नीति तथा कार्यक्रम र त्यसका लागि बजेट सार्वजनिक गरेका छन् । कतिपय प्रदेशमा त बजेट नै पारित भइसकेको छ । ३ नम्बर प्रदेशले पनि संसदमा पेश गरेको नीति तथा कार्यक्रम पारित भई अहिले बजेट माथिको छलफल भईरहेको छ । तर सरकारले पेश गर्ने योजना र बजेट विवादरहित हुन सेकेका छैनन् ।
    सम्पादकीय
    10     सम्पादकीय
  • उपमहानगरको शैक्षिक क्यालेण्डर तयार

    हेटौंडा, ८ असारः हेटौंडा उपमहानगरपालिकाको सामाजिक विकास महाशाखाअन्तर्गत शिक्षा शाखाले वार्षिक शैक्षिक क्यालेन्डर तयार पारेको छ । वार्षिक क्यालेन्डरमा परीक्षा मिति, परीक्षाको समीक्षा, अतिरिक्त क्रियाकलाप, प्रधानाध्यापकहरुको बैठक, अभिभावकबीच अन्तरक्रियाका कार्यक्रम तय गरेको छ ।
    शिक्षा
    6     सुनिता लोप्चन
  • फाइनलमा भुटनदेवी र आग्रा

    हेटौंडा, ८ असारः भुटनदेवी युवा क्लबको आयोजनामा जारी जुनियर भुटनदेवी सेभेन ए साईड फुटबल प्रतियोगिताको फाइनलमा आयोजक भुटनदेवी युवा क्लब ‘ए’ र आग्रा स्पोर्ट्स क्लब पुगेको छ ।
    खेलकुद
    11     समाज संवाददाता
  • जिल्लास्तरीय भलिबल आजबाट

    समाज संवाददाता हेटौंडा\६ असोज: केशवलाल श्रेष्ठ स्मृति जिल्ला स्तरीय भलिबलको दोश्रो संस्करण आजबाट हटियामा सुरु हुँदैछ । हटिया स्पोर्टस एकेडेमीको आयोजनामा हुने प्रतियोगिता ८ गतेसम्म सञ्चालन हुनेछ ।
    खेलकुद
    99    
  • मतदाताका लागि सुवर्ण अवसर

    सुरेन्द्र विष्ट सम्पूर्ण नगरबासीहरुमा नयाँ वर्ष २०७४ को शुभकामना । यो नयाँ वर्षले नेपालीहरुको काँधमा ठूलो जिम्मेवारीका साथ नयाँ वर्ष सुरु भएको छ । अब हामीले हाम्रो वडा, नगर र गाउँ कस्तो बनाउने भन्ने नयाँ वर्षले हाम्रो थकित काँधमा ठूलो भारी बोकाएको छ । अब हामीले हाम्रो पार्टी, हाम्रो मान्छे नभनिकन राम्रो पार्टी, राम्रो मान्छे खोज्नु पर्ने बेला भएको छ । किनभने हामीले प्रजातन्त्र प्राप्त पछि झण्डै तीस वर्ष हाम्रो मतदानबाट धेरै ठूला पार्टी भए, धेरै माननीय मन्त्री भए तर देशको अवस्था झन् बिग्रँदो र भ्रष्टाचारले व्याप्त भएको छ । हाम्रो जनशक्ति विदेश पलायन हुन बाध्य भएको छ । हाम्रो देशको युवायुवती खाडी मुलुकमा नोकर भएर बस्नु परेको छ । अझै दुख लाग्दो त दिनै पिच्छे २/३ जनाको लास आउने गरेको छ । हाम्रा कति चेली बलात्कारको शिकार भएका छन् ।
    विचार
    99    
  • विद्यालयमा बाध्य बनाइँदै क्रिसमस

    समाज संवाददाता हेटौंडाः भोलि सोमबार क्रिसमस मनाइँदैछ । नेपालमा पनि क्रिस्चियन धर्मावलम्बीहरुको संख्या उल्लेख्य वृद्धि भइरहेको छ । वर्षकै महत्वपूर्ण पर्वको रुपमा मनाइने क्रिसमस क्रिस्चियन समुदायले विशेष धार्मिक आस्थाका आधारमा मनाउने गरेका छन् । तर, मकवानपुरका केही निजि विद्यालयले क्रिस्चियन समुदायको धार्मिक पर्वलाई बाध्य बनाउने प्रयास गरिरहेको छ । विद्यार्थीलाई व्यवहारिक शिक्षा दिने नाममा धर्मको गैरकानुनी रुपमा धर्म प्रचार, धार्मिक अभ्यास गराउने प्रयास भइरहेको छ ।
    समाज
    989    
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top