+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
सम्पादकीय

योजनामै सीमित थोकबजार



सम्पादकीय   13 पटक पढिएको   सम्पादकीय     
मकवानपुर खाद्यान्न भन्दा तरकारीका लागि उर्वर भूमिका रुपमा परिचित छ । जिल्लामा तरकारीको व्यावसायिक खेती हुने क्षेत्र र उत्पादनको दर बढ्दो क्रममा छ । जिल्लाका विभिन्न स्थानमा हुने कृषिजन्य उत्पादनको जिल्लाबाहिरको बजार खोजी गर्नु जरुरी भइसकेको छ । जिल्लाबाट उत्पादन भएको तरकारी व्यवसायीले काठमाडौ तथा अन्य जिल्लाहरुमा निर्यात हुने गरेको छ ।



जिल्लाभित्र हुने कृषिजन्य वस्तुको उत्पादनलाई अन्य जिल्ला र सम्भाव्यताअनुसार छिमेकी मुलुकमा निर्यात गर्न पनि हेटौंडामा कृषिउपज थोकबजार निर्माण गर्नु जरुरी छ । यसका लागि गुरुयोजना बनाउने तयारी भएको छ । बढ्दो व्यावसायिक खेती र उत्पादनबाट उचित लाभका लागि कृषक र व्यवसायी दुबैले व्यवस्थित थोकबजार स्थापनामा ध्यान दिनु आवश्यक छ । कृषिउपज थोकबजार निर्माणका लागि भन्दै केही वर्ष पहिला समिति नै गठन भएको थियो । तर सो समितिले आजसम्म कुनै पनि काम गर्न सकेको देखिएको छैन । हाल समितिको अस्तित्व नै छैन भन्दा पनि हुने अवस्था छ ।

कृषकले उत्पादन गरेका वस्तुको व्यवस्थित बजारीकरणमा ध्यान पुग्न सकेको छैन । जसका कारण किसानहरु आफ्ना उत्पादनको उचित मूल्यको लोभमा सडक, गल्ली–गल्ली डुलेर कृषिउपज विक्री गरिरहेको भेटिन्छ । डाला, डोकोमा बोकेर घरदैलोमा कृषिउपज विक्री गरिरहेको देखिन्छ । कृषकले महिनौं लगाएर दिनरात खेतबारीमा बिताएर गरेको उत्पादनको उचित मूल्यका लागि अझ घरदैलो गर्नुपर्ने स्थितिले व्यावसायिक उत्पादनलाई बल पुग्दैन । अहिले पनि सडकको दायाँबायाँ अव्यवस्थित तरिकाले कृषक आफैं आफ्ना कृषिउपज विक्री गरेर बसिरहेको भेट्न सकिन्छ । यसो हुनुमा व्यवसायीबाट उचित मूल्य नपाउनु नै प्रमुख कारण हो । कृषिउपजको व्यवस्थित बजार भएको भए किसानले उपयुक्त लाभ पाउने थिए भने व्यावसायिक खेतीको सम्भावना प्रचुर र सुरक्षित समेत हुने थियो । व्यवस्थित बजारले किसानहरुले विचौलियाको भर पर्नुपर्ने अवस्थाको अन्त्य हुनेछ । यस्तै उपभोक्ताहरुका लागि पनि सहज हुनेछ । 

हेटौडामा धेरै पहिला नै थोकबजार स्थापना हुनु आवश्यक थियो । तर, ढिलै भएमा पनि राम्रो कामको सुरुवात हुने लक्षण देखिएको छ । यस्ता योजनाहरु धेरै बन्ने र थोरैमात्र कार्यान्वयनमा जाने परम्परा छ । थोकबजार निर्माणले पनि यही नियति झेल्नु नपर्ला भन्न सकिँदैन । चार वर्ष पहिला नै हेटौंडा–११ को जग्गामा कृषिउपज थोकबजार निर्माण गर्ने निर्णय भएको भनिए पनि हाल सो स्थान अन्य कामका लागि प्रयोग भएको छ । बजार निर्माणका लागि गठन भएको समितिले पनि सो स्थानलाई आफ्नो अधिकारमा लिन सकेन भने निर्णयकर्ता संस्थाले पनि खासै महत्व दिएको पाईदैन । देशभर एक हजार सात सय साना हाट बजार सन्चालन भए पनि थोकबजारको संख्या धेरै कम छ । हालसम्म देशभर २७ वटा मात्र थोकबजार सन्चालनमा छन् । राज्यका तर्फबाट व्यवस्थापन गरिएका यस्ता बजार अपुग भएपछि हाल नीजी क्षेत्रबाट समेत थोकबजार सन्चालन हुन थालेका छन् । हेटौंडामा थोकबजार निर्माणका लागि बजेट व्यवस्था भए पनि जग्गाको समस्या छ । तर विगतमा नगरपालिकाले निर्णय गरेको जग्गाको खोजी भएको छैन । सो जग्गा अन्य पक्षले उपयोग गरेको हो भने त्यसको विकल्प दिने दायित्व पनि अब स्थानीय तहको हो । अहिले निर्वाचित प्रतिनिधि नै भएका बेला स्थानीय तह आफैंमा सरकारको रुपमा रहेका बेला कृषिउपजको बजारीकरणमा सहयोग पुग्ने व्यवस्थित थोकबजार निर्माण छिटो भन्दा छिटो निर्माण गर्नुपर्छ । जसले व्यावसायिक कृषिलाई सुनिश्चित गरी निर्यातको सम्भावनालाई पनि आत्मसात गर्न सकोस् ।








सम्बन्धित शिर्षक समाचारहरु
  • वैठक भत्ता मात्रै २ करोड ७५ लाख

    हेटौंडा, ३२ असारः ३ नम्बर प्रदेश सरकारले आगामी आर्थिक वर्षमा कर्मचारी र पदाधिकारीहरुको लागि वैठक भत्ता मात्रै २ करोड ७५ लाख ५० हजार रुपैयाँ छुट्टाएको छ । प्रदेश सरकार अन्तर्गत प्रदेशका मन्त्रालाय, प्रदेश सभा सचिवालय, मुख्य न्यायधिवक्ताको कार्यालय, प्रदेश लेखा नियन्त्रकको कार्यालयमा हुने कर्मचारी तथा पदाधिकारीहरुको वैठक भत्तामा उक्त रकम खर्च हुने भएको हो ।
    राजनीति
    56     अमृत चिमरिया
  • ताप्लेजुङ सेमिफाईनलमा

    हेटौंडा, ३२ असारः हेटौंडामा जारी उपराष्ट्रपति महिला राष्ट्रिय फुटबल प्रतियोगिताको क्वाटरफाईनल खेलबाट ताप्लेजुङ सेमिफाईनलमा प्रवेश गरेको छ । क्वाटरफाईनल खेलअन्तर्गत आइतबार भएको पहिलो खेलमा ताप्लेजुङले सुर्खेतलाई १–० गोलअन्तरले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको हो ।
    खेलकुद
    1     समाज संवाददाता
  • मकवानपुरका मुक्तानलाई स्वर्ण

    हेटौंडा, ३२ असारः भारतमा भएको ‘माल्दा वेस्ट बङ्गाल इन्भिटेशन इन्टरनेशनल तेक्वान्दो च्याम्पियनशिप २०१८’को गेरुगी प्रतियोगिता ७८ किलो तर्फको खेलमा मकवानपुरका ओम कुमार मुक्तानले स्वर्ण पदक हासिल गरेका छन् ।
    खेलकुद
    5     समाज संवाददाता
  • विद्यालयमा बाध्य बनाइँदै क्रिसमस

    समाज संवाददाता हेटौंडाः भोलि सोमबार क्रिसमस मनाइँदैछ । नेपालमा पनि क्रिस्चियन धर्मावलम्बीहरुको संख्या उल्लेख्य वृद्धि भइरहेको छ । वर्षकै महत्वपूर्ण पर्वको रुपमा मनाइने क्रिसमस क्रिस्चियन समुदायले विशेष धार्मिक आस्थाका आधारमा मनाउने गरेका छन् । तर, मकवानपुरका केही निजि विद्यालयले क्रिस्चियन समुदायको धार्मिक पर्वलाई बाध्य बनाउने प्रयास गरिरहेको छ । विद्यार्थीलाई व्यवहारिक शिक्षा दिने नाममा धर्मको गैरकानुनी रुपमा धर्म प्रचार, धार्मिक अभ्यास गराउने प्रयास भइरहेको छ ।
    समाज
    996    
  • बिलखबन्दमा भूकम्प पीडित

    २०७२ सालको भूकम्प जति पीडादायक रह्यो त्यो भन्दा बढी पीडादायक छ ती पीडितमाथि सरकारले गरिरहेको बेवास्ता । सरकार भूकम्प पीडितलाई राहत दिने घोषणा गर्छ । अझ सरकार परिवर्तन भए लगत्तै नयाँ प्रधानमन्त्रीको घोषणा अनुदान बढाउने, छिटो काम गर्ने, जनताको ओँठमा हाँसो ल्याउने । नयाँ सरकारले घोषणाअनुसार काम गर्दैन, जनता फेरि निराश । भूकम्पले घर गुमाएका लाखौं जनताले केही समयअघि सरकारको पहिलो किस्ता अनुदान रकम पाए । दसैंको मुखमा ५० हजार रुपैयाँ पाएका भूकम्प पीडित मध्ये कतिपयले दसैंमा नै त्यो पैसा खर्च गरेका छन् । केहीले साँचेर दसैं, तिहार, छठ पछि घर बनाउन सुरु गरे ।
    विचार
    99    
  • प्रशासनिक आग्रहको वेवास्ता

    आगामी मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको तयारी तीव्ररुपमा भईरहेको छ । निर्वाचन आयोगले आफ्नो तर्फबाट गर्नु पर्ने सम्पूर्ण तयारी पुरा गरिसकेको छ । उसले निर्वाचनका दिन आवश्यक पर्ने मतपत्र तथा अन्य सामाग्रीहरु पनि जिल्ला जिल्ला पठाउन थालिसकेको जनाएको छ । पहिलो चरणमा निर्वाचन हुने जिल्लाहरुमा त समाग्रीहरु पु¥याइसकेको छ । यस्तै राजनीतिक दलका नेता, कार्यकर्ता, उम्मेदवार पनि मत माग्ने काममा व्यस्त छन् । उम्मेद्वारहरु यतिबेला मतमाग्दै जनताको घर, आँगन र खेतबारी मै पुग्न थालेका छन् । यसले निर्वाचन उल्लासमय तरिकाबाट अगाडि बढीरहेको देखिन्छ । हुन पनि निर्वाचन भनेको जनताले सार्वभौम सत्ताको अधिकार प्रयोग गर्ने एउटा महत्व पूर्ण अवसर हो । मतदाताले एकपटक प्रयोग गरेको अधिकारले आफुमाथि पाँच वर्षसम्म शासन गर्ने जिम्मेवारी प्रदान गरिएको हुन्छ । त्यसैले पनि निर्वाचनलाई उत्सव मात्र होईन कि महाउत्सव बनाउन सक्नु पर्दछ ।
    सम्पादकीय
    98     सम्पादकीय
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top