+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
अपराध

गाँजासहित एकजना पक्राउ



अपराध   60 पटक पढिएको        
हेटौंडाः मकवानपुर प्रहरीले लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ । बिहीबार राती २ बजेको समयमा मनहरी गाउँपालिका–९ स्थित कालिका सामुदायिक वनमा लागुऔषध तस्करहरुले गाँजा ल्याउँदै गरेको सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक चित्र बहादुर घलेको कमाण्डमा खटिएको टोलीले एकजनालाई पक्राउ गरेको हो ।



पक्राउ पर्नेमा राक्सीराङ गाउँपालिका–२ का ४२ वर्षीय पञ्चलाल मोक्तान परेका हुन् । मोक्तानको साथबाट प्रहरीले ४ वटा बोरामा गाँजा बरामद गरेको जनाएको छ । मोक्तानलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । त्यसैगरी बिहीबार राती नै साढे १ बजेको समयमा ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी गस्ती टोलीले सवारी साधनमा गस्ती गर्ने क्रममा हेटौंडा उपमहानगरपालिका–१९ दारीमटार नजिकबाट ६ वटा बोरामा १५७ केजी गाँजा बरामद गरेको छ । केही तस्करहरु बसिरहेको देखी गाडी रोकी लखेट्ने क्रममा सबै फरार भएको घटनास्थलबाट २ मोबाइल सेट बरामद गरिएको छ । तस्करहरुलाई पहिचान गरी पक्राउ गर्नेतर्फ कारवाही भैरहेको प्रहरीले जानकारी दिएको छ ।









सम्बन्धित शिर्षक समाचारहरु
  • वैठक भत्ता मात्रै २ करोड ७५ लाख

    हेटौंडा, ३२ असारः ३ नम्बर प्रदेश सरकारले आगामी आर्थिक वर्षमा कर्मचारी र पदाधिकारीहरुको लागि वैठक भत्ता मात्रै २ करोड ७५ लाख ५० हजार रुपैयाँ छुट्टाएको छ । प्रदेश सरकार अन्तर्गत प्रदेशका मन्त्रालाय, प्रदेश सभा सचिवालय, मुख्य न्यायधिवक्ताको कार्यालय, प्रदेश लेखा नियन्त्रकको कार्यालयमा हुने कर्मचारी तथा पदाधिकारीहरुको वैठक भत्तामा उक्त रकम खर्च हुने भएको हो ।
    राजनीति
    56     अमृत चिमरिया
  • ताप्लेजुङ सेमिफाईनलमा

    हेटौंडा, ३२ असारः हेटौंडामा जारी उपराष्ट्रपति महिला राष्ट्रिय फुटबल प्रतियोगिताको क्वाटरफाईनल खेलबाट ताप्लेजुङ सेमिफाईनलमा प्रवेश गरेको छ । क्वाटरफाईनल खेलअन्तर्गत आइतबार भएको पहिलो खेलमा ताप्लेजुङले सुर्खेतलाई १–० गोलअन्तरले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको हो ।
    खेलकुद
    1     समाज संवाददाता
  • मकवानपुरका मुक्तानलाई स्वर्ण

    हेटौंडा, ३२ असारः भारतमा भएको ‘माल्दा वेस्ट बङ्गाल इन्भिटेशन इन्टरनेशनल तेक्वान्दो च्याम्पियनशिप २०१८’को गेरुगी प्रतियोगिता ७८ किलो तर्फको खेलमा मकवानपुरका ओम कुमार मुक्तानले स्वर्ण पदक हासिल गरेका छन् ।
    खेलकुद
    5     समाज संवाददाता
  • विद्यालयमा बाध्य बनाइँदै क्रिसमस

    समाज संवाददाता हेटौंडाः भोलि सोमबार क्रिसमस मनाइँदैछ । नेपालमा पनि क्रिस्चियन धर्मावलम्बीहरुको संख्या उल्लेख्य वृद्धि भइरहेको छ । वर्षकै महत्वपूर्ण पर्वको रुपमा मनाइने क्रिसमस क्रिस्चियन समुदायले विशेष धार्मिक आस्थाका आधारमा मनाउने गरेका छन् । तर, मकवानपुरका केही निजि विद्यालयले क्रिस्चियन समुदायको धार्मिक पर्वलाई बाध्य बनाउने प्रयास गरिरहेको छ । विद्यार्थीलाई व्यवहारिक शिक्षा दिने नाममा धर्मको गैरकानुनी रुपमा धर्म प्रचार, धार्मिक अभ्यास गराउने प्रयास भइरहेको छ ।
    समाज
    996    
  • बिलखबन्दमा भूकम्प पीडित

    २०७२ सालको भूकम्प जति पीडादायक रह्यो त्यो भन्दा बढी पीडादायक छ ती पीडितमाथि सरकारले गरिरहेको बेवास्ता । सरकार भूकम्प पीडितलाई राहत दिने घोषणा गर्छ । अझ सरकार परिवर्तन भए लगत्तै नयाँ प्रधानमन्त्रीको घोषणा अनुदान बढाउने, छिटो काम गर्ने, जनताको ओँठमा हाँसो ल्याउने । नयाँ सरकारले घोषणाअनुसार काम गर्दैन, जनता फेरि निराश । भूकम्पले घर गुमाएका लाखौं जनताले केही समयअघि सरकारको पहिलो किस्ता अनुदान रकम पाए । दसैंको मुखमा ५० हजार रुपैयाँ पाएका भूकम्प पीडित मध्ये कतिपयले दसैंमा नै त्यो पैसा खर्च गरेका छन् । केहीले साँचेर दसैं, तिहार, छठ पछि घर बनाउन सुरु गरे ।
    विचार
    99    
  • प्रशासनिक आग्रहको वेवास्ता

    आगामी मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको तयारी तीव्ररुपमा भईरहेको छ । निर्वाचन आयोगले आफ्नो तर्फबाट गर्नु पर्ने सम्पूर्ण तयारी पुरा गरिसकेको छ । उसले निर्वाचनका दिन आवश्यक पर्ने मतपत्र तथा अन्य सामाग्रीहरु पनि जिल्ला जिल्ला पठाउन थालिसकेको जनाएको छ । पहिलो चरणमा निर्वाचन हुने जिल्लाहरुमा त समाग्रीहरु पु¥याइसकेको छ । यस्तै राजनीतिक दलका नेता, कार्यकर्ता, उम्मेदवार पनि मत माग्ने काममा व्यस्त छन् । उम्मेद्वारहरु यतिबेला मतमाग्दै जनताको घर, आँगन र खेतबारी मै पुग्न थालेका छन् । यसले निर्वाचन उल्लासमय तरिकाबाट अगाडि बढीरहेको देखिन्छ । हुन पनि निर्वाचन भनेको जनताले सार्वभौम सत्ताको अधिकार प्रयोग गर्ने एउटा महत्व पूर्ण अवसर हो । मतदाताले एकपटक प्रयोग गरेको अधिकारले आफुमाथि पाँच वर्षसम्म शासन गर्ने जिम्मेवारी प्रदान गरिएको हुन्छ । त्यसैले पनि निर्वाचनलाई उत्सव मात्र होईन कि महाउत्सव बनाउन सक्नु पर्दछ ।
    सम्पादकीय
    98     सम्पादकीय
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top