: +०५७-५२६८३०, ९८५५०-६८२२७

सम्पादकीय


हिंसाविरुद्ध महिलाको सक्रियता

सम्पादकीय 53 पटक पढिएको सम्पादकीय




लैंगिक दृष्टिकोणले महिलामाथि विभिन्न प्रकारका हिंसात्मक कार्यहरु भईरहेका छन् । शारीरिक र मानसिक दुबै खालका हिंसाबाट महिलाहरु पीडित बन्ने गरेका छन् । यो क्रम हिजो पनि थियो र आज पनि कायम नै छ । बलात्कार, यौन शोषण, बालबिवाह, बहुबिवाह र दाईजो जस्ता कुराबाट हुने हिंसा शारीरिक हिंसा हुन भने, कार्यालय र अन्य ठाउँमा हुने खालका बोली, सङ्केत अन्य आदिबाट गरिने दुव्र्यवहार, अपमान, भेदभाव मानसिक हिंसाका रुपमा रहेका छन् । यस्ता हिंसाहरु उचित मात्रामा चेतनाको अभाव, अधिकारको अभाव तथा अन्य वातावरणले समेत बढेको देखिन्छ ।

आजभोलि महिला हिंसा विरुद्ध चर्को आवाज उठेपनि हिंसात्मक कार्यहरु दिन प्रतिदिन बढ्दै गएका छन् । संख्याको हिसाबले यस्ता घटनामा न्यूनीकरण भएको पनि हुन सक्छ तर सार्वजनिक भएका हिसावले हेर्ने हो भने घटना बढेको देखिन्छ । तर पछिल्लो समय महिलाहरु स्वयम् सचेत भएको अवस्था छ । हिजो सामाजिक हेलत्वको डरका कारण पनि पीडितहरु पीडालाई लुकाउन बाध्य हुन्थे । तर पछिल्लो समय महिलाहरु स्वयम् जागरुक भएका छन् । अनि समाज पनि पीडितको पक्षमा उभिन थालेपछि घटनाहरु सार्वजनिक भएका छन् ।

पछिल्लो समय देशका विभिन्न स्थानमा भइरहेको बलात्कारका घटना विरुद्ध हेटौंडाका यूवा पनि त्यसको प्रतिरोधमा निस्किएका छन् । महिलाहरु बलात्कारको शिकार बन्दै आएकोमा पीडकलाई फाँसी दिनुपर्ने माग गर्दै सोही अनुसारको कानूनी व्यवस्थाको माग पनि गरेका छन् । यति असभ्य घटनामा संलग्न हुनेहरुलाई अन्य मुलुकले फाँसीको सजाय दिने गरेको छ । त्यसैले युवाहरुको माग स्वभाविक र जायज नै छ । हुन त नेपालको संविधानले मृत्युदण्डलाई स्विकार गरेको छैन । तर समाजमा अपराधलाई निरुत्साहित गर्ने हो भने त्यस प्रकारका कानून निर्माण गर्न अब सोच्नु पर्ने अवस्था देखिन्छ । महिलाले दाईजो नल्याएका कारण यातना सहनु पर्ने, बोक्सीको आरोप लगाएर घर निकाला गरिने, बालबिवाह, बहुबिवाह, देहव्यापार, गरीबी, बेरोजगारी, मानसिक यातना, गालीगलौज, जबर्जस्ती करणी, बैवाहिक बलात्कार, चेलीबेटी बेचविखन र ओसारपसार, हाडनातामा करणी, वैदेशिक रोजगारीको नाममा ठगी, यौन शोषण, यौन दुरूत्साहन, लगायतका हिंसाले नेपाली महिलाहरु पीडित छन् ।

बलात्कार तथा हिंसामा परेका महिलाहरुको अधिकारका लागि राज्यले विशेष कार्यक्रम ल्याउनु जरुरी छ । यसका लागि प्रहरीको महिला सेल, महिला आयोग वा स्थानीय तहमा उजुरी गर्न सकिने व्यवस्थालाई अझै प्रभावकारी बनाउनु पर्छ । पीडित महिलालाई सुरक्षा दिनको लागि महिला सुरक्षा घरहरुको विस्तार गर्ने र त्यहाँ पीडितलाई राख्ने अवधि पनि बढाएउनु पर्ने, छिटो छरितो अनुसन्धान र अभियोजनमा सरकारले अझै ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता छ । यस्तै महिला स्वयम् पनि सचेत बन्नु पर्छ । आफु माथि भएका घटनालाई समाज र परिवारको इज्जतका नाममा लुकाई राख्ने हो भने हिंसाका घटना दिन प्रतिदिन थपिने छन् । तर घटनालाई सार्वजनिक गरेर आईपर्ने समस्याको मुकाविला गर्ने आँट महिला स्वयम्ले गरेमा पक्कै पनि बलात्कार तथा हिंसाका घटना न्यूनिकरण हुन जाने छन् । पछिल्लो समय महिलाहरु पनि सक्रिय नभएका होईनन् तर पनि अभियानकै रुपमा हिंसा विरुद्ध लाग्नु पर्ने देखिन्छ । घटना भई सकेपछि नारा, जुलुस गर्ने र न्यायको माग गर्नु भन्दा हिंसा हुन नदिने गरी सचेत बनाउने अभियान आजको खाँचो हो ।





कमेन्टसहरु



अन्तर्वार्ता

‘सामूहिक कार्यलाई सशक्त बनाउने छु’
सुरेश श्रेष्ठ/यमप्रसाद तिमल्सिना     223
शिक्षालाई सेवाको रुपमा हेर्नुपर्दछ
अमृत चिमरिया     1054
बेचबिखन रोक्न जनचेतना आवश्यक
प्रिया पौडेल     67
‘फुटबल पतनको बाटोतर्फ’
सुरेश श्रेष्ठ/अमृत चिमरिया     51

सम्पादकीय

प्रतिवद्धता कार्यान्वयन होस्
सम्पादकीय     4
क–कसले पाउने पारिश्रमिक ?
सम्पादकीय     4
पिछडिएका समुदाय नछुटुन
सम्पादकीय     6
प्रेरणादायी पुरस्कार
सम्पादकीय      6
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com



1281047 Times Visited.

  • सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
  • अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
  • प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Design and Develop :
Top