: +०५७-५२६८३०, ९८५५०-६८२२७

अर्थ / व्यापार


सहकारी सदस्यलाई आईसक्रिम बनाउने तालिम

अर्थ / व्यापार 11 पटक पढिएको समाज संवाददाता




हेटौंडा, १२ चैत्रः हेटौंडा–५, पिप्लेस्थित संजीवनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना सदस्यहरुलाई व्यावसायिक सीप विकास कार्यक्रमअन्तर्गत आईसक्रिम बनाउने तालिम दिएको छ । ३ दिने आईसक्रिम बनाउने तालिम शनिबार सकिएको छ ।

वडा नम्बर ५ का ३४ जना महिलाहरुलाई तालिम दिइएको हो । घरमै आईसक्रिम उत्पादन गर्न सक्ने गरी महिला उद्यमी विकास तालिम दिइएको हो । तालिम समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिका उपमेयर मीना लामाले तालिम मात्रै लिएर नहुने यसको प्रयोग पनि गर्नुपर्ने बताउनुभएको थियो । उपमेयर लामाले धेरै महिलाहरुले तालिमको माग गरे तापनि व्यावहारिक हुने खालको तालिमको महत्व छुट्टै हुने बताउनुभएको हो । सहकारीका अध्यक्ष रणबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा तालिम लिएका महिलाहरुले उद्यमी हुने खालको वातावरण हेटौंडा उपमहानगरले गरेको र सहकारीले समेत सहयोग गरेमा राम्रो उत्पादन गरेर देखाउने बताएका थिए । आईसक्रिम बनाउने तालिममा गायत्री श्रेष्ठ प्रशिक्षक रहनुभएको थियो ।





कमेन्टसहरु



अन्तर्वार्ता

‘सामूहिक कार्यलाई सशक्त बनाउने छु’
सुरेश श्रेष्ठ/यमप्रसाद तिमल्सिना     224
शिक्षालाई सेवाको रुपमा हेर्नुपर्दछ
अमृत चिमरिया     1054
बेचबिखन रोक्न जनचेतना आवश्यक
प्रिया पौडेल     69
‘फुटबल पतनको बाटोतर्फ’
सुरेश श्रेष्ठ/अमृत चिमरिया     52

सम्पादकीय

प्रतिवद्धता कार्यान्वयन होस्
सम्पादकीय     8
क–कसले पाउने पारिश्रमिक ?
सम्पादकीय     5
पिछडिएका समुदाय नछुटुन
सम्पादकीय     7
प्रेरणादायी पुरस्कार
सम्पादकीय      6
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com



1284107 Times Visited.

  • सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
  • अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
  • प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Design and Develop :
Top