: +०५७-५२६८३०, ९८५५०-६८२२७

अर्थ / व्यापार


पहिलो पटक आर्थिक गणना हुँदै/ मकवानपुरमा ६३ गणक खटिने

अर्थ / व्यापार 18 पटक पढिएको समाज संवाददाता




हेटौंडा, २० चैत्रः नेपालमा नै पहिलो पटक आर्थिक गणना हुने भएको छ । मकवानपुरमा बैशाख १ गतेबाट जेठ १५ गतेसम्म ६३ जना गणकद्वारा आर्थिक गणना हुने भएको छ । आर्थिक प्रतिष्ठान तथा व्यवसायहरुको व्यावसायिक क्रियाकलाप सम्बन्धी वर्तमान अवस्था र वित्तीय पक्षसहित आधारभूत तथ्याङ्क संकलन गर्ने उद्देश्यले आर्थिक गणना हुन लागेको हो ।

जिल्ला आर्थिक गणना कार्यालय मकवानपुरको चैत १ गते अस्थायी कार्यालय स्थापना गरेर आर्थिक गणनाको कार्यक्रम अगाडि बढाईएको हो । आर्थिक इकाईहरुको वितरण संकलन, प्रशोधन विश्लेषण, प्रकाशन र वितरण गर्ने समष्टिगत गर्ने भएको छ । आर्थिक गणनामा आर्थिक उपार्जनको लागि सञ्चालनमा रहेका प्रतिष्ठानको मात्र गणना गरिने जिल्ला आर्थिक गणना अधिकृत नवराज पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्येक गाउँपालिका, टोल तथा घरघरमा नै गएर आर्थिक गणना हुन्छ । राष्ट्रिय लेखा प्रणाली सुदृढीकरण गर्न तथ्याङ्क उपलब्ध गराउने, तल्लो तहसम्मको तथ्याङ्क संकलन गर्ने उद्देश्यले गणना हुन लागेको हो । आर्थिक गणनाले नेपालको भूभाग भित्र गणनाको दिनमा अस्तित्वमा वा सञ्चालनमा रहेको सबै प्रकारका प्रतिष्ठानलाई समेट्ने अधिकृत पौडेलले बताउनुभयो । गणनाले कृषि, वन तथा मत्स्य अन्तर्गत वर्गीकृत दर्ता भएको, सार्वजनिक प्रशासन र रक्षा अनिवार्य सामाजिक सुरक्षा अन्तर्गत वर्गीकृत प्रतिष्ठानहरु नसमेट्ने उहाँले स्पष्ट पार्नुभयो ।

आर्थिक प्रतिष्ठान निश्चित स्थानमा, आयआर्जन र वस्तु वा सेवाको प्रयोग हेरेर गणना गरिने बताउनुभयो । उहाँका अनुसार थाहा नगरपालिकामा पनि अस्थायी कार्यालय स्थापना गरिएको छ । गणकले आर्थिक गणना गरेपछि गणना भएको व्यावसायिक केन्द्रमा स्टीकर टाँस गर्ने उहाँले बताउनुभयो । हेटौंडा उपमहानगरपालिका भित्र २६ जना गणकहरुले आर्थिक गणना गर्दैछन् । गणक कर्मचारीहरुका लागि आज मंगलबारदेखि २४ गतेसम्म ५ दिने तालिम सञ्चालन हुने भएको छ । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले तथ्याङ्क संकलनमा जाने गणकहरु दक्ष हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । जिल्ला आर्थिक गणना कार्यालय मकवानपुरको आयोजनामा भएको कार्यक्रम निमित्त प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काको सभाध्यक्षतामा भएको हो ।





कमेन्टसहरु



अन्तर्वार्ता

‘सामूहिक कार्यलाई सशक्त बनाउने छु’
सुरेश श्रेष्ठ/यमप्रसाद तिमल्सिना     224
शिक्षालाई सेवाको रुपमा हेर्नुपर्दछ
अमृत चिमरिया     1054
बेचबिखन रोक्न जनचेतना आवश्यक
प्रिया पौडेल     69
‘फुटबल पतनको बाटोतर्फ’
सुरेश श्रेष्ठ/अमृत चिमरिया     52

सम्पादकीय

प्रतिवद्धता कार्यान्वयन होस्
सम्पादकीय     8
क–कसले पाउने पारिश्रमिक ?
सम्पादकीय     5
पिछडिएका समुदाय नछुटुन
सम्पादकीय     7
प्रेरणादायी पुरस्कार
सम्पादकीय      6
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com



1284127 Times Visited.

  • सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
  • अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
  • प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Design and Develop :
Top