: +०५७-५२६८३०, ९८५५०-६८२२७

शिक्षा


आजबाट माध्यमिक शिक्षा परीक्षा (एसईई)

शिक्षा 36 पटक पढिएको समाज संवाददाता




हेटौंडा, ८ चैत्रः आज बिहिबारबाट माध्यामिक शिक्षा परीक्षा (एसईई) सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले लिने एसईईको लागि मकवानपुर जिल्लामा सबै तयारी पूरा भएको जिल्ला शिक्षा कार्यालय मकवानपुरले जानकारी दिएको छ । परीक्षाको तयारीको लागि विद्यालयहरुले सिम्बोल नम्बर, सिट प्लानिङ गरिसकेको छ । मकवानपुरबाट ६ हजार १ सय ७२ जना विद्यार्थीहरुले २४ वटा केन्द्रबाट परीक्षा दिने भएका छन् ।

मकवानपुर जिल्लामा नियमित, पूरक तथा प्राविधिक गरी जम्मा ६ हजार ३ सय ५२ जनाले परीक्षाको लागि फारम भरे तापनि १ सय ८० जना विद्यार्थीहरु अयोग्य भएको जिल्ला शिक्षा कार्यालय मकवानपुरले जानकारी दिएको छ । मकवानपुर जिल्लाबाट सय भन्दा बढि विद्यार्थी एसईईमा सहभागी गराउने ८ वटा विद्यालयहरु रहेका छन् । बकैया गाउँपालिकास्थित बुद्ध माविबाट १ सय १, बाग्मति गाउँपालिकास्थित जनता माविबाट १ सय ६८, हेटौंडा–१९, बस्तीपुरस्थित निर्मल माविबाट १ सय ६, हेटौंडा–५ स्थित जीएस निकेतन माविबाट १ सय २३, हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माविबाट ३ सय ७८, हेटौंडा–१० स्थित सोलिड्यारिटी ईन्टरनेशनल स्कूलबाट १ सय २, हेटौंडा–१३, पदमपोखरीस्थित महेन्द्र माविबाट १ सय २२ र हेटौंडा–२ स्थित सिद्धार्थ माविबाट १ सय ३५ विद्यार्थी एसईईमा सहभागी हुँदैछन् ।

५० भन्दा बढि विद्यार्थी सहभागी गराउने ३५ वटा विद्यालयहरु रहेका छन् । नियमिततर्फ १ सय ३० वटा विद्यालयले आफ्ना विद्यार्थीलाई एसईईमा सहभागी गराउँदै छ भने एक्जाम्टेड तर्फ ४१ वटा विद्यालयले विद्यार्थीलाई सहभागी गराउने छ । मकवानपुर जिल्लामा प्राविधिकतर्फ १ सय ८० जना तथा एक्जामटेड (पुरक) तर्फ १ सय २४ जनाले परीक्षा दिने जिल्ला शिक्षा कार्यालय मकवानपुरका परीक्षा शाखा प्रमुख कुसुम मगरले जानकारी दिनुभएको छ । त्यस्तै मकवानपुरको सबै एक्जामटेड (पुरक) को परीक्षाको लागि अमर मावि स्रोत केन्द्र तोकिएको छ । जहाँ मकवानपुरका ४१ विद्यालयका १ सय २४ एक्जामटेड (पुरक) विद्यार्थीले परीक्षा दिनेछन् । यस वर्ष परीक्षा केन्द्रको केन्द्राध्यक्षको रुपमा सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई नै जिम्मेवारी दिइएको छ । एसईईमा सबैभन्दा बढी आधुनिक राष्ट्रिय माविबाट ३ सय ७८ विद्यार्थीले परीक्षा दिँदैछन् । भीमफेदी कारागारबाट ८ जनाले परीक्षा दिनेछन् ।

जिल्ला शिक्षा कार्यालयले २४ वटा परीक्षा केन्द्र निर्धारण गरेको छ । बाग्मति गाउँपालिकामा १, भीमफेदी गाउँपालिकामा १, ईन्द्रसरोवर गाउँपालिकामा १, बकैया गाउँपालिकामा २, मनहरी गाउँपालिकामा २, थाहा नगरपालिकामा ३ र हेटौंडा उपमहानगरपालिकामा १४ परीक्षा केन्द्र निर्धारण गरिएको छ । मकवानपुरका १० स्थानीय तह मध्ये राक्सिराङ, कैलाश र मकवानपुरगढी गाउँपालिकामा एसईईको केन्द्र राखिएको छैन । परीक्षाका लागि सबै सुरक्षा व्यवस्था मिलाइसकेको शिक्षा कार्यालयले जनाएको छ ।





कमेन्टसहरु



अन्तर्वार्ता

‘सामूहिक कार्यलाई सशक्त बनाउने छु’
सुरेश श्रेष्ठ/यमप्रसाद तिमल्सिना     224
शिक्षालाई सेवाको रुपमा हेर्नुपर्दछ
अमृत चिमरिया     1054
बेचबिखन रोक्न जनचेतना आवश्यक
प्रिया पौडेल     69
‘फुटबल पतनको बाटोतर्फ’
सुरेश श्रेष्ठ/अमृत चिमरिया     52

सम्पादकीय

प्रतिवद्धता कार्यान्वयन होस्
सम्पादकीय     8
क–कसले पाउने पारिश्रमिक ?
सम्पादकीय     5
पिछडिएका समुदाय नछुटुन
सम्पादकीय     7
प्रेरणादायी पुरस्कार
सम्पादकीय      6
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com



1284165 Times Visited.

  • सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
  • अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
  • प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Design and Develop :
Top