: +०५७-५२६८३०, ९८५५०-६८२२७

सम्पादकीय


प्रहरीको तीन महिने अभियान

सम्पादकीय 17 पटक पढिएको सम्पादकीय




नेपाल प्रहरीले महिला हिंसा विरुद्ध ३ महिने अभियान सुरु गरेको छ । महिला हिंसाका कारण, पीडकलाई सजाय, पीडितलाई उद्दार तथा पुनस्र्थापना लगायतमा नागरिकको सहयोग र प्रहरीको थप सक्रियताका लागि अभियान सन्चालन गरेको हो । हिंसाका घटनाको विश्लेषण गरेर योजना बनाउन पनि अभियान सहायक हुने देखिन्छ । यसका लागि प्रहरीले जिल्लाका सरोकारवाला पक्षसँग अन्तरक्रिया समेत थालेको छ ।

अभियानबाट समाजमा महिला हिंसा हुनै नदिन योगदान दिने प्रहरीको दावीलाई सार्थक बनाउन सक्नु पर्छ । कतिपय घटना प्रहरीबाटै हुने तथा घटनालाई ढाकछोप गर्ने वा मेलमिलाप गराउने जस्ता काममा प्रहरीको संलग्नता भेटिएपछि अभियान सुरु भएको छ । यस्ता क्रियाकाप र ओरोपबाट मुक्त हुन सके मात्र अभियानको उद्देश्य पुरा हुन सक्ने छ । नत्र भने नागरिकलाई सान्त्वना दिन मात्र अभियान थालेको आरोप लाग्ने छ । पीडकले त्यतिबेला सजाय पाउने छ जतिबेला प्रहरीको अनुसन्धान तथ्यपरक हुन सक्छ । यसका लागि प्रहरीले आफ्नो संगठनलाई थप विश्वासिलो बनाउनका लागि यस्ता अभियान सहयोगी बन्ने छन् ।

नेपाली महिलाले धेरै किसिमका हिंसाको सामना गर्नु परेको छ । आधा आकाश ओगट्ने महिला भनिए पनि अधिकारबाट वञ्चित हुनु परेकोले हिंसा बढेर गएको हो । छोरीलाई स्वतन्त्र अस्तित्व भएको नागरिकको रूपमा नलिने प्रथा अझै कायम छ । पुरूष प्रधान समाज र परम्परागत सोचमा परिवर्तन भएको छैन । महिलाले दाईजो नल्याएका कारण यातना सहनु परेको उदाहरण थुप्रै भइसकेका छन् । बोक्सीको आरोप लगाएर घर निकाला गरेका घटना, बालबिवाह, बहुबिवाह, देहव्यपार, गरीबी, बेरोजगारी, चेलीबेटी बेचविखन र ओसारपसार, यौन शोषणलगायतका हिंसाले समाज अछुतो छैन । मकवानपुरमा पछिल्लो तीन वर्षमा जबर्जस्ती करणी र करणीको उद्योगका ८३ वटा घटना भएका छन् । तर ति घटनामा संलग्न कतिपय दोषीहरु आज पनि प्रहरीको कारवाहीबाट बाहिर छन् । तर चालु आर्थिक वर्षमा भएका यस्ता जघन्य अपराधका घटनामा संलग्न भएकाहरुलाई पक्राउ गर्न प्रहरीको सक्रियता प्रशंसनीय देखिन्छ । १३ वटा घटनाका दोषी मध्ये १२ जना पक्राउ परेका छन । 

महिला हिंसाका घटनाहरू बढ्नुमा विशेष कारण मध्ये दोषीलाई कारवाही गर्न नसक्नु हो । यसका लागि महिलाहरुमा आत्मवलको कमी देखिन्छ । हिम्मत गरेर पीडक विरुद्ध उजुरी गर्ने आँट महिला स्वयम्ले नगरेसम्म दोषीले कारवाहीबाट उन्मुक्ति पाईनै रहनेछन् । केही महिलाले आँट गरेमा पनि घरपरिवारले साथ नदिने अवस्था छ । पीडितले आँट गर्ने र परिवारबाट पनि सहयोग भए पनि कतिपय घटनामा प्रहरीले नै मेलमिलाप गराउने गरेको अवस्था छ । यी सबै कारणले अपराधिमा मनोवल उच्च भई फेरी पनि यस्ता घटनाहरु दोहोरिन पुग्ने गरेकाछन् । अब नागरिकले सामाजिक वेईज्जतको नाममा घटनाहरु लुकाउने वा मेलमिलाप गराउने गर्नुको सट्टा प्रहरीको सहयोग लिने आँट गर्नु आवश्यक छ ।  यी कामका लागि हाल प्रहरीले सुरु गरेको ३ महिने अभियान सफल हुन सक्नु पर्दछ । प्रहरीको उपस्थितिले मात्र पनि अपराध गर्नेहरुको मनोवल कमजोर हुने छ भने आम नागरिकमा सुरक्षाको अनुभूति हुन्छ । तसर्थ महिला हिंसा विरुद्धको प्रहरी अभियान जिल्लाका दुरदराजसम्म पनि पुग्न सक्नु पर्दछ । तब मात्र महिला हिंसा विरुद्धको ३ महिने अभियानको सार्थकता हुने छ ।





कमेन्टसहरु



अन्तर्वार्ता

‘सामूहिक कार्यलाई सशक्त बनाउने छु’
सुरेश श्रेष्ठ/यमप्रसाद तिमल्सिना     224
शिक्षालाई सेवाको रुपमा हेर्नुपर्दछ
अमृत चिमरिया     1054
बेचबिखन रोक्न जनचेतना आवश्यक
प्रिया पौडेल     69
‘फुटबल पतनको बाटोतर्फ’
सुरेश श्रेष्ठ/अमृत चिमरिया     52

सम्पादकीय

प्रतिवद्धता कार्यान्वयन होस्
सम्पादकीय     8
क–कसले पाउने पारिश्रमिक ?
सम्पादकीय     5
पिछडिएका समुदाय नछुटुन
सम्पादकीय     7
प्रेरणादायी पुरस्कार
सम्पादकीय      6
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com



1284210 Times Visited.

  • सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
  • अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
  • प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Design and Develop :
Top