+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
राजनीति

नजिकै न्यायको अवसरः प्रमुखसचिव पाण्डे



राजनीति   56 पटक पढिएको   बिवश अधिकारी     
हेटौंडा, २७ फागुनः प्रदेश नम्बर ३ का प्रमुख सचिव रेश्मी राज पाण्डेले जनताले टाढा गएर न्याय पाउनु भनेको न्याय नपाउनु सरह भएको बताउनुभएको छ । जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा मकवानपुरका स्थानीय तहका न्यायिक समितिका संयोजक, पदाधिकारी तथा न्यायिक सचिवालयका कर्मचारीका लागि आयोजना गरेको न्याय सम्पादन सम्बन्धी ३ दिने तालिमको समापन कार्यक्रममा उहाँले सिंहदरबारको अधिकार स्थानीय तहमा आएको बताउँदै जनताले प्रत्यक्ष अनुभुति गर्ने गरी सहज र सरल तरिकाले न्याय सम्पादन हुनु पर्ने बताउनु भयो ।



सरल र सहज न्यायका लागि स्थानीय तहका नगरपालिका तथा गाउँपालिकाहरुले जनताले वडा स्तरमा नै उजुरी दिन सक्ने वातावरण बनाउनु पर्ने बताउनुभयो । कानुनी प्रक्रियामा कागजी द्वन्द्व मिले पनि व्यवहारिक द्वन्द्व रहिरहने बताउँदै उहाँले स्थानीय तहले न्याय सम्पादन गर्दा व्यवहारिक पक्षबाट समाजलाई बुझेर न्याय सम्पादन गर्नु पर्ने बताउनुभयो । न्याय सम्पादन गर्दा कसैको आग्रह, पूर्वाग्रहमा नपरी न्याय सम्पादन गर्नुपर्ने भएकाले केहि कठोर निर्णय लिन सक्ने हुनुपर्ने उहाँको भनाई रहेको थियो । संविधानको अधिकार तथा स्थानीय तह संचालन ऐनमा भएका व्यवस्था अनुसार नै चल्न आग्रह गर्दै उहाँले न्याय सम्पादनलाई अवसरको रुपमा लिएर काम गर्न स्थानीय तहका प्रतिनिधिहरुलाई सुझाव समेत दिनुभयो ।

कार्यक्रममा सहभागिका तर्फबाट बोल्दै हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना लामाले स्थानीय तहमा निर्वाचित भएको १० महिनासम्म अलमलमा रहेको र यो तालिमले धेरै कुरा सिक्ने अवसर प्रदान गरेको बताउनुभयो । उहाँले संविधानमा प्राप्त अधिकार कसरी प्रयोग गर्ने भन्ने बारे जानकारी प्राप्त भएको र तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्ने बताउनुभयो । थाहा नगरपालिकाका उपमेयर खड्ग गोपालीले तालिम उपलब्धिमुलक भएको बताउनुभयो । उनीहरुलाई सर्वाेच्च अदालतका पुर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारी, पुनरावेदन अदालतका पुर्व न्यायाधीशहरु अलि अकवर मिकरानी, एकराज आचार्य र शम्भु बहादुर खड्काले सहजीकरण गर्नुभएको थियो । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा समापन कार्यक्रम भएको हो ।








सम्बन्धित शिर्षक समाचारहरु
  • मुख्यमन्त्री कार्यालयको वेबसाईट सञ्चालनमा

    हेटौंडाः ३ नम्बर प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यलयले बिहिबारबाट आधिकारिक वेबसाईट सञ्चालनमा ल्याएको छ । बिहिबार एक कार्यक्रमको आयोजना गरी प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले वेबसाईटको शुभारम्भ गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको वेबसाइट ocmcm.p3.gov.np रहेको छ ।
    राजनीति
    5     समाज संवाददाता
  • अन्तरजातीय ११ जोडी सम्मानित

    हेटौंडाः अन्तरजातीय विवाह गर्ने हेटौंडाका ११ जोडीलाई बिहिबार सम्मान गरिएको छ । समाजमा रहेकोे कुरीति विरुद्ध सशक्त कदम चालेको भन्दै अन्तरजातीय जोडीलाई सम्मान गरिएको हो । उपेक्षित सामुदायिक विकास मञ्चको आयोजना तथा हेटांैडा उपमहानगरपालिकाको सहयोगमा सम्मानपत्रसहित ढाका टोपी र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
    समाज
    5     समाज संवाददाता
  • बजेटको सिलिङप्रति वडा अध्यक्षहरु असन्तुष्ट

    हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७५/०७६ को लागि वडाहरुमा १६ करोड ७५ लाख बराबरको सिलिङ तोकेर पठाएको छ । उपमहानगरपालिकाले १९ वटा वडामा आगामी आर्थिक वर्षको लागि ७० लाखदेखि १ करोड रुपैयाँसम्मको सिलिङ तोकेर पठाएको छ । वडाले सोहि बजेटको सिलिङ भित्र रहेर योजना तथा कार्यक्रमहरु सम्पन्न गर्नुपर्ने हुन्छ ।
    स्थानीय तह
    30     समाज संवाददाता
  • सम्पादकीय, समुदायकै सक्रियतामा पुस्तकालय

    १७, भदौ समय जत्ति नै आधुनिक बन्दै गए पनि ज्ञानको अभावमा समाज आधुनिक बन्नै सक्दैन । ज्ञान आर्जन गर्नु भनेको व्यक्तिले आफ्नो व्यक्तित्व विकासको आधार तयार पार्नु हो । हरेक व्यक्ति सफल र सक्षम बन्न चाहन्छ तर, तयारी के गर्छ त भनेर हेर्ने हो भने तयारी गर्ने विषय केही पनि छैन । सक्षम र सफल व्यक्ति बन्नका लागि शिक्षा अनिवार्य छ ।
    विचार
    99    
  • विद्यालयमा बाध्य बनाइँदै क्रिसमस

    समाज संवाददाता हेटौंडाः भोलि सोमबार क्रिसमस मनाइँदैछ । नेपालमा पनि क्रिस्चियन धर्मावलम्बीहरुको संख्या उल्लेख्य वृद्धि भइरहेको छ । वर्षकै महत्वपूर्ण पर्वको रुपमा मनाइने क्रिसमस क्रिस्चियन समुदायले विशेष धार्मिक आस्थाका आधारमा मनाउने गरेका छन् । तर, मकवानपुरका केही निजि विद्यालयले क्रिस्चियन समुदायको धार्मिक पर्वलाई बाध्य बनाउने प्रयास गरिरहेको छ । विद्यार्थीलाई व्यवहारिक शिक्षा दिने नाममा धर्मको गैरकानुनी रुपमा धर्म प्रचार, धार्मिक अभ्यास गराउने प्रयास भइरहेको छ ।
    समाज
    984    
  • गाँजासहित २ जना पक्राउ

    हेटौंडा, ११ मंसिरः मकवानपुरका प्रहरी टोलिले ४० किलोग्राम लागुऔषध गाँजासहित कैलाश गाउँपालिकामा २ जनालाई शनिबार पक्राउ गरेको छ । प्रहरी चौकी डाँडाखर्कबाट खटिएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा कैलाश गाउँपालिका–६, ठुलोबेसीमा स्थानीयबासी ५१ वर्षीय बच्चुराम रिजाल र १८ वर्षीय रुपक बराललाई गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
    अपराध
    98     समाज संवाददाता
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top