: +०५७-५२६८३०, ९८५५०-६८२२७

अर्थ / व्यापार


थोकबजार गुरुयोजनाको तयारी/ जग्गामै अझिल्यो थोकबजार

अर्थ / व्यापार 43 पटक पढिएको प्रिया पौडेल




हेटौैंडा, १९ चैत्रः हेटौंडामा कृषिउपज थोकबजार निर्माणको लागि गुरुयोजना निर्माण हुने भएको छ । मकवानपुरका कृषकले कृषि उत्पादनको बजार र उचित मूल्य नपाउने समस्यालाई समाधान गर्न पनि हेटौंडामा थोकबजार आवश्यक देखिएको हो । २०७० सालदेखि नै व्यवस्थित थोकबजार निर्माणको लागि समिति निर्माण गरेर जग्गाको समेत निर्णय भएपनि हालसम्म पनि बजार निर्माणको तयारी अगाडि बढ्न सकेको छैन ।

कृषिउपज थोकबजार व्यवस्थापन समितिका अध्यक्ष गोविन्द दाहालका अनुसार २०७० सालमा उपमहानगरपालिकाले हेटौंडा–११ मा रहेको जमिनमा थोकबजार निर्माण गर्ने निर्णय गरेको थियो । तत्कालिन समयमा थानाभ¥याङमा रहेको ४ बिगाहा १९ कठ्ठा १२ धुर जमिनमा थोकबजार निर्माण गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो । उपमहानगरपालिकाले निर्णय गरेको जमिनमा हाल ट्रक पार्किङ भईरहेको छ । यस्तै, २०७३ सालमा सरोकारवाला सबैको सहभागितामा भएको गोष्ठीले पनि तत्काल बजार निर्माण गर्ने प्रस्ताव गरेको थियो । तर, हालसम्म पनि थोकबजार निर्माणको लागि जग्गाको निक्र्यौल हुन सकेको छैन । पहिले तोकिएको स्थानमा बजार विस्तार नगर्ने भए विकल्प दिन समेत उपमहानगरपालिकालाई आग्रह गर्नुभयो ।

कृषि व्यवसाय प्रबद्र्धन तथा बजार विकास निर्देशनालयका कार्यक्रम निर्देशक लक्ष्मण प्रसाद पौडेलले हेटौंडाको कृषि बजार निकै सकसपूर्ण रहेको बताउनुभयो । नेपालमा साना ठूला कृषि बजार तथा हाटबजार सहित १ हजार ७ सय वटा बजार रहेको जानकारी दिँदै उहाँले नेपालमा २७ वटा थोकबजार रहेको बताउनुभयो । थोकबजार निर्माणको लागि कृष्ण एण्ड कृष्ण कन्सल्टेन्सीलाई जिम्मा दिएको बताउनुभयो । उहाँका अनुसार जग्गा निक्र्यौल नभएसम्म कर्मचारी आउन सक्ने अवस्था छैन । थोकबजार निर्माणको लागि अध्ययन गरेर अनुमानित आय व्यय, कृषि उत्पादन सहितको गुरुयोजना निर्माण गरेर पेश गर्न अनुरोध गर्नुभयो ।

कृषि, भूमी व्यवस्था तथा सहकारी मन्त्रालयका भूमी निमित्त सचिव निर्मल गदालले थोकबजार निर्माणको लागि कम्पनि र बजेट तयार छ तर, जग्गाको स्पष्ट व्यवस्था हुन सकेको छैन । उहाँले भारततर्फ तरकारी निकासी हुने केन्द्रबिन्दुको रुपमा हेटौंडा रहेकोले कृषिउपज आधुनिक बजार निर्माण जरुरी रहेको बताउनुभयो । उहाँका अनुसार केही समय पहिले युएनसीडीएफ थोकबजार निर्माणको लागि तयार भएर आएको थियो तर, डीपीआर तयार नभएर प्रक्रिया अगाडि बढ्न सकेन । उहाँले हेटौंडा उपमहानगरपालिकामा थोकबजार निर्माणको लागि १० लाख रुपैयाँ स्वीकृत बजेट रहेको बताउनुभयो । मुख्यमन्त्रीका स्वकीय सचिव विके महर्जनले थोकबजार व्यवस्थित, पूर्ण सुरक्षा, बैंकिङ र कोल्डस्टोर सहितको हुनुपर्ने बताउनुभयो । कार्यक्रममा प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले थोकबजार निर्माणको लागि हेटौंडा–११ मा रहेको ट्रक पार्किङको क्षेत्र उपयुक्त भए थप छलफल गरेर अगाडि बढ्ने धारणा व्यक्त गर्नुभयो । कृषिउपज थोकबजार व्यवस्थापन समितिका अध्यक्ष गोविन्द दाहालको सभाध्यक्षतामा आइतबार अन्तरक्रिया भएको हो । कार्यक्रममा मत्स्य विकास केन्द्र हेटौंडाका प्रमुख सानुकाजी पछाई, हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडाका अध्यक्ष गोकर्ण पराजुली, राष्ट्रिय कृषक समूह महासंघ मकवानपुरका अध्यक्ष महानन्द सापकोटा, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालको उपस्थिति रहेको थियो ।





कमेन्टसहरु



अन्तर्वार्ता

‘सामूहिक कार्यलाई सशक्त बनाउने छु’
सुरेश श्रेष्ठ/यमप्रसाद तिमल्सिना     224
शिक्षालाई सेवाको रुपमा हेर्नुपर्दछ
अमृत चिमरिया     1054
बेचबिखन रोक्न जनचेतना आवश्यक
प्रिया पौडेल     69
‘फुटबल पतनको बाटोतर्फ’
सुरेश श्रेष्ठ/अमृत चिमरिया     52

सम्पादकीय

प्रतिवद्धता कार्यान्वयन होस्
सम्पादकीय     8
क–कसले पाउने पारिश्रमिक ?
सम्पादकीय     5
पिछडिएका समुदाय नछुटुन
सम्पादकीय     7
प्रेरणादायी पुरस्कार
सम्पादकीय      6
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com



1284110 Times Visited.

  • सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
  • अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
  • प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Design and Develop :
Top