+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
शिक्षा

मेयरकी नातिनी सामुदायिक विद्यालयमा भर्ना



शिक्षा   273 पटक पढिएको   प्रिया पौडेल     
हेटौंडाः सामुदायिक विद्यालयतर्फ अभिभावकलाई आकर्षित गर्न हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले आफ्नी नातिनीलाई सामुदायिक विद्यालयमा भर्ना गर्नुभएको छ । सामुदायिक विद्यालयमा सर्वसाधारणले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन र सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन भन्दै मेयर महतले आइतबार ४ वर्षीया नातिनी अपेक्षा महतलाई नर्सरीमा भर्ना गर्नुभएको छ । हेटौंडा–२ स्थित सिद्धार्थ माविमा नातिनीलाई भर्ना गर्नुभएको हो ।

मेयरकी नातिनी सामुदायिक विद्यालयमा भर्ना


समाजका अधिकांश अगुवाका छोराछोरी संस्थागत विद्यालयमा पढाउने प्रवृत्तिले गर्दा सामुदायिक विद्यालयहरुको शैक्षिक अवस्था कमजोर बनेको मेयर महतको ठम्याई छ । सामुदायिक विद्यालयमा पढाउने शिक्षक र सचेत नागरिकहरुले संस्थागत विद्यालयमा विद्यार्थी पठाउने अनि निम्न वर्गका छोराछोरी मात्र सामुदायिक विद्यालयमा हुनुले पनि शैक्षिक स्तर वृद्धि हुन नसकेको उल्लेख गर्दै मेयर महतले भन्नुभयो, ‘सामुदायिक विद्यालयमा सचेत अभिभावकको तर्फबाट निगरानी नहुनुले पढाईको अवस्था खस्केको हो ।’ सिद्धार्थ माविले भर्ना अभियान आइतबारदेखि नै सुरु गरेको छ । मेयर महतले चार वर्षीया नातिनी अपेक्षा महतलाई भर्ना गरेर अभियानको शुभारम्भ गर्नुभएको हो । सामुदायिक विद्यालय प्रतिको हेराईमा परिवर्तन गर्नु जरुरी रहेको भन्दै उहाँले अंग्रेजी माध्यमबाट पढाउन र विद्यालयलाई अपडेट गर्दै अगाडि बढ्न अनुरोध गर्नुभएको छ । सामुदायिक विद्यालयको गुणस्तर सुधारको लागि हेटौंडा उपमहानगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता समेत गर्नुभयो । 

सामुदायिक विद्यालयले अभिभावकको मन जित्न नसकेको अवस्थामा मेयरकी नातिनी भर्ना हुनु सामुदायिक विद्यालयको लागि एउटा राम्रो अवसर रहेको विद्यालयका सहायक प्रधानाध्यापक सागर प्रसाद खतिवडाले बताउनुभयो । पढाईको गुणस्तरमा सुधार ल्याउन पनि चुनौति थपिएको उहाँले बताउनुभयो । सिद्धार्थ माध्यामिक विद्यालयमा ३ कक्षासम्म र ९ कक्षामा अंग्रेजी विषयमा अध्यापन भईरहेको छ । यसलाई बिस्तारै बढाउँदै जाने योजना रहेको उहाँले जानकारी दिनुभयो । विद्यार्थीहरुमा एकरुपता होस् भनेर नयाँ विद्यार्थी भर्नामा विद्यालयले बैशाख ५ गतेबाट स्कुलको किताब सहितको व्याग दिने योजना रहेको सहायक प्रधानाध्यापक खतिवडाले बताउनुभयो ।








सम्बन्धित शिर्षक समाचारहरु
  • वैठक भत्ता मात्रै २ करोड ७५ लाख

    हेटौंडा, ३२ असारः ३ नम्बर प्रदेश सरकारले आगामी आर्थिक वर्षमा कर्मचारी र पदाधिकारीहरुको लागि वैठक भत्ता मात्रै २ करोड ७५ लाख ५० हजार रुपैयाँ छुट्टाएको छ । प्रदेश सरकार अन्तर्गत प्रदेशका मन्त्रालाय, प्रदेश सभा सचिवालय, मुख्य न्यायधिवक्ताको कार्यालय, प्रदेश लेखा नियन्त्रकको कार्यालयमा हुने कर्मचारी तथा पदाधिकारीहरुको वैठक भत्तामा उक्त रकम खर्च हुने भएको हो ।
    राजनीति
    56     अमृत चिमरिया
  • ताप्लेजुङ सेमिफाईनलमा

    हेटौंडा, ३२ असारः हेटौंडामा जारी उपराष्ट्रपति महिला राष्ट्रिय फुटबल प्रतियोगिताको क्वाटरफाईनल खेलबाट ताप्लेजुङ सेमिफाईनलमा प्रवेश गरेको छ । क्वाटरफाईनल खेलअन्तर्गत आइतबार भएको पहिलो खेलमा ताप्लेजुङले सुर्खेतलाई १–० गोलअन्तरले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको हो ।
    खेलकुद
    1     समाज संवाददाता
  • मकवानपुरका मुक्तानलाई स्वर्ण

    हेटौंडा, ३२ असारः भारतमा भएको ‘माल्दा वेस्ट बङ्गाल इन्भिटेशन इन्टरनेशनल तेक्वान्दो च्याम्पियनशिप २०१८’को गेरुगी प्रतियोगिता ७८ किलो तर्फको खेलमा मकवानपुरका ओम कुमार मुक्तानले स्वर्ण पदक हासिल गरेका छन् ।
    खेलकुद
    5     समाज संवाददाता
  • विद्यालयमा बाध्य बनाइँदै क्रिसमस

    समाज संवाददाता हेटौंडाः भोलि सोमबार क्रिसमस मनाइँदैछ । नेपालमा पनि क्रिस्चियन धर्मावलम्बीहरुको संख्या उल्लेख्य वृद्धि भइरहेको छ । वर्षकै महत्वपूर्ण पर्वको रुपमा मनाइने क्रिसमस क्रिस्चियन समुदायले विशेष धार्मिक आस्थाका आधारमा मनाउने गरेका छन् । तर, मकवानपुरका केही निजि विद्यालयले क्रिस्चियन समुदायको धार्मिक पर्वलाई बाध्य बनाउने प्रयास गरिरहेको छ । विद्यार्थीलाई व्यवहारिक शिक्षा दिने नाममा धर्मको गैरकानुनी रुपमा धर्म प्रचार, धार्मिक अभ्यास गराउने प्रयास भइरहेको छ ।
    समाज
    996    
  • बिलखबन्दमा भूकम्प पीडित

    २०७२ सालको भूकम्प जति पीडादायक रह्यो त्यो भन्दा बढी पीडादायक छ ती पीडितमाथि सरकारले गरिरहेको बेवास्ता । सरकार भूकम्प पीडितलाई राहत दिने घोषणा गर्छ । अझ सरकार परिवर्तन भए लगत्तै नयाँ प्रधानमन्त्रीको घोषणा अनुदान बढाउने, छिटो काम गर्ने, जनताको ओँठमा हाँसो ल्याउने । नयाँ सरकारले घोषणाअनुसार काम गर्दैन, जनता फेरि निराश । भूकम्पले घर गुमाएका लाखौं जनताले केही समयअघि सरकारको पहिलो किस्ता अनुदान रकम पाए । दसैंको मुखमा ५० हजार रुपैयाँ पाएका भूकम्प पीडित मध्ये कतिपयले दसैंमा नै त्यो पैसा खर्च गरेका छन् । केहीले साँचेर दसैं, तिहार, छठ पछि घर बनाउन सुरु गरे ।
    विचार
    99    
  • प्रशासनिक आग्रहको वेवास्ता

    आगामी मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको तयारी तीव्ररुपमा भईरहेको छ । निर्वाचन आयोगले आफ्नो तर्फबाट गर्नु पर्ने सम्पूर्ण तयारी पुरा गरिसकेको छ । उसले निर्वाचनका दिन आवश्यक पर्ने मतपत्र तथा अन्य सामाग्रीहरु पनि जिल्ला जिल्ला पठाउन थालिसकेको जनाएको छ । पहिलो चरणमा निर्वाचन हुने जिल्लाहरुमा त समाग्रीहरु पु¥याइसकेको छ । यस्तै राजनीतिक दलका नेता, कार्यकर्ता, उम्मेदवार पनि मत माग्ने काममा व्यस्त छन् । उम्मेद्वारहरु यतिबेला मतमाग्दै जनताको घर, आँगन र खेतबारी मै पुग्न थालेका छन् । यसले निर्वाचन उल्लासमय तरिकाबाट अगाडि बढीरहेको देखिन्छ । हुन पनि निर्वाचन भनेको जनताले सार्वभौम सत्ताको अधिकार प्रयोग गर्ने एउटा महत्व पूर्ण अवसर हो । मतदाताले एकपटक प्रयोग गरेको अधिकारले आफुमाथि पाँच वर्षसम्म शासन गर्ने जिम्मेवारी प्रदान गरिएको हुन्छ । त्यसैले पनि निर्वाचनलाई उत्सव मात्र होईन कि महाउत्सव बनाउन सक्नु पर्दछ ।
    सम्पादकीय
    98     सम्पादकीय
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top