+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
सम्पादकीय

बालविवाह र शिक्षा



सम्पादकीय   87 पटक पढिएको   सम्पादकीय     
मकवानपुर जिल्लामा सन् २०१७ मा हुन लागेका ८ वटा बालविवाह रोकिएका छन् । सिविन बालहेल्पलाईनको सक्रियतामा ११ वटा मध्ये ८ वटा बालविवाह रोकिएका हुन् । तर तीन वटा बालविवाह भएका छन् । २० वर्ष भन्दा कम उमेरका केटाकेटीको विवाहलाई बालविवाह मानिन्छ । विवाह हुन लागेका बालिकाहरुको उद्दारपछि अहिले नियमित अध्ययनमा छन् ।



विद्यालय तहको पढाई नै छुटाएर विवाह गराउने परम्पराको अन्त्य हुन अझै सकेको छैन । बालविवाह समाजका लागि एउटा कलंक नै हो । बालविवाह विशेषगरी महिला हिंसाको अर्को रुप हो । संविधान, ऐन र कानूनले जे जस्तो व्यवस्था गरे पनि परम्परागत मान्यताले जबर्जस्त स्थान ओगटेको छ । बालविवाह न्यूनीकरणको लागि विभिन्न संघसंस्थाहरु लागेर रोकथाम गर्ने प्रयास गरेपनि पूर्ण सफल हुन सकेको छैन । लुकीछिपी हुने बालविवाह विशेषगरी पिछडिएको समुदाय, तराईका भित्री गाउँ वस्तीहरु र अन्धविश्वासी समाजमा आज पनि यथावत छ । अबका दिनमा बालविवाहका समस्यालाई दीर्घकालिन रुपमा न्यूनीकरण गर्न स्थानीय सरकार जवाफदेहि बन्नु पर्ने छ ।

आफ्नो व्यक्तित्व निर्माणको उमेरका किशोरीहरुको विवाह गर्ने चाहना वा परिवारको बाध्यताका विषयमा पनि अध्ययन हुन आवश्यक छ । कतिपय किशोरीहरु विद्यालय तहकै पढाई छाडेर आफुखशी विवाह गर्ने गरेका छन् । यस्तै छोरीलाई पढाउने खर्चले त विवाह नै गर्नु उपयुुक्त हुन्छ भन्ने अभिभावकको आर्थिक अवस्था र उसको चेतनास्तरको पनि विश्लेषण गर्न जरुरी छ । उनीहरुले किन यसो गरिरहेका छन् भन्ने विषयको अध्ययन र विश्लेषण नगरी दोषमात्र लगाउनु उपयुक्त हुँदैन । पठनपाठनका लागि चाहिने आर्थिक पक्ष, पारिवारिक अवस्था वा अभिभावकको शैक्षिक चेतनाले पनि बालविवाहलाई प्रोत्साहन गरेको हुन सक्छ । यदि यी कुराले बालविवाहका लागि बाध्यता भएको हो भने राज्य वा समाजको पनि जिम्मेवार भएर समस्या समाधानको प्रयास गर्नुपर्छ । आफ्नै समाजमा हुने यस्ता घटनाको जवाफ स्थानीय सरकारदेखि समाजका अगुवाहरुले पनि दिनुपर्ने हुन्छ । के उसले पढ्न पाउने अधिकारको संरक्षणको जिम्मेवारी कसैको पनि हुँदैन ?

बालविवाह हुने जानकारी पाएपछि सिविन बालहेल्पलाईने उद्दार गर्ने गरेको पाईन्छ । आफुखुशी भागी बालविवाहको तयारीमा रहेकाहरुलाई सिविनले उद्दारपछि मनोविमर्श गरी परिवारमा पुनस्र्थापना गर्ने गरेको छ । सानै उमेरमा विवाह गर्दा अध्ययनलाई निरन्तरता दिन नसक्ने, अपरिपक्क उमेरमा गरेको विवाह छिट्टै सम्बन्ध विच्छेदमा परिणत हुने र सानै उमेरमा बच्चा जन्माउँदा महिलाको स्वास्थ्यमा पर्ने  नकारात्मक असरका विषयमा उनीहरुलाई सचेत गराउनु आवश्यक छ । २० वर्ष भन्दा मुनीको उमेर समुह भनेको यौनका विषयमा जिज्ञासु हुने उमेर पनि हो । त्यसैले उनीहरु कसैको लहलहैमा विवाहका लागि राजी हुने गर्दछन् । यसको अन्त्यका लागि विद्यालय तहकै पाठ्यक्रममा यौन शिक्षाका विषयमा जानकारी हुनु आवश्यक छ । सबै कुरामा जानकारी दिने र हुने फाईदा र नोक्सानका बारेमा सचेत गराउन सकियो भने पक्कै कलिलो उमेरमै भागेर विवाह गर्ने अवस्थाको अन्त्य हुन सक्छ । बालविवाह कानूनी रुपमा अपराध हो भने सामाजिक रुपमा अव्यवहारीक पनि छ भन्ने कुरालाई अभिभावकदेखि बालबालिकासम्म अभियानकै रुपमा पु¥याउने दायित्व समाजका सबै वर्ग र समुदायको पनि हो ।








सम्बन्धित शिर्षक समाचारहरु
  • मुख्यमन्त्री कार्यालयको वेबसाईट सञ्चालनमा

    हेटौंडाः ३ नम्बर प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यलयले बिहिबारबाट आधिकारिक वेबसाईट सञ्चालनमा ल्याएको छ । बिहिबार एक कार्यक्रमको आयोजना गरी प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले वेबसाईटको शुभारम्भ गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको वेबसाइट ocmcm.p3.gov.np रहेको छ ।
    राजनीति
    5     समाज संवाददाता
  • अन्तरजातीय ११ जोडी सम्मानित

    हेटौंडाः अन्तरजातीय विवाह गर्ने हेटौंडाका ११ जोडीलाई बिहिबार सम्मान गरिएको छ । समाजमा रहेकोे कुरीति विरुद्ध सशक्त कदम चालेको भन्दै अन्तरजातीय जोडीलाई सम्मान गरिएको हो । उपेक्षित सामुदायिक विकास मञ्चको आयोजना तथा हेटांैडा उपमहानगरपालिकाको सहयोगमा सम्मानपत्रसहित ढाका टोपी र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
    समाज
    5     समाज संवाददाता
  • बजेटको सिलिङप्रति वडा अध्यक्षहरु असन्तुष्ट

    हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७५/०७६ को लागि वडाहरुमा १६ करोड ७५ लाख बराबरको सिलिङ तोकेर पठाएको छ । उपमहानगरपालिकाले १९ वटा वडामा आगामी आर्थिक वर्षको लागि ७० लाखदेखि १ करोड रुपैयाँसम्मको सिलिङ तोकेर पठाएको छ । वडाले सोहि बजेटको सिलिङ भित्र रहेर योजना तथा कार्यक्रमहरु सम्पन्न गर्नुपर्ने हुन्छ ।
    स्थानीय तह
    30     समाज संवाददाता
  • सम्पादकीय, समुदायकै सक्रियतामा पुस्तकालय

    १७, भदौ समय जत्ति नै आधुनिक बन्दै गए पनि ज्ञानको अभावमा समाज आधुनिक बन्नै सक्दैन । ज्ञान आर्जन गर्नु भनेको व्यक्तिले आफ्नो व्यक्तित्व विकासको आधार तयार पार्नु हो । हरेक व्यक्ति सफल र सक्षम बन्न चाहन्छ तर, तयारी के गर्छ त भनेर हेर्ने हो भने तयारी गर्ने विषय केही पनि छैन । सक्षम र सफल व्यक्ति बन्नका लागि शिक्षा अनिवार्य छ ।
    विचार
    99    
  • विद्यालयमा बाध्य बनाइँदै क्रिसमस

    समाज संवाददाता हेटौंडाः भोलि सोमबार क्रिसमस मनाइँदैछ । नेपालमा पनि क्रिस्चियन धर्मावलम्बीहरुको संख्या उल्लेख्य वृद्धि भइरहेको छ । वर्षकै महत्वपूर्ण पर्वको रुपमा मनाइने क्रिसमस क्रिस्चियन समुदायले विशेष धार्मिक आस्थाका आधारमा मनाउने गरेका छन् । तर, मकवानपुरका केही निजि विद्यालयले क्रिस्चियन समुदायको धार्मिक पर्वलाई बाध्य बनाउने प्रयास गरिरहेको छ । विद्यार्थीलाई व्यवहारिक शिक्षा दिने नाममा धर्मको गैरकानुनी रुपमा धर्म प्रचार, धार्मिक अभ्यास गराउने प्रयास भइरहेको छ ।
    समाज
    984    
  • गाँजासहित २ जना पक्राउ

    हेटौंडा, ११ मंसिरः मकवानपुरका प्रहरी टोलिले ४० किलोग्राम लागुऔषध गाँजासहित कैलाश गाउँपालिकामा २ जनालाई शनिबार पक्राउ गरेको छ । प्रहरी चौकी डाँडाखर्कबाट खटिएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा कैलाश गाउँपालिका–६, ठुलोबेसीमा स्थानीयबासी ५१ वर्षीय बच्चुराम रिजाल र १८ वर्षीय रुपक बराललाई गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
    अपराध
    98     समाज संवाददाता
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top