: +०५७-५२६८३०, ९८५५०-६८२२७

अपराध


बालिका बलात्कारीलाई ६ वर्ष कैद

अपराध 56 पटक पढिएको समाज संवाददाता




हेटौंडा, २९ फागुनः जिल्ला अदालत मकवानपुरले बालिकालाई बलात्कार गरेको ठहर गर्दै एक युवकलाई ६ वर्ष कैद गर्ने फैसला गरेको छ । १५ हजार रुपैयाँ क्षतिपुर्ति भराउने आदेश दिएको छ ।

जिल्ला न्यायाधीश स्वीकृत पराजुलीको सोमबार बसेको इजलाशले काठमाडौ साँघु घर भएका २६ वर्षीय दिनेश अधिकारीलाई १५ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै उक्त फैसला गरेको हो । अभियुक्तले बालिकालाई २०७३ मंसिर २४ गते हेटौंडास्थित  एक होटलमा बलात्कार गरेका थिए । प्रहरीले अधिकारीलाई २०७३ मंसिर २५ गते पक्राउ गरेको थियो । अभियुक्त पुर्पक्षका लागि भीमफेदी कारागारमा छन् ।

यसैगरी बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत मकवानपुरले एक वृद्धलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । जिल्ला न्यायाधीश ध्रुवकुमार पियाको सोमबार बसेको इजलाशले थाहा नगरपालिका—१ का ६२ वर्षीय नन्दलाल गोपालीलाई १५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । 

आरोपीले बालिकालाई प्रलोभनमा पारेर विगत ७ महिनादेखि बलात्कार गर्दै आएका थिए । पछिल्लो पटक उनले फागुन १ गते बालिकालाई घरमा नै ल्याएर बलात्कार गरेका थिए । नन्दलाल गोपाली २०७४ फागुन २ गते पक्राउ परेका छन् ।





कमेन्टसहरु



अन्तर्वार्ता

‘सामूहिक कार्यलाई सशक्त बनाउने छु’
सुरेश श्रेष्ठ/यमप्रसाद तिमल्सिना     241
शिक्षालाई सेवाको रुपमा हेर्नुपर्दछ
अमृत चिमरिया     1063
बेचबिखन रोक्न जनचेतना आवश्यक
प्रिया पौडेल     107
‘फुटबल पतनको बाटोतर्फ’
सुरेश श्रेष्ठ/अमृत चिमरिया     64
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com



1350270 Times Visited.

  • सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
  • अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
  • प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Design and Develop :
Top