: +०५७-५२६८३०, ९८५५०-६८२२७

राजनीति


नीति, कार्यक्रम र वजेट तर्जुमाको तयारी/ विज्ञसँग प्रदेश सरकारको छलफल सुरु

राजनीति 132 पटक पढिएको समाज संवाददाता




हेटौंडाः ३ नम्बर प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले चालु एवम् आगामी आवको नीति, कार्यक्रम र वजेट तर्जुमा गर्न प्रदेश राजधानी हेटौंडामा विज्ञहरुसँग छलफल सुरु गरेको छ । अल्पकालिन, दिर्घकालिन योजनाहरु निर्माण गर्न र सरकारको नीति तथा कार्यक्रम तयार पार्न विभिन्न विषयका विज्ञहरुसँग आइतबारदेखि गृहकार्य सुरु गरेको हो ।

उक्त छलफल कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री डोरमणि पौडेलले पुरा गर्न नसक्ने सपनाहरु देखेको आधार योजनाहरु तयार पार्न नहुने बताउनुभएको छ । नागरिकको आधारभुत आवश्यकता र साधन स्रोेतले भ्याउने योजनाहरुको छनोट गर्नुपर्ने बताउँदै प्रदेश ३ का मुख्यमन्त्री पौडेलले भन्नुभयो, ‘व्यवहारिक भएर योजनाहरु छनोट ग¥यौं भने प्रदेशलाई सफलता मिल्नेछ ।’

‘चैत महिना भित्र चालु आवको निम्ति ३ महिने नीति, कार्यक्रम र वजेट ल्याउनु पर्छ’, उहाँले भन्नुभयो, ‘सरकारले चालु आवको बाँकी अवधिका लागि चैत २० गते भित्र प्रदेश सभामा बजेट पेश गर्ने गरी तयारी गरिरहेको छ ।’ विज्ञहरुले आ—आफनो अवधारणा पत्र प्रस्तुत गर्नु भन्दा अघि आर्थिक मामिला तथा योजना मन्त्रालयका मन्त्री कैलाश ढुंगेलले ३ नम्बर प्रदेशको भुगोल, सामाजिक, आर्थिक र साँस्कृतिक अवस्थालाई केन्द्रविन्दुमा राखेर अल्पकालिन एवम् दिर्घकालिन नीति, कार्यक्रमहरु तर्जुमा गर्नुपर्ने बताउनुभयो । निर्वँचनको बेलामा घोषणापत्रमा सार्वजनिक गरेका प्रतिवद्धताहरुलाई आधार मानेर योजनाहरु छनोट गर्नुपर्ने उल्लेख गर्दै छलफलमा सहभागी आर्थिक मामिला मन्त्री ढुंगेलले भन्नुभयो, ‘हाम्रा योजना र कार्यक्रमहरुले नेपाली मोडेलको समाजवादको गोरेटो खन्नु परेको छ ।’ स्रोत र साधनको उचित प्रयोग र व्यवहारिक अभ्यासका आधार अल्पकालिन र दिर्घकालिन योजनाहरु तयार पार्नुपर्ने उहाँको धारणा थियो ।

सहकारी र नीजि क्षेत्रलाई प्रदेश सरकारले सँगसँगै लिएर अगाडि बढ्ने उहाँले बताउनुभयो । छलफलमा विज्ञ डा. तिलचन्द्र भट्टराईले प्रदेश ३ को विविध खाले भुबनोट रहेकाले भु—भागको आधारमा अल्पकालिन र दिर्घकालिन योजनाहरु तर्जुमा गर्नुपर्ने बताउनुभएको हो । हावापानी, प्राकृतिक स्रोत साधन र भुभागलाई मध्यनजर गरेर योजनाहरु छनोट गर्नुपर्ने कुरामा उहाँले जोड दिनुभएको थियो । प्रशासन तथा व्यवस्थापन विज्ञ प्रकाश श्रेष्ठले चालु आवको ३ महिनाको नीति र कार्यक्रम बनाउँदा भूकम्पपछिको विपद्मा परेका प्रदेशवासीहरुलाई पुनर्निर्माण कार्यमा सहयोग पु¥याउने योजना ल्याउनुपर्ने र युवा उद्यमशिलता पहिचान गरेर क्षमताको विकास सँगसँगै सहयोग गर्ने योजना ल्याउनु पर्ने सुझाव दिनुभएको थियो । प्रत्येक जिल्ला र नगरलाई पहिचान दिनका निम्ति सम्भाव्यता अध्ययन गरेर योजनाहरु बनाउनु पर्ने सुझाव विज्ञहरुले दिएका छन् । १३ वटै जिल्लाको पहिचान झल्कने योजना तर्जुमा गर्नुपर्ने विज्ञहरुको धारणा छ । आज सोमबारसम्म संचालन हुने छलफलमा विज्ञहरु ज्ञानेन्द्र श्रेष्ठ, प्रकाश श्रेष्ठ, डा.तिलचन्द्र भट्टराई, गोविन्द घिमिरे, रमेश कडेरिया, जेएन थपलियाले आ—आफ्नो धारणासहित सुझाव दिनेछन् ।





कमेन्टसहरु



अन्तर्वार्ता

‘सामूहिक कार्यलाई सशक्त बनाउने छु’
सुरेश श्रेष्ठ/यमप्रसाद तिमल्सिना     219
शिक्षालाई सेवाको रुपमा हेर्नुपर्दछ
अमृत चिमरिया     1053
बेचबिखन रोक्न जनचेतना आवश्यक
प्रिया पौडेल     66
‘फुटबल पतनको बाटोतर्फ’
सुरेश श्रेष्ठ/अमृत चिमरिया     48

सम्पादकीय

पिछडिएका समुदाय नछुटुन
सम्पादकीय     2
प्रेरणादायी पुरस्कार
सम्पादकीय      4
यो पनि भ्रष्ट्राचार हो
सम्पादकीय     10
भर्ना अभियानको सार्थकता
सम्पादकीय     15
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com



1274202 Times Visited.

  • सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
  • अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
  • प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Design and Develop :
Top