: +०५७-५२६८३०, ९८५५०-६८२२७

शिक्षा


साधारणतर्फ एसईई सकियो

शिक्षा 14 पटक पढिएको




हेटौंडा, १८ चैत्रः साधारणतर्फ विद्यालय शिक्षा परीक्षा (एसईई) सकिएको छ । गत चैत ८ गतेबाट सुरु भएको एसईईको प्राविधिक बाहेकको सम्पुर्ण परीक्षा मकवानपुरमा शान्तिपुर्ण रुपमा सम्पन्न भएको जिल्ला शिक्षा कार्यालय मकवानपुरले जानकारी दिएको छ । मकवानपुरमा एसईईका लागि कुल २४ वटा परीक्षा केन्द्र निर्धारण गरेको थियो ।

परीक्षाका लागि मकवानपुरको बाग्मति, भीमफेदी र ईन्द्रसरोवर गाउँपालिकामा एक/एक वटा, बकैया र मनहरी गाउँपालिकामा दुई/दुई वटा, थाहानगरपालिकामा तीन वटा र हेटौंडा उपमहानगरपालिकामा १४ वटा गरी कुल २४ वटा परीक्षा केन्द्र तोकिएको थियो । मकवानपुरको १० वटा स्थानीय तह मध्ये राक्सिराङ, कैलाश र मकवानपुरगढी गाउँपालिकामा भने एसईईको केन्द्र नरहेको जिल्ला शिक्षा कार्यालय मकवानपुरले बताएको छ । २४ वटा परीक्षा केन्द्रबाट मकवानपुरमा ६ हजार १ सय ७२ जना विद्यार्थीले परीक्षा दिएका छन् । मकवानपुरमा नियमित, पूरक तथा प्राविधिक गरी जम्मा ६ हजार ३ सय ५२ जनाले परीक्षाको लागि फारम भरकोमा १ सय ८० जना विद्यार्थीहरु परिक्षाका लागि अयोग्य रहेको जिल्ला शिक्षा कार्यालय मकवानपुरले जानकारी दिएको छ । एसईईमा प्राविधिकतर्फको परीक्षा भने मंगलबारसम्म सञ्चालन हुनेछ ।





कमेन्टसहरु



अन्तर्वार्ता

‘सामूहिक कार्यलाई सशक्त बनाउने छु’
सुरेश श्रेष्ठ/यमप्रसाद तिमल्सिना     224
शिक्षालाई सेवाको रुपमा हेर्नुपर्दछ
अमृत चिमरिया     1054
बेचबिखन रोक्न जनचेतना आवश्यक
प्रिया पौडेल     69
‘फुटबल पतनको बाटोतर्फ’
सुरेश श्रेष्ठ/अमृत चिमरिया     52

सम्पादकीय

प्रतिवद्धता कार्यान्वयन होस्
सम्पादकीय     8
क–कसले पाउने पारिश्रमिक ?
सम्पादकीय     5
पिछडिएका समुदाय नछुटुन
सम्पादकीय     7
प्रेरणादायी पुरस्कार
सम्पादकीय      6
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com



1284182 Times Visited.

  • सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
  • अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
  • प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Design and Develop :
Top