: +०५७-५२६८३०, ९८५५०-६८२२७

शिक्षा


विद्यालयलाई कम्प्युटर सहयोग

शिक्षा 17 पटक पढिएको समाज संवाददाता




भीमफेदी, १२ चैत्रः नेपाल एओटीए एल्मुनाई सोसाइटी काठमाडौले भीमफेदी गाउँपालिकास्थित एक सामुदायिक विद्यालयलाई पाँच थान कम्प्युटर सहयोग गरेको छ । नेपाल एओटीए एल्मुनाई सोसाइटी काठमाडौका अध्यक्ष महेशकुमार नकर्मीले भीमआधार सामुदायिक स्कुलका अध्यक्ष सिताराम थापालाई आइतबार कम्प्युटर हस्तान्तरण गर्नुभयो ।

भीमआधार सामुदायिक स्कुलका प्रशासन प्रमुख तथा एनप्याव्सन प्रदेश नं. ३ का सदस्य सुरेन्द्र राज थिकेको सहकार्य तथा समन्वयमा कम्प्युटर हस्तान्तरण भएको हो । कम्प्युटर सहयोगसँगै विद्यालयसँगको मितेरी सम्बन्धको पहिलो चरण भएको र विद्यालय लगायत भीमफेदी आसपासका अस्पताल, विद्यालय तथा सामुदायमा आधारित संस्थाहरुलाई सहयोग गर्ने उद्देश्य रहेको नेपाल एओटीए एल्मुनाई सोसाइटी काठमाडौंका अध्यक्ष महेशकुमार नकर्मीले बताउनु भयो । सोसाइटीले शिक्षा स्वास्थ्य तालिम प्रविधिको समेत आवश्यक सहयोग पु¥याउने तथा विद्यालयको शैक्षिक क्रियाकलापका लागि आवश्यक भौतिक तथा शैक्षिक सामग्री सहयोग गर्ने बताउनु भयो । कार्यक्रममा नेपाल एओटीए एल्मुनाई सोसाइटी काठमाडौंका प्रथम उपाध्यक्ष प्रशान्तलाल श्रेष्ठ, द्वितीय उपाध्यक्ष अशोक कुमार अर्याल, कोषाध्यक्ष शिवकुमार श्रेष्ठ, सहसचिब नारायण बहादुर थापा, सहयोगी सूर्यलाल महर्जन, चन्द्रलाल नकर्मी, जितेन्द्र नकर्मी, धनेश्वरलाल श्रेष्ठको उपस्थिति रहेको थियो ।





कमेन्टसहरु



अन्तर्वार्ता

‘सामूहिक कार्यलाई सशक्त बनाउने छु’
सुरेश श्रेष्ठ/यमप्रसाद तिमल्सिना     224
शिक्षालाई सेवाको रुपमा हेर्नुपर्दछ
अमृत चिमरिया     1054
बेचबिखन रोक्न जनचेतना आवश्यक
प्रिया पौडेल     69
‘फुटबल पतनको बाटोतर्फ’
सुरेश श्रेष्ठ/अमृत चिमरिया     52

सम्पादकीय

प्रतिवद्धता कार्यान्वयन होस्
सम्पादकीय     8
क–कसले पाउने पारिश्रमिक ?
सम्पादकीय     5
पिछडिएका समुदाय नछुटुन
सम्पादकीय     7
प्रेरणादायी पुरस्कार
सम्पादकीय      6
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com



1284174 Times Visited.

  • सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
  • अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
  • प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Design and Develop :
Top