+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
स्थानीय तह

स्थानीय तहको अनुगमन गर्दै समन्वय समिति



स्थानीय तह   36 पटक पढिएको   बिवश अधिकारी     
हेटौंडा, २८ फागुनः जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल जिल्लाका स्थानीय तहको अनुगमनमा व्यस्त हुनुहुन्छ । जिल्लाका स्थानीय तहबीच समन्वय गर्ने जिम्मेवारी पाएअनुसार स्थानीय तहसँग आफ्नो कार्यालयमा बसेर मात्रै नभई स्थानीय तहमै पुगेर खुलाल समन्वयका सम्भावना र स्थानीय तहका कामकारवाहीका विषयमा जानकारी लिइरहनुभएको छ ।



पछिल्लो एक सातामा समन्वय समितिका प्रमुख खुलालले बागमति, बकैया, राक्सिराङ, मनहरी, मकवानपुरगढी गाउँपालिका र हेटौंडा उपमहानगरपालिकाको अनुगमन गर्नुभएको छ । अनुगमनका क्रममा जिल्ला समन्वय समितिले गाउँपालिकाहरुमा विधि, नीति, कर्मचारी व्यवस्थापन, योजना तथा कार्यान्वयन र सुशासनका बारेमा अन्तरक्रिया गरिएको छ । अनुगमनका क्रममा गाउँपालिकाले आफ्नो बजेट तथा योजना र हालसम्मका प्रगतिका बारेमा जानकारी गराएका छन् ।

समन्वय समितिको अनुगमनका क्रममा मकवानपुरको राक्सिराङ गाउँपालिकाले आफ्नो प्राथमिकता सडक पूर्वाधार रहेको जानकारी दिएको छ । गाउँपालिकाका प्रत्येक वडालाई सडक बाटोको सञ्जालसँग जोड्ने योजना रहेको राक्सिराङ् गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताउनुभएको छ । सोहि अनुसार राक्सिराङ गाउँपालिकाको ९ वटै वडामा सडक ट्रयाक पु¥याउने काम भईरहेको उहाँले जानकारी दिनुभयो । राक्सिराङ गाउँपालिकामा कुल ३४ करोड बजेट रहेकोमा ८ करोड ८६ लाख रुपैयाँ सडक पुर्वाधारमा बजेट विनियोजन गरिएको छ । गाउँपालिकाले पहिलो प्राथमिकतामा मनहरी चैनपुर जोड्ने सडक रहेको बताउँदै उहाँले सो सडकको लागि १ करोड १७ लाख विनियोजन भएको बताउनुभएको छ । त्यस्तै १ करोड २२ लाख रुपैयाँ खानेपानीका लागि विनियोजन गरिएको छ । गाउँपालिकाले ७१ लाख रुपैयाँ कार्यालय व्यवस्थापन, ६० लाख रुपैयाँ वन तथा विपद् व्यवस्थापनमा, २५ लाखको विपद् व्यवस्थापन भवन निर्माणमा विनियोजन गरेको छ ।

गाउँपालिकाले महिला सशक्तीकरणका लागि ५८ लाख बजेट विनियोजन गरेको बताउँदै गाउँपालिका अध्यक्ष मल्लले प्रत्येक वडामा महिला सहकारी गठन गरेर काम गर्ने योजना रहेको बताउनुभएको छ । एकल महिला सहकारी गठनका लागि ५ लाख वजेट विनियोजन भएको समेत जानकारी गराइएको छ । राक्सिराङले ५ लाखका दरले गाउँपालिकाको ४ स्थानमा बालउद्यान निमार्णका लागि बजेट विनियोजन गरेको छ । त्यस्तै अपाङ्ग लक्षित ५ लाख, दलित लक्षित ९ लाख वजेट विनियोजन गरिएको छ । गाउँपालिकाले जेष्ठ नागरिक कार्यक्रमतर्फ १० लाख वजेट विनियोजन गरेको छ । जेष्ठ नागरिकलाई बिरामी भएका बेला अस्पताल लैजानका लागि भरिया खर्च ३ हजारका दरले दिने गरी वजेट विनियोजन गरिएको छ ।

राक्सिराङ् गाउँपालिकाले आदिवासी जनजाति हितका लागि ३० लाख विनियोजन गरेको छ । युवा तथा खेलकुदतर्फ गाउँपालिकाले १७ लाख बजेट विनियोजन गरेको छ । जसबाट साविकको ४ वटा गाउँ विकास समितिमा खेलमैदान बनाईने बताईएको छ । त्यस्तै गरिबी निवारण तर्फ ६० जनालाई सिलाई कटाई, वेल्डिङ् लगायतका सीपमुलक तालिम संचालन भईरहेको बताईएको छ । गाउँपालिकामा पर्यटन, संस्कृति संरक्षण कार्यक्रम अन्तर्गत वडा वडामा तथ्याङ्क संकलनको काम भईरहेको जानकारी दिँदै गाउँपालिका अध्यक्ष मल्लले तथ्याङ्क संकलनपछि गुरुयोजना बनाएर प्राथमिकीरणका आधारमा विज्ञको सल्लाहमा अगाडि बढ्ने योजना रहेको बताउनुभयो ।

शिक्षाको क्षेत्रमा अनविज्ञता रहेको बताउँदै अध्यक्ष मल्लले शिक्षा कार्यालयले यस विषयमा सहयोग नगरेको गुनासो गर्नुभएको छ । कानुन र प्रक्रियाको अभावमा काम गर्न नसकेको उहाँले बताउनुभयो । राक्सिराङले स्वास्थ्य क्षेत्रमा १ करोड ४० लाख रुपैयाँ विनियोजन गरेको छ । गाउँपालिकामा ३ वटा स्वास्थ्य संस्था निर्माण गर्ने योजना राखिएको छ । त्यस्तै राक्सिराङ गाउँपालिकामा आमा समुहलाई पुनर्जागरण गराउने तथा एकीकृत स्वास्थ्य सेवा विस्तार गर्ने योजना बनाएको छ । आगामि वैशाख महिना भित्रमा पूर्ण खोपयुक्त गाउँपालिका बनाउने लक्ष्य लिएको छ । ५ वर्ष भित्रमा हरित गाउँपालिका बनाउने योजनाअनुसार एक व्यक्ति एक रुख अभियान सञ्चालन गर्नेछ । ५ वर्षभित्र टुकीमुक्त गाउँपालिका, १६ वटा हाईड्रोपावर संचालन गर्ने, गाँजा र अफिम खेति नियन्त्रणका लागि विकल्पको रुपमा कृषि र पशुपालनतर्फ १ करोड ५० लाख विनियोजन गरेको जनाएको छ ।

अनुगमनका क्रममा मनहरी गाउँपालिकाले कृषिमा युवालाई स्वरोजगार बनाउने योजना रहेको बताएको छ । मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले गाउँपालिकामा भिलेज प्रोफाईल बनाउने काम भइरहेको जानकारी दिँदै युवा स्वरोजगारको लागि सोहि अनुसार अगाडि बढ्ने योजना रहेको जानकारी दिनुभएको छ । कुल ४० करोड ६० लाख ८० हजार कुल बजेट रहेको मनहरी गाउँपालिकाले २ वटा वडामा १ करोड ४० लाखका दरले र बाँकी ७ वटा वडामा १ करोड २५ लाखका दरले वजेट विनियोजन गरेको छ । गाउँपालिकामा सडकको स्रोत नक्सा बनाउने तयारी भईरहेको तथा पर्यटकीय स्थलको गुरुयोजना बनाइरहेको छ । ९ वटा वडा रहेको मनहरी गाउँपालिकाकामा ७ वटा वडामा कार्यालय संचालनमा रहेको र २ वटा वडामा कर्मचारी अभावमा कार्यालय संचालन गर्न नसकेको बताइएको छ । गाउँपालिकामा सडक पुर्वाधार तर्फ १ करोड ५० लाख वजेट विनियोजन गरेको छ ।

अबको पहिलो प्राथमिकता पुर्व–पश्चिम राजमार्गको २५ मिटर सडक बिस्तार गर्ने रहेको बताउँदै अध्यक्ष उप्रेतीले चाँडै नै काम सुरु हुने जानकारी दिनुभएको छ । ३ सय ९० वटा योजना रहेको मनहरी गाउँपालिकामा सडक ट्र्याक बनेका र नाली बनेका ठाउँमा ५० हजार बिरुवा रोप्ने योजना रहेको जानकारी दिईएको छ । त्यस्तै सुत्केरी महिलाको हकमा प्रसुती केन्द्र (बर्थिङ सेन्टर) सम्म पु¥याउने र कुरुवालाई खानेकुराको समेत व्यवस्था गाउँपालिकाले गर्ने जानकारी दिनुभएको छ । ऐन, नियम र कानुनको अभावमा अझै पनि धेरै काम गर्न नसकिएको उहाँको गुनासो रहेको छ । अनुगमनका क्रममा जिल्ला समन्वय समिति प्रमुख खुलालले गाउँपालिकाका जनप्रतिनिधिहरुलाई जनतालाई सुशासन दिने कुरामा गम्भीर हुन आग्रह गर्नुभएको छ । अनुगमन टोलीमा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी, प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढा, जिल्ला समन्वय अधिकारी नारायण प्रसाद मैनाली, जिल्ला समन्वय समितिका सदस्यहरु तथा जिल्ला समन्वय समितिका सामाजिक विकास अधिकारी रामकृष्ण थापाको सहभागीता रहेको थियो ।








सम्बन्धित शिर्षक समाचारहरु
  • योजना, बजेट र नागरिक सहभागिता

    केन्द्रिय र प्रदेश सरकारले नीति तथा कार्यक्रम र त्यसका लागि बजेट सार्वजनिक गरेका छन् । कतिपय प्रदेशमा त बजेट नै पारित भइसकेको छ । ३ नम्बर प्रदेशले पनि संसदमा पेश गरेको नीति तथा कार्यक्रम पारित भई अहिले बजेट माथिको छलफल भईरहेको छ । तर सरकारले पेश गर्ने योजना र बजेट विवादरहित हुन सेकेका छैनन् ।
    सम्पादकीय
    10     सम्पादकीय
  • उपमहानगरको शैक्षिक क्यालेण्डर तयार

    हेटौंडा, ८ असारः हेटौंडा उपमहानगरपालिकाको सामाजिक विकास महाशाखाअन्तर्गत शिक्षा शाखाले वार्षिक शैक्षिक क्यालेन्डर तयार पारेको छ । वार्षिक क्यालेन्डरमा परीक्षा मिति, परीक्षाको समीक्षा, अतिरिक्त क्रियाकलाप, प्रधानाध्यापकहरुको बैठक, अभिभावकबीच अन्तरक्रियाका कार्यक्रम तय गरेको छ ।
    शिक्षा
    6     सुनिता लोप्चन
  • फाइनलमा भुटनदेवी र आग्रा

    हेटौंडा, ८ असारः भुटनदेवी युवा क्लबको आयोजनामा जारी जुनियर भुटनदेवी सेभेन ए साईड फुटबल प्रतियोगिताको फाइनलमा आयोजक भुटनदेवी युवा क्लब ‘ए’ र आग्रा स्पोर्ट्स क्लब पुगेको छ ।
    खेलकुद
    11     समाज संवाददाता
  • जिल्लास्तरीय भलिबल आजबाट

    समाज संवाददाता हेटौंडा\६ असोज: केशवलाल श्रेष्ठ स्मृति जिल्ला स्तरीय भलिबलको दोश्रो संस्करण आजबाट हटियामा सुरु हुँदैछ । हटिया स्पोर्टस एकेडेमीको आयोजनामा हुने प्रतियोगिता ८ गतेसम्म सञ्चालन हुनेछ ।
    खेलकुद
    99    
  • मतदाताका लागि सुवर्ण अवसर

    सुरेन्द्र विष्ट सम्पूर्ण नगरबासीहरुमा नयाँ वर्ष २०७४ को शुभकामना । यो नयाँ वर्षले नेपालीहरुको काँधमा ठूलो जिम्मेवारीका साथ नयाँ वर्ष सुरु भएको छ । अब हामीले हाम्रो वडा, नगर र गाउँ कस्तो बनाउने भन्ने नयाँ वर्षले हाम्रो थकित काँधमा ठूलो भारी बोकाएको छ । अब हामीले हाम्रो पार्टी, हाम्रो मान्छे नभनिकन राम्रो पार्टी, राम्रो मान्छे खोज्नु पर्ने बेला भएको छ । किनभने हामीले प्रजातन्त्र प्राप्त पछि झण्डै तीस वर्ष हाम्रो मतदानबाट धेरै ठूला पार्टी भए, धेरै माननीय मन्त्री भए तर देशको अवस्था झन् बिग्रँदो र भ्रष्टाचारले व्याप्त भएको छ । हाम्रो जनशक्ति विदेश पलायन हुन बाध्य भएको छ । हाम्रो देशको युवायुवती खाडी मुलुकमा नोकर भएर बस्नु परेको छ । अझै दुख लाग्दो त दिनै पिच्छे २/३ जनाको लास आउने गरेको छ । हाम्रा कति चेली बलात्कारको शिकार भएका छन् ।
    विचार
    99    
  • विद्यालयमा बाध्य बनाइँदै क्रिसमस

    समाज संवाददाता हेटौंडाः भोलि सोमबार क्रिसमस मनाइँदैछ । नेपालमा पनि क्रिस्चियन धर्मावलम्बीहरुको संख्या उल्लेख्य वृद्धि भइरहेको छ । वर्षकै महत्वपूर्ण पर्वको रुपमा मनाइने क्रिसमस क्रिस्चियन समुदायले विशेष धार्मिक आस्थाका आधारमा मनाउने गरेका छन् । तर, मकवानपुरका केही निजि विद्यालयले क्रिस्चियन समुदायको धार्मिक पर्वलाई बाध्य बनाउने प्रयास गरिरहेको छ । विद्यार्थीलाई व्यवहारिक शिक्षा दिने नाममा धर्मको गैरकानुनी रुपमा धर्म प्रचार, धार्मिक अभ्यास गराउने प्रयास भइरहेको छ ।
    समाज
    989    
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top