: +०५७-५२६८३०, ९८५५०-६८२२७

स्थानीय तह


२ नम्बर वडा/ बालउद्यान र साइकल ट्र्याक

स्थानीय तह 66 पटक पढिएको




हेटौंडा, २९ फागुनः हेटौंडा उपमहानगरपालिका २ नम्बर वडामा चालु आर्थिक वर्षमा बालउद्यान र साइकल ट्र्याक आकर्षक योजनाको रुपमा रहेको छ । २ नम्बर वडास्थित वन कार्यालय पछाडीको खानेपानी ट्याङ्कीदेखि वनस्खण्डीसम्मको ४ किलोमिटर लामो साईक्लिङ् ट्रयाक निर्माण गर्ने योजना रहेको जानकारी वडा अध्यक्ष हरि बहादुर राउतले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षमा २ किलोमिटर तयार गर्ने र आगामी आर्थिक वर्षमा २ किलोमिटर निर्माण गर्ने योजना रहेको उहाँले जानकारी दिनुभएको छ । त्यस्तै वन कार्यालय पछाडीको भागमा बालउद्यान निर्माण गर्नका लागि बजेट विनियोजन भएको उहाँले बताउनुभयो ।

बालउद्यान निर्माणका लागि ७५ हजार रुपैयाँ बजेट विनियोजन भएको छ । हेटौंडा उपमहानगरपालिकाले २ नम्बर वडामा ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । वडामा कुल १७ वटा योजना वडास्तरीय रहेकोमा ६ वटा सम्पन्न भईसकेको छ । वडामा बाटो विस्तार र भूमिगत ढल निर्माण आगामी योजना भएको बताउँदै वडा अध्यक्ष राउतले हाललाई पुरानै योजनालाई प्राथमिकताका साथ अगाडि बढाएर काम भईरहेको बताउनुभयो । सरकारी कार्यालय र उपमहानगर कार्यालय नै रहेको २ नम्बर वडामा उपमहानगरपालिकाले नगर स्तरीय योजनाहरु पनि संचालन गरेको छ । वडा नम्बर २ मा १ करोड बराबरको २ वटा नगरस्तरीय योजना सम्पन्न भईसकेको र अन्य संचालनमा रहेको समेत उहाँले जानकारी दिनुभयो । वडा नमबर २ को पुरानो मकवानपुर रोडमा ४५ लाख तथा बृद्धाश्रम रोड र क्याम्पस मकवानपुर पछाडिको बाटोमा २० लाखको योजना समेत सम्पन्न भइसकेको उहाँले जानकारी दिनुभयो ।

विजयपथमा २३ लाख र देवीपथमा २८ लाख बराबरको योजना संचालनमा रहेको छ । वनस्खण्डीरोडमा रिटेलिङ्वालका लागि ५ लाख विनियोजन भएको छ भने वनस्खण्डी रोडमा बाटो विस्तारका लागि २ लाख, वासुदेव मार्गभित्री सडकका लागि ६ लाख, वनस्खण्डीमा शाखा बाटोको लागि २ लाख, सानोपोखरामा बाटो विस्तारमा १ लाख र सिद्धार्थपथमा बाटो बिस्तारका लागि २ लाख विनियोजन भएको जानकारी दिनुभयो । कुल २१ वटा टोल विकास संस्था रहेको वडामा पुरुष ५ हजार १ सय ३९ र महिला ४ हजार ८ सय ३९ गरी जम्मा ९ हजार ९ सय ७८ जनसंख्या रहेको छ । 





कमेन्टसहरु



अन्तर्वार्ता

‘सामूहिक कार्यलाई सशक्त बनाउने छु’
सुरेश श्रेष्ठ/यमप्रसाद तिमल्सिना     241
शिक्षालाई सेवाको रुपमा हेर्नुपर्दछ
अमृत चिमरिया     1063
बेचबिखन रोक्न जनचेतना आवश्यक
प्रिया पौडेल     107
‘फुटबल पतनको बाटोतर्फ’
सुरेश श्रेष्ठ/अमृत चिमरिया     64
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com



1350267 Times Visited.

  • सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
  • अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
  • प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Design and Develop :
Top