+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
अर्थ / व्यापार

महासंघमा पुनः सापकोटा



अर्थ / व्यापार   74 पटक पढिएको        
हेटौंडा, २१ चैत्रः राष्ट्रिय कृषक समूह महासंघ नेपाल जिल्ला शाखा मकवानपुरको अध्यक्षमा पुनः महानन्द सापकोटा सर्वसम्मत चयन हुनु भएको छ । आईतबार हेटौंडामा भएको दोस्रो जिल्ला अधिवेशनले सापकोटाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।



समितिको उपाध्यक्षमा सरस्वती अधिकारी, सचिवमा मधुसुदन अर्याल, कोषाध्यक्ष जानुका अधिकारी, सहसचिव दीपक पुडासैनी चयन हुनु भएको छ । यस्तै, समितिको सदस्यहरुमा चित्र बहादुर चेपाङ, मान सिंह घलान, राधिका खड्का, मिठु गोले, कविता बल, कमला विक रहेका छन् । कार्यक्रममा कृषि प्रसार अधिकृत काशीराज हमाल र प्राविधिक सहायक विष्णु सुवेदीलाई मकवानपुरमा रहँदा कृषकको क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि भूमी, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले कृषि क्षेत्रको समृद्धिको लागि कार्यक्रम सञ्चालन गर्ने जानकारी दिनुभयो । उहाँले वास्तविक किसानको काम गर्ने कृषकहरुका लागि कार्यक्रम ल्याउने स्पष्ट पार्नुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना लामा, महासंघका केन्द्रीय महासचिव नवराज बस्नेतको उपस्थिति रहेको थियो ।








सम्बन्धित शिर्षक समाचारहरु
  • वहुप्राविधिक महाविद्यालयको निर्माणमा मुख्यमन्त्रीको अग्रसरता/ कात्तिक १ बाट रुख कटान

    हेटौंडा, ३१ असारः नेपाल भारत मैत्री बहुप्राविधिक महाविद्यालयको निर्माण कार्यको लागि ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अग्रसरता देखाउनुभएको छ । महाविद्यालयको विषयमा ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको उपस्थितीमा नेपाल स्थित भारतिय राजदुतावासका पदाधिकारी, सिटिईभिटीका पदाधिकारी, प्रदेशका सचिवहरु सहितको टोलीबीच शनिबार छलफल भएको थियो ।
    शिक्षा
    14     समाज संवाददाता
  • मानन्धरको आँखाको नानी संकलन

    हेटौंडा, ३० असारः नेपाल भाषा खलः मकवानपुरका अध्यक्ष मंगलकृष्ण मान्नधरको आँखाको नानी शनिबार संकलन गरिएको छ ।
    स्वास्थ्य
    56     समाज संवाददाता
  • कुखरेनीमा नयाँ सम्मवेल

    हेटौंडा, ३१ असारः हेटौंडा उपमहानगरपालिका–९ कुखरेनीमा खानेपानीको लागि नयाँ सम्मवेल संचालनमा आएको छ । हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले आफ्नो सेवा क्षेत्रभित्र खानेपानीको थप स्रोत वृद्धि गर्ने उद्धेश्यले नयाँ सम्मवेल निर्माण गरी शनिबारबाट संचालनमा ल्याएको हो । हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरी बहादुर महतले सम्मवेलको उद्घाटन गर्नु भएको थियो ।
    समाज
    104     समाज संवाददाता
  • विद्यालयमा बाध्य बनाइँदै क्रिसमस

    समाज संवाददाता हेटौंडाः भोलि सोमबार क्रिसमस मनाइँदैछ । नेपालमा पनि क्रिस्चियन धर्मावलम्बीहरुको संख्या उल्लेख्य वृद्धि भइरहेको छ । वर्षकै महत्वपूर्ण पर्वको रुपमा मनाइने क्रिसमस क्रिस्चियन समुदायले विशेष धार्मिक आस्थाका आधारमा मनाउने गरेका छन् । तर, मकवानपुरका केही निजि विद्यालयले क्रिस्चियन समुदायको धार्मिक पर्वलाई बाध्य बनाउने प्रयास गरिरहेको छ । विद्यार्थीलाई व्यवहारिक शिक्षा दिने नाममा धर्मको गैरकानुनी रुपमा धर्म प्रचार, धार्मिक अभ्यास गराउने प्रयास भइरहेको छ ।
    समाज
    996    
  • महासन्धीमा हस्ताक्षर गर्न आग्रह

    समाज संवाददाता हेटौंडाः मानव अधिकारवादी संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले नेपाल सरकारलाई ‘बलपूर्वक वेपत्ता पारिएका सबै व्यक्तिहरुको संरक्षण सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धी २००६’ मा हस्ताक्षर गरी नेपाललाई उक्त महासन्धीको पक्ष राष्ट्र बन्न आग्रह गरेको छ । अन्तर्राष्ट्रिय वेपत्ता दिवसको दिन मंगलबार इन्सेकले ७५ वटै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पेश गरेको छ । मकवानपुरमा पनि इन्सेक प्रतिनिधी प्रताप विष्टले मकवानपुरका प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर बिकमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पेश गर्नुभएको छ ।
    राजनीति
    99    
  • बिलखबन्दमा भूकम्प पीडित

    २०७२ सालको भूकम्प जति पीडादायक रह्यो त्यो भन्दा बढी पीडादायक छ ती पीडितमाथि सरकारले गरिरहेको बेवास्ता । सरकार भूकम्प पीडितलाई राहत दिने घोषणा गर्छ । अझ सरकार परिवर्तन भए लगत्तै नयाँ प्रधानमन्त्रीको घोषणा अनुदान बढाउने, छिटो काम गर्ने, जनताको ओँठमा हाँसो ल्याउने । नयाँ सरकारले घोषणाअनुसार काम गर्दैन, जनता फेरि निराश । भूकम्पले घर गुमाएका लाखौं जनताले केही समयअघि सरकारको पहिलो किस्ता अनुदान रकम पाए । दसैंको मुखमा ५० हजार रुपैयाँ पाएका भूकम्प पीडित मध्ये कतिपयले दसैंमा नै त्यो पैसा खर्च गरेका छन् । केहीले साँचेर दसैं, तिहार, छठ पछि घर बनाउन सुरु गरे ।
    विचार
    99    
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top