+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
शिक्षा

आजबाट माध्यमिक शिक्षा परीक्षा (एसईई)



शिक्षा   7 पटक पढिएको   समाज संवाददाता     
हेटौंडा, ८ चैत्रः आज बिहिबारबाट माध्यामिक शिक्षा परीक्षा (एसईई) सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले लिने एसईईको लागि मकवानपुर जिल्लामा सबै तयारी पूरा भएको जिल्ला शिक्षा कार्यालय मकवानपुरले जानकारी दिएको छ । परीक्षाको तयारीको लागि विद्यालयहरुले सिम्बोल नम्बर, सिट प्लानिङ गरिसकेको छ । मकवानपुरबाट ६ हजार १ सय ७२ जना विद्यार्थीहरुले २४ वटा केन्द्रबाट परीक्षा दिने भएका छन् ।



मकवानपुर जिल्लामा नियमित, पूरक तथा प्राविधिक गरी जम्मा ६ हजार ३ सय ५२ जनाले परीक्षाको लागि फारम भरे तापनि १ सय ८० जना विद्यार्थीहरु अयोग्य भएको जिल्ला शिक्षा कार्यालय मकवानपुरले जानकारी दिएको छ । मकवानपुर जिल्लाबाट सय भन्दा बढि विद्यार्थी एसईईमा सहभागी गराउने ८ वटा विद्यालयहरु रहेका छन् । बकैया गाउँपालिकास्थित बुद्ध माविबाट १ सय १, बाग्मति गाउँपालिकास्थित जनता माविबाट १ सय ६८, हेटौंडा–१९, बस्तीपुरस्थित निर्मल माविबाट १ सय ६, हेटौंडा–५ स्थित जीएस निकेतन माविबाट १ सय २३, हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माविबाट ३ सय ७८, हेटौंडा–१० स्थित सोलिड्यारिटी ईन्टरनेशनल स्कूलबाट १ सय २, हेटौंडा–१३, पदमपोखरीस्थित महेन्द्र माविबाट १ सय २२ र हेटौंडा–२ स्थित सिद्धार्थ माविबाट १ सय ३५ विद्यार्थी एसईईमा सहभागी हुँदैछन् ।

५० भन्दा बढि विद्यार्थी सहभागी गराउने ३५ वटा विद्यालयहरु रहेका छन् । नियमिततर्फ १ सय ३० वटा विद्यालयले आफ्ना विद्यार्थीलाई एसईईमा सहभागी गराउँदै छ भने एक्जाम्टेड तर्फ ४१ वटा विद्यालयले विद्यार्थीलाई सहभागी गराउने छ । मकवानपुर जिल्लामा प्राविधिकतर्फ १ सय ८० जना तथा एक्जामटेड (पुरक) तर्फ १ सय २४ जनाले परीक्षा दिने जिल्ला शिक्षा कार्यालय मकवानपुरका परीक्षा शाखा प्रमुख कुसुम मगरले जानकारी दिनुभएको छ । त्यस्तै मकवानपुरको सबै एक्जामटेड (पुरक) को परीक्षाको लागि अमर मावि स्रोत केन्द्र तोकिएको छ । जहाँ मकवानपुरका ४१ विद्यालयका १ सय २४ एक्जामटेड (पुरक) विद्यार्थीले परीक्षा दिनेछन् । यस वर्ष परीक्षा केन्द्रको केन्द्राध्यक्षको रुपमा सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई नै जिम्मेवारी दिइएको छ । एसईईमा सबैभन्दा बढी आधुनिक राष्ट्रिय माविबाट ३ सय ७८ विद्यार्थीले परीक्षा दिँदैछन् । भीमफेदी कारागारबाट ८ जनाले परीक्षा दिनेछन् ।

जिल्ला शिक्षा कार्यालयले २४ वटा परीक्षा केन्द्र निर्धारण गरेको छ । बाग्मति गाउँपालिकामा १, भीमफेदी गाउँपालिकामा १, ईन्द्रसरोवर गाउँपालिकामा १, बकैया गाउँपालिकामा २, मनहरी गाउँपालिकामा २, थाहा नगरपालिकामा ३ र हेटौंडा उपमहानगरपालिकामा १४ परीक्षा केन्द्र निर्धारण गरिएको छ । मकवानपुरका १० स्थानीय तह मध्ये राक्सिराङ, कैलाश र मकवानपुरगढी गाउँपालिकामा एसईईको केन्द्र राखिएको छैन । परीक्षाका लागि सबै सुरक्षा व्यवस्था मिलाइसकेको शिक्षा कार्यालयले जनाएको छ ।








सम्बन्धित शिर्षक समाचारहरु
  • वहुप्राविधिक महाविद्यालयको निर्माणमा मुख्यमन्त्रीको अग्रसरता/ कात्तिक १ बाट रुख कटान

    हेटौंडा, ३१ असारः नेपाल भारत मैत्री बहुप्राविधिक महाविद्यालयको निर्माण कार्यको लागि ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अग्रसरता देखाउनुभएको छ । महाविद्यालयको विषयमा ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको उपस्थितीमा नेपाल स्थित भारतिय राजदुतावासका पदाधिकारी, सिटिईभिटीका पदाधिकारी, प्रदेशका सचिवहरु सहितको टोलीबीच शनिबार छलफल भएको थियो ।
    शिक्षा
    14     समाज संवाददाता
  • मानन्धरको आँखाको नानी संकलन

    हेटौंडा, ३० असारः नेपाल भाषा खलः मकवानपुरका अध्यक्ष मंगलकृष्ण मान्नधरको आँखाको नानी शनिबार संकलन गरिएको छ ।
    स्वास्थ्य
    55     समाज संवाददाता
  • कुखरेनीमा नयाँ सम्मवेल

    हेटौंडा, ३१ असारः हेटौंडा उपमहानगरपालिका–९ कुखरेनीमा खानेपानीको लागि नयाँ सम्मवेल संचालनमा आएको छ । हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले आफ्नो सेवा क्षेत्रभित्र खानेपानीको थप स्रोत वृद्धि गर्ने उद्धेश्यले नयाँ सम्मवेल निर्माण गरी शनिबारबाट संचालनमा ल्याएको हो । हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरी बहादुर महतले सम्मवेलको उद्घाटन गर्नु भएको थियो ।
    समाज
    103     समाज संवाददाता
  • विद्यालयमा बाध्य बनाइँदै क्रिसमस

    समाज संवाददाता हेटौंडाः भोलि सोमबार क्रिसमस मनाइँदैछ । नेपालमा पनि क्रिस्चियन धर्मावलम्बीहरुको संख्या उल्लेख्य वृद्धि भइरहेको छ । वर्षकै महत्वपूर्ण पर्वको रुपमा मनाइने क्रिसमस क्रिस्चियन समुदायले विशेष धार्मिक आस्थाका आधारमा मनाउने गरेका छन् । तर, मकवानपुरका केही निजि विद्यालयले क्रिस्चियन समुदायको धार्मिक पर्वलाई बाध्य बनाउने प्रयास गरिरहेको छ । विद्यार्थीलाई व्यवहारिक शिक्षा दिने नाममा धर्मको गैरकानुनी रुपमा धर्म प्रचार, धार्मिक अभ्यास गराउने प्रयास भइरहेको छ ।
    समाज
    996    
  • महासन्धीमा हस्ताक्षर गर्न आग्रह

    समाज संवाददाता हेटौंडाः मानव अधिकारवादी संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले नेपाल सरकारलाई ‘बलपूर्वक वेपत्ता पारिएका सबै व्यक्तिहरुको संरक्षण सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धी २००६’ मा हस्ताक्षर गरी नेपाललाई उक्त महासन्धीको पक्ष राष्ट्र बन्न आग्रह गरेको छ । अन्तर्राष्ट्रिय वेपत्ता दिवसको दिन मंगलबार इन्सेकले ७५ वटै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पेश गरेको छ । मकवानपुरमा पनि इन्सेक प्रतिनिधी प्रताप विष्टले मकवानपुरका प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर बिकमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पेश गर्नुभएको छ ।
    राजनीति
    99    
  • बिलखबन्दमा भूकम्प पीडित

    २०७२ सालको भूकम्प जति पीडादायक रह्यो त्यो भन्दा बढी पीडादायक छ ती पीडितमाथि सरकारले गरिरहेको बेवास्ता । सरकार भूकम्प पीडितलाई राहत दिने घोषणा गर्छ । अझ सरकार परिवर्तन भए लगत्तै नयाँ प्रधानमन्त्रीको घोषणा अनुदान बढाउने, छिटो काम गर्ने, जनताको ओँठमा हाँसो ल्याउने । नयाँ सरकारले घोषणाअनुसार काम गर्दैन, जनता फेरि निराश । भूकम्पले घर गुमाएका लाखौं जनताले केही समयअघि सरकारको पहिलो किस्ता अनुदान रकम पाए । दसैंको मुखमा ५० हजार रुपैयाँ पाएका भूकम्प पीडित मध्ये कतिपयले दसैंमा नै त्यो पैसा खर्च गरेका छन् । केहीले साँचेर दसैं, तिहार, छठ पछि घर बनाउन सुरु गरे ।
    विचार
    99    
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top