: +०५७-५२६८३०, ९८५५०-६८२२७

शिक्षा


४ वटा विद्यालयको अनुगमन

शिक्षा 29 पटक पढिएको




हेटौंडा, १८ चैत्रः हेटौंडा उपमहानगरपालिकाले शुक्रबार हेटौंडा वडा नम्बर ५ मा रहेका ४ वटा विद्यालयको अनुगमन गरेको छ । हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना लामाको संयोजकत्वमा कक्षा ८ को परीक्षा सञ्चालन भएका ४ वटा विद्यालयको अनुगमन गरेको हो ।

शुक्रबार ३ वटा नीजि विद्यालय र एउटा सामुदायिक विद्यालयको अनुगमन गरिएको छ । रिलायन्स स्कुल, सिद्धार्थ शिशु सदन मावि, जीएस निकेतन र बालज्योति माविको अनुगमन गरिएको छ । सिद्धार्थ शिशु सदनमा ६६ जना, जिएसमा १ सय ३०, रिलायन्समा ४८ जना, बालज्योति माविमा ५४ जनाले कक्षा ८ को परीक्षा दिएका छन् । अनुगमनका क्रममा उपमेयर मिना लामाले नगर क्षेत्रका खेल्ने मैदान, पठनपाठनको राम्रो वातावरण, सरसफाईमा ध्यान दिन आग्रह गर्नुभयो । परीक्षा शान्त, व्यवस्थित र मर्यादित रुपमा सञ्चालन भईरहेको छ । अनुगमनका क्रममा उपमेयर लामाले निजी विद्यालयहरुलाई परीक्षामा विद्यार्थीलाई सहज वातावरण तयार गर्दै एउटा बेन्चमा २ जनाभन्दा बढी नराख्न अनुरोध गर्नुभयो ।

परीक्षा समयमा सुरु गरेर समयमै सक्न पनि अनुरोध गर्नुभएको थियो । यसवर्षबाट कक्षा ८ को परीक्षा उपमहानगरपालिकाले सञ्चालन गरेकोले विद्यालयको अवस्था र परीक्षाको अवलोकन गर्न अनुगमन गरिएको हो । अनुगमनमा हेटौंडा उपमहानगरपालिकाकी शिक्षा अधिकृत शारदा मैनाली, कक्षा ८ को परीक्षा अनुगमन समितिका सुभद्रा अधिकारी, गणेश प्रसाद हुमागाई, वडा नम्बर ५ का अध्यक्ष राजेश बानियाँ लगायतको उपस्थिति रहेको थियो ।





कमेन्टसहरु



अन्तर्वार्ता

‘सामूहिक कार्यलाई सशक्त बनाउने छु’
सुरेश श्रेष्ठ/यमप्रसाद तिमल्सिना     224
शिक्षालाई सेवाको रुपमा हेर्नुपर्दछ
अमृत चिमरिया     1054
बेचबिखन रोक्न जनचेतना आवश्यक
प्रिया पौडेल     69
‘फुटबल पतनको बाटोतर्फ’
सुरेश श्रेष्ठ/अमृत चिमरिया     52

सम्पादकीय

प्रतिवद्धता कार्यान्वयन होस्
सम्पादकीय     8
क–कसले पाउने पारिश्रमिक ?
सम्पादकीय     5
पिछडिएका समुदाय नछुटुन
सम्पादकीय     7
प्रेरणादायी पुरस्कार
सम्पादकीय      6
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com



1284197 Times Visited.

  • सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
  • अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
  • प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Design and Develop :
Top