+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
अर्थ / व्यापार

मुलुक समृद्धीको बाटोमाः मुख्यमन्त्री पौडेल



अर्थ / व्यापार   3 पटक पढिएको   समाज संवाददाता     
हेटौंडा, १६ चैत्रः ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मुलुक समृद्धिको बाटोमा अगाडि बढेको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा हेटौंडामा बिहिबार भएको प्रादेशिक आर्थिक बहस कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले मुलुक आर्थिक मात्रै नभई सबै क्षेत्रमा समृद्धितर्फ अगाडि बढेको बताउनुभयो ।



 मुख्यमन्त्री पौडेलले तीनवटै तहका चुनाव सम्पन्न भईसकेको अवस्थामा देशले संक्रमणको एक चरण पूरा गरिसकेको बताउनुभयो । उहाँले देश संक्रमणबाट अघि बढेको बताउँदै अब विकास र समृद्धिका लागि सबै क्षेत्र लाग्नु पर्ने बताउनुभयो । मुख्य मन्त्री पौडेलले सरकार र निजी क्षेत्रले एक अर्कोलाई विश्वासमा लिएर साझेदारीको धारणाले काम गर्नुपर्ने बताउनुभएको छ ।

कार्यक्रममा ३ नम्बर प्रदेशमा लगानीको प्रचुर सम्भावना रहेकाले लगानीको वातावरण बनाउन निजी क्षेत्रले मुख्यमन्त्री पौडेलको ध्यानाकर्षण गराएको छ । कार्यक्रममा बोल्दै उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले प्रदेशमा आर्थिक समृद्धिको अत्यन्त सम्भावना रहेको भन्दै मुख्यमन्त्री पौडेललाई लगानीको वातावरण बनाउन आग्रह गर्नुभयो । उहाँले दुई छिमेकी देश भारत र चीनसँग सिमाना जोडिएका जिल्लाहरु यसै प्रदेशमा रहेकाले प्रदेश सरकारले लगानीमैत्री वातावरण बनाउने तर्फ ध्यान दिनुपर्ने बताउनुभयो । अध्यक्ष राणाले महासंघले नेपालमा लगानी बृद्धि गर्नका लागि दुई देशका लगानीकर्ता बीच छलफल गरिरहेको बताउँदै लगानीको वातावरण बनाउने तर्फ सरकार लाग्नु पर्ने बताउनुभयो । उहाँले ३ नम्बर प्रदेशमा लगानीको धेरै सम्भावना रहेकाल यहाँको आर्थिक, समाजिक, भौतिक, राजनैतिक र औद्योगिक क्षेत्रको विस्तृत सुधार गर्नुपर्ने सुझाव दिनुभयो । ३ नम्बर प्रदेशले देशको ५० प्रतिशत राजश्व, ३१ प्रतिशत कृषि, ७५ प्रतिशत बैंकिङ, ४४.५ प्रतिशत स्वस्थ्य सेवा र ३६ प्रतिशत उर्जामा योगदान पु¥याएको बताउँदै अध्यक्ष राणाले ३ नम्बर प्रदेशको आर्थिक समृद्धिमा उद्योग बाणिज्य महासंघले सधै साथ र सहयोग गर्ने बताउनुभएको छ । 

नेपाल उद्योग वाणिज्य महासंघ र नयाँ पत्रिका दैनिकको आयोजना तथा उद्योग वाणिज्य महासंघ ३ नं. प्रदेश र मकवानपुर उद्योग वाणिज्य संघको सहआयोजनामा कार्यक्रम सञ्चालन भएको हो । प्रदेशका आर्थिक तथा व्यावसायिक सम्भाव्यता र विकासका प्राथमिकता पहिचान लगायतका विषयमा विशेष छलफल भएको थियो । प्रदेश नम्बर ३ लाई कसरी आर्थिक एवम् राजनीतिक तवरबाट सम्पन्न बनाउन सकिन्छ भन्ने विषयमा भएको छलफलमा प्रदेश नम्बर ३ का प्रदेश तथा प्रतिनिधि सभाका सदस्यहहरु लगायत निजी क्षेत्रका व्यवसायीको सहभागिता रहेको थियो ।








सम्बन्धित शिर्षक समाचारहरु
  • वैठक भत्ता मात्रै २ करोड ७५ लाख

    हेटौंडा, ३२ असारः ३ नम्बर प्रदेश सरकारले आगामी आर्थिक वर्षमा कर्मचारी र पदाधिकारीहरुको लागि वैठक भत्ता मात्रै २ करोड ७५ लाख ५० हजार रुपैयाँ छुट्टाएको छ । प्रदेश सरकार अन्तर्गत प्रदेशका मन्त्रालाय, प्रदेश सभा सचिवालय, मुख्य न्यायधिवक्ताको कार्यालय, प्रदेश लेखा नियन्त्रकको कार्यालयमा हुने कर्मचारी तथा पदाधिकारीहरुको वैठक भत्तामा उक्त रकम खर्च हुने भएको हो ।
    राजनीति
    56     अमृत चिमरिया
  • ताप्लेजुङ सेमिफाईनलमा

    हेटौंडा, ३२ असारः हेटौंडामा जारी उपराष्ट्रपति महिला राष्ट्रिय फुटबल प्रतियोगिताको क्वाटरफाईनल खेलबाट ताप्लेजुङ सेमिफाईनलमा प्रवेश गरेको छ । क्वाटरफाईनल खेलअन्तर्गत आइतबार भएको पहिलो खेलमा ताप्लेजुङले सुर्खेतलाई १–० गोलअन्तरले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको हो ।
    खेलकुद
    1     समाज संवाददाता
  • मकवानपुरका मुक्तानलाई स्वर्ण

    हेटौंडा, ३२ असारः भारतमा भएको ‘माल्दा वेस्ट बङ्गाल इन्भिटेशन इन्टरनेशनल तेक्वान्दो च्याम्पियनशिप २०१८’को गेरुगी प्रतियोगिता ७८ किलो तर्फको खेलमा मकवानपुरका ओम कुमार मुक्तानले स्वर्ण पदक हासिल गरेका छन् ।
    खेलकुद
    5     समाज संवाददाता
  • विद्यालयमा बाध्य बनाइँदै क्रिसमस

    समाज संवाददाता हेटौंडाः भोलि सोमबार क्रिसमस मनाइँदैछ । नेपालमा पनि क्रिस्चियन धर्मावलम्बीहरुको संख्या उल्लेख्य वृद्धि भइरहेको छ । वर्षकै महत्वपूर्ण पर्वको रुपमा मनाइने क्रिसमस क्रिस्चियन समुदायले विशेष धार्मिक आस्थाका आधारमा मनाउने गरेका छन् । तर, मकवानपुरका केही निजि विद्यालयले क्रिस्चियन समुदायको धार्मिक पर्वलाई बाध्य बनाउने प्रयास गरिरहेको छ । विद्यार्थीलाई व्यवहारिक शिक्षा दिने नाममा धर्मको गैरकानुनी रुपमा धर्म प्रचार, धार्मिक अभ्यास गराउने प्रयास भइरहेको छ ।
    समाज
    996    
  • बिलखबन्दमा भूकम्प पीडित

    २०७२ सालको भूकम्प जति पीडादायक रह्यो त्यो भन्दा बढी पीडादायक छ ती पीडितमाथि सरकारले गरिरहेको बेवास्ता । सरकार भूकम्प पीडितलाई राहत दिने घोषणा गर्छ । अझ सरकार परिवर्तन भए लगत्तै नयाँ प्रधानमन्त्रीको घोषणा अनुदान बढाउने, छिटो काम गर्ने, जनताको ओँठमा हाँसो ल्याउने । नयाँ सरकारले घोषणाअनुसार काम गर्दैन, जनता फेरि निराश । भूकम्पले घर गुमाएका लाखौं जनताले केही समयअघि सरकारको पहिलो किस्ता अनुदान रकम पाए । दसैंको मुखमा ५० हजार रुपैयाँ पाएका भूकम्प पीडित मध्ये कतिपयले दसैंमा नै त्यो पैसा खर्च गरेका छन् । केहीले साँचेर दसैं, तिहार, छठ पछि घर बनाउन सुरु गरे ।
    विचार
    99    
  • प्रशासनिक आग्रहको वेवास्ता

    आगामी मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको तयारी तीव्ररुपमा भईरहेको छ । निर्वाचन आयोगले आफ्नो तर्फबाट गर्नु पर्ने सम्पूर्ण तयारी पुरा गरिसकेको छ । उसले निर्वाचनका दिन आवश्यक पर्ने मतपत्र तथा अन्य सामाग्रीहरु पनि जिल्ला जिल्ला पठाउन थालिसकेको जनाएको छ । पहिलो चरणमा निर्वाचन हुने जिल्लाहरुमा त समाग्रीहरु पु¥याइसकेको छ । यस्तै राजनीतिक दलका नेता, कार्यकर्ता, उम्मेदवार पनि मत माग्ने काममा व्यस्त छन् । उम्मेद्वारहरु यतिबेला मतमाग्दै जनताको घर, आँगन र खेतबारी मै पुग्न थालेका छन् । यसले निर्वाचन उल्लासमय तरिकाबाट अगाडि बढीरहेको देखिन्छ । हुन पनि निर्वाचन भनेको जनताले सार्वभौम सत्ताको अधिकार प्रयोग गर्ने एउटा महत्व पूर्ण अवसर हो । मतदाताले एकपटक प्रयोग गरेको अधिकारले आफुमाथि पाँच वर्षसम्म शासन गर्ने जिम्मेवारी प्रदान गरिएको हुन्छ । त्यसैले पनि निर्वाचनलाई उत्सव मात्र होईन कि महाउत्सव बनाउन सक्नु पर्दछ ।
    सम्पादकीय
    98     सम्पादकीय
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top