+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
सम्पादकीय

हिंसाविरुद्ध महिलाको सक्रियता



सम्पादकीय   99 पटक पढिएको   सम्पादकीय     
लैंगिक दृष्टिकोणले महिलामाथि विभिन्न प्रकारका हिंसात्मक कार्यहरु भईरहेका छन् । शारीरिक र मानसिक दुबै खालका हिंसाबाट महिलाहरु पीडित बन्ने गरेका छन् । यो क्रम हिजो पनि थियो र आज पनि कायम नै छ । बलात्कार, यौन शोषण, बालबिवाह, बहुबिवाह र दाईजो जस्ता कुराबाट हुने हिंसा शारीरिक हिंसा हुन भने, कार्यालय र अन्य ठाउँमा हुने खालका बोली, सङ्केत अन्य आदिबाट गरिने दुव्र्यवहार, अपमान, भेदभाव मानसिक हिंसाका रुपमा रहेका छन् । यस्ता हिंसाहरु उचित मात्रामा चेतनाको अभाव, अधिकारको अभाव तथा अन्य वातावरणले समेत बढेको देखिन्छ ।



आजभोलि महिला हिंसा विरुद्ध चर्को आवाज उठेपनि हिंसात्मक कार्यहरु दिन प्रतिदिन बढ्दै गएका छन् । संख्याको हिसाबले यस्ता घटनामा न्यूनीकरण भएको पनि हुन सक्छ तर सार्वजनिक भएका हिसावले हेर्ने हो भने घटना बढेको देखिन्छ । तर पछिल्लो समय महिलाहरु स्वयम् सचेत भएको अवस्था छ । हिजो सामाजिक हेलत्वको डरका कारण पनि पीडितहरु पीडालाई लुकाउन बाध्य हुन्थे । तर पछिल्लो समय महिलाहरु स्वयम् जागरुक भएका छन् । अनि समाज पनि पीडितको पक्षमा उभिन थालेपछि घटनाहरु सार्वजनिक भएका छन् ।

पछिल्लो समय देशका विभिन्न स्थानमा भइरहेको बलात्कारका घटना विरुद्ध हेटौंडाका यूवा पनि त्यसको प्रतिरोधमा निस्किएका छन् । महिलाहरु बलात्कारको शिकार बन्दै आएकोमा पीडकलाई फाँसी दिनुपर्ने माग गर्दै सोही अनुसारको कानूनी व्यवस्थाको माग पनि गरेका छन् । यति असभ्य घटनामा संलग्न हुनेहरुलाई अन्य मुलुकले फाँसीको सजाय दिने गरेको छ । त्यसैले युवाहरुको माग स्वभाविक र जायज नै छ । हुन त नेपालको संविधानले मृत्युदण्डलाई स्विकार गरेको छैन । तर समाजमा अपराधलाई निरुत्साहित गर्ने हो भने त्यस प्रकारका कानून निर्माण गर्न अब सोच्नु पर्ने अवस्था देखिन्छ । महिलाले दाईजो नल्याएका कारण यातना सहनु पर्ने, बोक्सीको आरोप लगाएर घर निकाला गरिने, बालबिवाह, बहुबिवाह, देहव्यापार, गरीबी, बेरोजगारी, मानसिक यातना, गालीगलौज, जबर्जस्ती करणी, बैवाहिक बलात्कार, चेलीबेटी बेचविखन र ओसारपसार, हाडनातामा करणी, वैदेशिक रोजगारीको नाममा ठगी, यौन शोषण, यौन दुरूत्साहन, लगायतका हिंसाले नेपाली महिलाहरु पीडित छन् ।

बलात्कार तथा हिंसामा परेका महिलाहरुको अधिकारका लागि राज्यले विशेष कार्यक्रम ल्याउनु जरुरी छ । यसका लागि प्रहरीको महिला सेल, महिला आयोग वा स्थानीय तहमा उजुरी गर्न सकिने व्यवस्थालाई अझै प्रभावकारी बनाउनु पर्छ । पीडित महिलालाई सुरक्षा दिनको लागि महिला सुरक्षा घरहरुको विस्तार गर्ने र त्यहाँ पीडितलाई राख्ने अवधि पनि बढाएउनु पर्ने, छिटो छरितो अनुसन्धान र अभियोजनमा सरकारले अझै ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता छ । यस्तै महिला स्वयम् पनि सचेत बन्नु पर्छ । आफु माथि भएका घटनालाई समाज र परिवारको इज्जतका नाममा लुकाई राख्ने हो भने हिंसाका घटना दिन प्रतिदिन थपिने छन् । तर घटनालाई सार्वजनिक गरेर आईपर्ने समस्याको मुकाविला गर्ने आँट महिला स्वयम्ले गरेमा पक्कै पनि बलात्कार तथा हिंसाका घटना न्यूनिकरण हुन जाने छन् । पछिल्लो समय महिलाहरु पनि सक्रिय नभएका होईनन् तर पनि अभियानकै रुपमा हिंसा विरुद्ध लाग्नु पर्ने देखिन्छ । घटना भई सकेपछि नारा, जुलुस गर्ने र न्यायको माग गर्नु भन्दा हिंसा हुन नदिने गरी सचेत बनाउने अभियान आजको खाँचो हो ।








सम्बन्धित शिर्षक समाचारहरु
  • काठमाडौं फाईनलमा

    हेटौंडा, १ साउनः हेटौंडामा जारी उपराष्ट्रपति महिला राष्ट्रिय फुटबल प्रतियोगितामा काठमाडौं फाईनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा मकवानपुरलाई ३–० गोलअन्तरले पराजित गर्दै काठमाडौं फाईनलमा प्रवेश गरेको हो ।
    खेलकुद
    4     समाज संवाददाता
  • १६५० बिरुवा वितरण

    मनहरी, १ साउनः मनहरी गाउँपालिका वडा नम्बर ६ मा रहेको डिपाट सामुदायिक वन उपभोक्ता समुहले आफ्ना उपभोक्ताहरुलाई विभिन्न प्रजातिका बिरुवाहरु बितरण गरेको छ । ‘एक घर एक बिरुवा रोपांै ,स्वच्छ वातावरण बनाऔं’ भन्ने मुल नाराका साथ ८ प्रजातिका १ हजार ६ सय ५० बिरुवा वितरण गरिएको थियो ।
    समाज
         समाज संवाददाता
  • विपद् व्यवस्थापन समिति गठन

    हेटौंडा, १ साउनः हेटौंडा उपमहानगरपालिका वडा नं. ९ मा विपद् व्यवस्थापन समिति गठन गरिएको छ । वडामा आइपर्ने बाढी, पहिरो, आगलागी जस्ता विपद्को न्युनिकरण गर्नको लागि समिति गठन गरिएको हो ।
    समाज
    1     समाज संवाददाता
  • विद्यालयमा बाध्य बनाइँदै क्रिसमस

    समाज संवाददाता हेटौंडाः भोलि सोमबार क्रिसमस मनाइँदैछ । नेपालमा पनि क्रिस्चियन धर्मावलम्बीहरुको संख्या उल्लेख्य वृद्धि भइरहेको छ । वर्षकै महत्वपूर्ण पर्वको रुपमा मनाइने क्रिसमस क्रिस्चियन समुदायले विशेष धार्मिक आस्थाका आधारमा मनाउने गरेका छन् । तर, मकवानपुरका केही निजि विद्यालयले क्रिस्चियन समुदायको धार्मिक पर्वलाई बाध्य बनाउने प्रयास गरिरहेको छ । विद्यार्थीलाई व्यवहारिक शिक्षा दिने नाममा धर्मको गैरकानुनी रुपमा धर्म प्रचार, धार्मिक अभ्यास गराउने प्रयास भइरहेको छ ।
    समाज
    996    
  • प्रशासनिक आग्रहको वेवास्ता

    आगामी मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको तयारी तीव्ररुपमा भईरहेको छ । निर्वाचन आयोगले आफ्नो तर्फबाट गर्नु पर्ने सम्पूर्ण तयारी पुरा गरिसकेको छ । उसले निर्वाचनका दिन आवश्यक पर्ने मतपत्र तथा अन्य सामाग्रीहरु पनि जिल्ला जिल्ला पठाउन थालिसकेको जनाएको छ । पहिलो चरणमा निर्वाचन हुने जिल्लाहरुमा त समाग्रीहरु पु¥याइसकेको छ । यस्तै राजनीतिक दलका नेता, कार्यकर्ता, उम्मेदवार पनि मत माग्ने काममा व्यस्त छन् । उम्मेद्वारहरु यतिबेला मतमाग्दै जनताको घर, आँगन र खेतबारी मै पुग्न थालेका छन् । यसले निर्वाचन उल्लासमय तरिकाबाट अगाडि बढीरहेको देखिन्छ । हुन पनि निर्वाचन भनेको जनताले सार्वभौम सत्ताको अधिकार प्रयोग गर्ने एउटा महत्व पूर्ण अवसर हो । मतदाताले एकपटक प्रयोग गरेको अधिकारले आफुमाथि पाँच वर्षसम्म शासन गर्ने जिम्मेवारी प्रदान गरिएको हुन्छ । त्यसैले पनि निर्वाचनलाई उत्सव मात्र होईन कि महाउत्सव बनाउन सक्नु पर्दछ ।
    सम्पादकीय
    98     सम्पादकीय
  • ५० भन्दा बढि हिरासतमा

    हेटौंडा, २० मंसिरः विभिन्न अभियोगमा प्रहरीले पक्राउ गरेका मंगलबारसम्म ५० जना भन्दा बढि हिरासतमा रहेका छन् । आज बुधबार केहि हिरासतमुक्त भए तापनि मतदानको दिनमा ५० भन्दा बढि हिरासतमै रहने प्रहरी उपरीक्षक विकास राज खनालले जानकारी दिनुभयो । हिरासतमा रहनेहरु मतदानको अवसरबाट बञ्चित हुनेछन् ।
    अपराध
    98     समाज संवाददाता
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top