: +०५७-५२६८३०, ९८५५०-६८२२७

सम्पादकीय


आर्थिक गणना विश्वसनीय बनोस्

सम्पादकीय 45 पटक पढिएको सम्पादकीय




नेपालमा पहिलोपटक आर्थिक गणना हुने भएको छ । मुलुकभरको समग्र आर्थिक इकाई र गतिविधिको अवस्था जानकारी लिने उद्देश्यबाट सरकारले आर्थिक गणना गर्न लागेको हो । हाल मुलुकको नयाँ प्रशासकीय संरचनाका लागि पनि यो गणना निकै फलदायी हुनेछ । जनगणनामा कुल जनसंख्याको हिसाब गरिएजस्तै आर्थिक गणनामा पनि आर्थिक इकाईको गणना हुनेछ । आर्थिक इकाइले आयआर्जन, सेवासञ्चालन लगायतका आर्थिक क्रियाकलाप समेट्छ ।

यसले मुलुकका कुन–कुन स्थानमा कस्ता–कस्ता किसिमको व्यापार व्यवसाय छन्, कहाँ कस्तो सम्भावना छ भन्ने कुरालाई उजागर गर्न सक्ने छ । यसकै आधारमा राज्यले भावी आर्थिक र विकास योजना बनाउन सक्छन् । आर्थिक गणनाले सरकारलाई योजना तर्जुमामा समेत उल्लेख्य सहयोग पुग्ने छ । केन्द्रीय तथ्याङ्क विभागले यो गणना गर्न लागेको हो । २०७५ साल वैशाख २ गतेबाट गणकहरुले आफ्नो काम थाल्ने गरी विभागले सबै तयारी पुरा गरेको छ । मुलुकभरका ७७ वटै जिल्लामा कार्यालय र कर्मचारी व्यवस्थापनको काम गरेको छ । सबै जिल्लामा एकै पटक गणना सुरु हुँदैछ ।

आर्थिक गणनामा आर्थिक उपार्जनको लागि सञ्चालनमा रहेका प्रतिष्ठानको मात्र गणना हुनेछ । यकिन तथ्यांकको अभावमा अर्थतन्त्रका सबै परिसूचकहरुको विश्वसनीयतामा प्रश्न उठ्ने गरेका छन् । यी प्रश्नको निरुपणका लागि राष्ट्रिय योजना आयोग मातहतको केन्द्रीय तथ्यांक विभागले आर्थिक गणना गर्ने भएको हो । गणनाका लागि आर्थिक क्रियाकलापसँग सम्बन्धित क्षेत्रहरूलाई समेटेर प्रश्नावली बनाईएको छ । तर कृषि, वन तथा मत्स्य, सार्वजनिक प्रशासन र सामाजिक सुरक्षा अन्तर्गतका प्रतिष्ठानहरु गणनाको क्षेत्रमा नपर्ने भएका छन् । गणनाबाट आर्थिक इकाईहरुको विवरण संकलन, प्रशोधन विश्लेषण, प्रकाशन र वितरण गर्ने समष्टिगत तथ्याङ्कीय अभिलेख तयार हुनेछ । यो गणना देशकै आर्थिक ऐना हुने भएकाले पनि गणकहरु होशियार हुनु पर्दछ । यति महत्वपूर्ण अभियानमा संलग्न हुनेहरुको योग्यता र दक्षता र चरित्रमा कहीँबाट पनि प्रश्न उठ्ने अवस्था आउनु हुँदैन । यस्तै चारित्रिक शुद्धता र नैतिक आचारण उच्च राख्न सक्नु गणकहरुको चुनौती हो । व्यवहारगत कमजोरीका कारण तथ्याङ्कहरुमा फरक परे अभियानको उद्देश्य पुरा हुन सक्ने छैन ।

मकवानपुरमा पनि जेठ १५ गतेसम्म ६३ जना गणकद्वारा आर्थिक गणना हुने भएको छ । जिल्ला आर्थिक गणना कार्यालय मकवानपुरले अस्थायी कार्यालय स्थापना गरेर काम अगाडि बढाईएको छ । जिल्लाका प्रत्येक घरघरमा पुग्ने र विभागले तयार पारेको प्रश्नावली भर्ने काम गरिने छ । यसरी संकलन गरिएको तथ्याङ्क सकेसम्म वास्तविक हुनु पर्दछ भन्ने कुरालाई गणकहरुले विशेष ध्यान दिनु आवश्यक छ । जनसंख्या गणना वा मतदाता शिक्षा जस्तो यो आर्थिक गणना सहज छैन । कुनै परिवारको आर्थिक पक्षका विषयमा जानकारी छरछिमेकले पक्कै पनि दिन सक्दैनन् । त्यसैले देशको आर्थिक अवस्थाको वास्तविक तस्विर लिनका लागि सम्बन्धित परिवारका सदस्यसँग नै प्रत्यक्ष साक्षात्कारा हुन सक्नु पर्दछ । यदि त्यसो गर्न सकिए मात्र राज्यले खोजेको तथ्यहरु उपलव्ध हुनेछन् । राष्ट्रिय लेखा प्रणाली सुदृढीकरण गर्न तथ्याङ्क उपलब्ध गराउने, तल्लो तहसम्मको तथ्याङ्क संकलन गर्ने उद्देश्यले गणना हुन लागेको हो । आर्थिक गणनाले सबै जिल्लाहरुको भूभाग भित्र गणनाको दिनमा अस्तित्वमा वा सञ्चालनमा रहेको सबै प्रकारका आर्थिक प्रतिष्ठानलाई समेट्न उद्देश्य राखेको पाईन्छ । सरकारको यो अभियानलाई सार्थक र सफल बनाउने जिम्मेवारी हामी सबैको हो ।





कमेन्टसहरु



अन्तर्वार्ता

‘सामूहिक कार्यलाई सशक्त बनाउने छु’
सुरेश श्रेष्ठ/यमप्रसाद तिमल्सिना     224
शिक्षालाई सेवाको रुपमा हेर्नुपर्दछ
अमृत चिमरिया     1054
बेचबिखन रोक्न जनचेतना आवश्यक
प्रिया पौडेल     69
‘फुटबल पतनको बाटोतर्फ’
सुरेश श्रेष्ठ/अमृत चिमरिया     52

सम्पादकीय

प्रतिवद्धता कार्यान्वयन होस्
सम्पादकीय     8
क–कसले पाउने पारिश्रमिक ?
सम्पादकीय     5
पिछडिएका समुदाय नछुटुन
सम्पादकीय     7
प्रेरणादायी पुरस्कार
सम्पादकीय      6
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com



1284209 Times Visited.

  • सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
  • अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
  • प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Design and Develop :
Top