: +०५७-५२६८३०, ९८५५०-६८२२७

शिक्षा


कम्प्युटर ईन्जिनियरकी आमा एसईई दिँदै

शिक्षा 2902 पटक पढिएको समाज संवाददता


कम्प्युटर ईन्जिनियरकी आमा एसईई दिँदै


हेटौंडा, ९ चैत्रः हेटौंडा–११, थानाभ¥याङकी ४८ वर्षीया हीरामाया उप्रेती बिहिबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) दिँदै हुनुहुन्छ । हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय मावि परीक्षा केन्द्रमा भेटिदा उप्रेती सुरुमा कुरा गर्न असहज मान्दै हुनुहुन्थ्यो । कम्प्युटर ईन्जिनियर छोरा र स्नातक अध्ययनरत छोरीकी आमा आफ्ना छोराछोरी भन्दा कम उमेरका किशोरकिशोरीसँगै बसेर परीक्षा दिँदै हुनुहुन्थ्यो । विद्यालय जाने उमेरमा विद्यालय जान नपाएकी उप्रेती ४ वर्षदेखि खुला विद्यालय अध्ययन गरेर अहिले एसईईमा सहभागी हुँदै हुनुहुन्छ ।

मनहरी गाउँपालिकाको हाँडीखोला माइती भएकी उप्रेती आफ्ना बुबा, दाजु, भाउजु शिक्षक भए पनि विद्यालय जाने उमेरमा औपचारिक शिक्षा हासिल गर्न नपाउँदाको दुख सम्झँदै अनौपचारिक शिक्षाको माध्यमबाट एसईईसम्म आइपुग्नु भएको छ । जीवनमा सबै कुराको सुख भए पनि शिक्षा नहुनुलाई ठूलो दुखको रुपमा महसुस गर्दै उप्रेती नियमित कक्षा र ट्युसन कक्षामा समेत सहभागी भएको बताउनुहुन्छ । खुला विद्यालयको अवधारणामा हेटौंडा–१ स्थित अमर माविमा ४ वर्षअघि अध्ययन सुरु गरेको उप्रेती बताउनुहुन्छ । अंग्रेजी र गणित विषय अलि गाह्रो लाग्ने उल्लेख गर्दै उप्रेतीले भन्नुभयो, ‘एसईई उत्तीर्ण गरेर क्याम्पस पढ्ने रहर छ ।’ ट्युसन कक्षामा आफ्ना छोराछोरी उमेरका केटाकेटीलाई सम्झाई, बुझाई पढ्न प्रेरित समेत गर्ने गरेको उप्रेती बताउनुहुन्छ ।

उप्रेती जस्तै विद्यालय जाने उमेरमा विद्यालय शिक्षा पूरा गर्न नपाएकाहरुका लागि खुला विद्यालय अवसरको रुपमा रहने गरेको छ । खुला विद्यालयमा भर्ना भई यस वर्षको एसईईमा ७४ जना सहभागी छन् । जिल्लाको उत्तरीक्षेत्र थाहा नगरपालिका–१०, टौखेलकी सावित्री गोपाली पनि  आधुनिक राष्ट्रिय मावि परीक्षा केन्द्रमा परीक्षा दिँदै हुनुहुन्छ । कक्षा ९ मा अध्ययनरत रहँदा २०६२ सालमा विरामी भएपछि रोकिएको पढाईलाई निरन्तरता दिने क्रममा खुला विद्यालयमार्फत एसईई परीक्षा दिन लागेको गोपाली बताउनुहुन्छ । थाहा नगरपालिका–१० स्थित नाटेश्वर माविमा प्रारम्भिक बालविकास कक्षाकी शिक्षिका समेत रहनुभएकी गोपालीले विद्यालयकै शिक्षकमार्फत दैनिक करिब १ घण्टा आफूले अध्ययन गर्ने क्रममा नबुझेका कुरा सिक्ने गर्नुहुन्थ्यो ।

‘हरेक दिन ३ बजे प्रारम्भिक बालविकास कक्षा समाप्त भएपछि आफूले नबुझेका कुरा नाटेश्वर माविका शिक्षकहरुमार्फत नै सिक्ने गरेको थिएँ’, गोपालीले भन्नुभयो, ‘एसईईमा राम्रो नतीजा आउने विश्वास छ । एसईईपछि प्लस टु भर्ना हुनेछु ।’ सिद्धार्थ माविले खुला विद्यालय सञ्चालन गरेकै कारण हरेक वर्ष उल्लेख्य संख्यामा वयस्कहरुले पनि विद्यालय शिक्षा पूरा गर्ने अवसर पाउने गरेका छन् । विद्यालयले महिनाको ५ दिन सम्पर्क कक्षा सञ्चालन गर्ने गरेको छ । सम्पर्क कक्षासँगै विद्यार्थीले ट्युसन कक्षा समेत लिएर विद्यालय शिक्षा पूरा गर्न खुला विद्यालयको अवधारणालाई अवसरको रुपमा आत्मसात गर्दै आएका छन् । यस वर्ष सिद्धार्थ माविको खुला विद्यालयमा भर्ना भएका १ सय २ मध्ये ७६ जना योग्य थिए । जसमध्ये ७४ जनाले पहिलो दिन बिहिबार अंग्रेजी विषयको परीक्षा दिएका छन् ।






कमेन्टसहरु



अन्तर्वार्ता

‘सामूहिक कार्यलाई सशक्त बनाउने छु’
सुरेश श्रेष्ठ/यमप्रसाद तिमल्सिना     224
शिक्षालाई सेवाको रुपमा हेर्नुपर्दछ
अमृत चिमरिया     1054
बेचबिखन रोक्न जनचेतना आवश्यक
प्रिया पौडेल     69
‘फुटबल पतनको बाटोतर्फ’
सुरेश श्रेष्ठ/अमृत चिमरिया     52

सम्पादकीय

प्रतिवद्धता कार्यान्वयन होस्
सम्पादकीय     8
क–कसले पाउने पारिश्रमिक ?
सम्पादकीय     5
पिछडिएका समुदाय नछुटुन
सम्पादकीय     7
प्रेरणादायी पुरस्कार
सम्पादकीय      6
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com



1284200 Times Visited.

  • सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
  • अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
  • प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Design and Develop :
Top