+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
अर्थ / व्यापार

उद्योगलाई लगानी गर्नुस्ः मुख्यमन्त्री पौडेल



अर्थ / व्यापार   40 पटक पढिएको   समाज संवाददाता     
हेटौंडा, २१ चैत्रः प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सहकारीले सधैं सानातिना तथा विलासी वस्तुहरुमा लगानी गर्नको लागि ऋण सुविधा दिन नहुने बताउनुभएको छ । ६१औं राष्ट्रिय सहकारी दिवसको अवसरमा हेटौंडामा भएको कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले ठुला उद्योगमा लगानी गर्नुपर्ने भन्दै अर्बौं रुपैयाँको कारोबार गर्ने सहकारीले हजारांैलाई स्वरोजगार बनाउनुपर्ने बताउनुभयो । सहकारी अब उत्पादनमा प्रत्यक्ष रुपमा जोडिनुपर्ने भन्दै सहकारीले आधा लगानी गरेर ठुला खालका उद्योग सञ्चालन गर्न खोजे आधा लगानी प्रदेश सरकारले सहयोग गर्ने समेत बताउनुभएको थियो ।



‘सदस्यबाट ऋणको व्याज मात्रै आम्दानी नठानी ठुला उद्योगको लगानीबाट नाफा लिनुपर्छ’, मुख्यमन्त्री पौडेलले बताउनुभयो । उहाँले कार्यक्रममा आफुलाई आयातित फुलको माला लगाएर अतिथि बन्न समेत अप्ठ्यारो परेको बताउनुभएको थियो । पौडेलले सहकारीहरुले फुल उत्पादन, मौरीपलान तथा साना देखिने महत्वपूर्ण उत्पादनमुलक व्यवसाय गरे बजारको जिम्मा प्रदेश सरकारले लिने समेत बताउनुभयो । त्यस्तै आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले सहकारी मार्फत प्रदेश विकासको लागि आफुहरुको प्रयत्न रहने भन्दै उहाँले सहकारी मिलेर ठुला उद्योगमा लगानी गर्न सके युवाहरुले स्वदेशमै रोजगारी पाउने बताउनुभएको हो । सहकारीले शिक्षा, स्वास्थ्य तथा कृषिको क्षेत्रमा योगदान दिनुपर्ने भन्दै उहाँले प्रदेश सरकार सहकारीसँग हातेमालो गरेर काम गर्न तत्पर रहेको बताउनुभयो । कार्यक्रममा प्रदेश सांसद माधव पौडेल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना लामा, भीमफेदी गाउँपालिकाकी उपाध्यक्ष पार्वती राना लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

दिवसको अवसरमा जिल्ला बचत तथा सहकारी संघले उत्कृष्ट सहकारीको रुपमा मनकामना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड, सहकारी अभियानकर्ताहरु विमल ढकाल र कल्पना श्रेष्ठ, व्यवस्थापकहरु बसन्त घलान तथा कोपिला थापालाई सम्मान गरेको छ । त्यस्तै सहकारी बैंकको तर्फबाट नियमित कारोबारतर्फ हेटौंडाको दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था तथा उत्कृष्ट कारोबारतर्फ हेटौंडा बचत तथा ऋण सहकारी संस्थालाई सम्मान गरेको छ । सहकारी संघले मकवानपुर जिल्लाको सहकारी क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिइएको भन्दै डिभिजन सहकारी कार्यालय हेटौंडाका कार्यालय प्रमुख तिलकराम पोखरेललाई सम्मान गरेको छ । कार्यक्रममा ६१औं सहकारी दिवस मूल आयोजना समारोह समितिका संयोजक नारायणप्रसाद देवकोटाको अध्यक्षतामा भएको थियो । कार्यक्रमअघि हेटौंडा उपमहानगरपालिकाबाट प्रभातफेरी आयोजना गरिएको थियो । हेटौंडा बजार क्षेत्रको परिक्रमा गरी प्रभातफेरी कार्यक्रमस्थल पल्पसा सभागृह पुगेको थियो ।








सम्बन्धित शिर्षक समाचारहरु
  • वहुप्राविधिक महाविद्यालयको निर्माणमा मुख्यमन्त्रीको अग्रसरता/ कात्तिक १ बाट रुख कटान

    हेटौंडा, ३१ असारः नेपाल भारत मैत्री बहुप्राविधिक महाविद्यालयको निर्माण कार्यको लागि ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अग्रसरता देखाउनुभएको छ । महाविद्यालयको विषयमा ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको उपस्थितीमा नेपाल स्थित भारतिय राजदुतावासका पदाधिकारी, सिटिईभिटीका पदाधिकारी, प्रदेशका सचिवहरु सहितको टोलीबीच शनिबार छलफल भएको थियो ।
    शिक्षा
    14     समाज संवाददाता
  • मानन्धरको आँखाको नानी संकलन

    हेटौंडा, ३० असारः नेपाल भाषा खलः मकवानपुरका अध्यक्ष मंगलकृष्ण मान्नधरको आँखाको नानी शनिबार संकलन गरिएको छ ।
    स्वास्थ्य
    56     समाज संवाददाता
  • कुखरेनीमा नयाँ सम्मवेल

    हेटौंडा, ३१ असारः हेटौंडा उपमहानगरपालिका–९ कुखरेनीमा खानेपानीको लागि नयाँ सम्मवेल संचालनमा आएको छ । हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले आफ्नो सेवा क्षेत्रभित्र खानेपानीको थप स्रोत वृद्धि गर्ने उद्धेश्यले नयाँ सम्मवेल निर्माण गरी शनिबारबाट संचालनमा ल्याएको हो । हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरी बहादुर महतले सम्मवेलको उद्घाटन गर्नु भएको थियो ।
    समाज
    104     समाज संवाददाता
  • विद्यालयमा बाध्य बनाइँदै क्रिसमस

    समाज संवाददाता हेटौंडाः भोलि सोमबार क्रिसमस मनाइँदैछ । नेपालमा पनि क्रिस्चियन धर्मावलम्बीहरुको संख्या उल्लेख्य वृद्धि भइरहेको छ । वर्षकै महत्वपूर्ण पर्वको रुपमा मनाइने क्रिसमस क्रिस्चियन समुदायले विशेष धार्मिक आस्थाका आधारमा मनाउने गरेका छन् । तर, मकवानपुरका केही निजि विद्यालयले क्रिस्चियन समुदायको धार्मिक पर्वलाई बाध्य बनाउने प्रयास गरिरहेको छ । विद्यार्थीलाई व्यवहारिक शिक्षा दिने नाममा धर्मको गैरकानुनी रुपमा धर्म प्रचार, धार्मिक अभ्यास गराउने प्रयास भइरहेको छ ।
    समाज
    996    
  • महासन्धीमा हस्ताक्षर गर्न आग्रह

    समाज संवाददाता हेटौंडाः मानव अधिकारवादी संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले नेपाल सरकारलाई ‘बलपूर्वक वेपत्ता पारिएका सबै व्यक्तिहरुको संरक्षण सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धी २००६’ मा हस्ताक्षर गरी नेपाललाई उक्त महासन्धीको पक्ष राष्ट्र बन्न आग्रह गरेको छ । अन्तर्राष्ट्रिय वेपत्ता दिवसको दिन मंगलबार इन्सेकले ७५ वटै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पेश गरेको छ । मकवानपुरमा पनि इन्सेक प्रतिनिधी प्रताप विष्टले मकवानपुरका प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर बिकमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पेश गर्नुभएको छ ।
    राजनीति
    99    
  • बिलखबन्दमा भूकम्प पीडित

    २०७२ सालको भूकम्प जति पीडादायक रह्यो त्यो भन्दा बढी पीडादायक छ ती पीडितमाथि सरकारले गरिरहेको बेवास्ता । सरकार भूकम्प पीडितलाई राहत दिने घोषणा गर्छ । अझ सरकार परिवर्तन भए लगत्तै नयाँ प्रधानमन्त्रीको घोषणा अनुदान बढाउने, छिटो काम गर्ने, जनताको ओँठमा हाँसो ल्याउने । नयाँ सरकारले घोषणाअनुसार काम गर्दैन, जनता फेरि निराश । भूकम्पले घर गुमाएका लाखौं जनताले केही समयअघि सरकारको पहिलो किस्ता अनुदान रकम पाए । दसैंको मुखमा ५० हजार रुपैयाँ पाएका भूकम्प पीडित मध्ये कतिपयले दसैंमा नै त्यो पैसा खर्च गरेका छन् । केहीले साँचेर दसैं, तिहार, छठ पछि घर बनाउन सुरु गरे ।
    विचार
    99    
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top