+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
समाज

मकवानपुरमा ९ प्रतिशत लाभग्राहिले पाए तेस्रो किस्ता



समाज   160 पटक पढिएको   बिवश अधिकारी     
हेटौंडा, २८ चैत्रः २०७२ सालको महाभूकम्प र त्यसपछिका पराकम्पबाट प्रभावित लाभग्राही मध्ये मकवानपुरमा हालसम्म करीब ९ प्रतिशतले मात्र तेस्रो किस्ता राहत रकम प्राप्त गरेका छन् । महाभूकम्प गएको ३ वर्ष हुनै लाग्दासम्म विभिन्न कारणले अझै पनि करीव ९१ प्रतिशत भूकम्प प्रभावितले सरकारी अनुदान प्राप्त गर्न सकेका छैनन् । मकवानपुरमा महाभूकम्पका कारण घरवारविहिन भएका लाभग्राही घरधुरी संख्या ३१ हजार ८ सय १७ रहेको छ । जसमध्ये हाल सम्म २ हजार ८ सय ५२ जना लाभग्राहिले मात्र तेस्रो किस्ता प्राप्त गरेका छन् ।

मकवानपुरमा ९ प्रतिशत लाभग्राहिले पाए तेस्रो किस्ता


जिल्ला पुनर्निर्माण सहजीकरण समितिको मंगलबार बैठक बसेको थियो । गुनासो फ¥छ्यौटपछि थप भएका लाभग्राहिको संख्या १ हजार ५ सय ७९ सहित कुल ३१ हजार ८ सय १७ रहेका छन् । जस मध्ये हालसम्म २४ हजार ८ सय ८७ लाभग्राहिले अनुदानका लागि सम्झौता गरेका छन् ।  मकवानपुरमा अझै पनि ६ हजार ९ सय ३० जना भूकम्प प्रभावित लाभग्राहिको अनुदान सम्झौता हुन बाँकि रहेको बताईएको छ । त्यस्तै मकवानपुरमा कुल सम्झौता भएका लाभग्राही मध्ये हालसम्म कुल २३ हजार ६ सय २९ जना लाभग्राहिले पहिलो किस्ता रकम प्राप्त गरेका छन् । जसमध्ये २२ हजार २ सय ११ जना लाभग्राहीले सरकारबाट र १ हजार ४ सय १८ जना लाभग्राहिले विभिन्न गैरसरकारी संस्था मार्फत पहिलो किस्ता प्राप्त गरेका छन् ।

कुल सम्झौता गरेका लाभग्राहि मध्ये मकवानपुरमा ९ हजार ७ सय ३ जनाले मात्र दोस्रो किस्ता अनुदान प्राप्त गरेका छन् । जस मध्ये सरकारबाट ८ हजार ६ सय ७४ र गैरसरकारी संस्था मार्फत १ हजार २९ रहेका छन् । मकवानपुरमा २३ हजार ९ सय ६१ भूकम्प प्रभावित लाभग्राहीको गुनासो सम्बोधन भएको छ । जसमध्ये ४ हजमर १ सय ५० प्रवलीकरण लाभग्राही रहेका छन् । जसमा १ हजार ९ सय ४४ जनाको प्रवलीकरण सम्झौता भएको र १ हजार ६ सय ७० जनाको प्रवलीकरणका लागि पहिलो किस्ता बुझिसकेको जानकारी दिईएको छ । अहिलेकै अवस्थामा पुनर्निर्माण हुने हो भने सरकारले ५ वर्षमा सम्पन्न गर्ने भनेको पुनर्निर्माण कार्य पुरा नहुने देखिन्छ । मकवानपुरमा भूकम्प पछिको पुनर्निर्माणमा विशेषगरी लालपुर्जाबिहिन लाभग्राही, स्थानान्तरण सम्बन्धी समस्या, नगरपालिकाबाट पास भएको र भूकम्प प्रतिरोधि भवन मापदण्डको समस्या लगायत कारणले गर्दा पुनर्निर्माण प्रक्रियामा ढिलाई भएको बताईएको छ ।

जिल्ला पुनर्निर्माण सहजीकरण समितिका संयोजक रघुनाथ खुलालको संयोजकत्वमा बसेको बैठकमा जिल्ला प्रशासन कार्यालय मकवानपुरका निमित्त प्रमुख विनोद कुमार खड्का, जिल्ला वन कार्यालय मकवानपुरका प्रमुख प्रल्हाद धिताल, भूकम्प पुनर्निर्माण प्रधिकारण मकवानपुरका प्रमुख सोमराज तिमल्सिना, जिल्ला आयोजना ईकाइका प्रमुख पुष्पराज अधिकारीको सहभागिता रहेको थियो ।








सम्बन्धित शिर्षक समाचारहरु
  • कांग्रेसद्वारा सभा अवरुद्ध/ प्रतिपक्षीद्वारा सरकारको आलोचना

    हेटौंडा, ४ साउनः नेपाली कांग्रेसले बिहिबार ३ नम्बर प्रदेश सभा अवरुद्ध गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता ईन्द्रबहादुर बानियाँले विशेष समयमा बोल्दै आफ्नो पार्टीले राखेका माग पूरा गर्न दबाव दिँदै संसद अवरुद्धको घोषणा गर्नुभएको थियो । बिहीबारको प्रदेशसभा बैठकमा प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको प्रतिवेदन पेस हुने कार्यसूची थियो ।
    राजनीति
    108     प्रकाश दाहाल
  • पङ्खा र नगद सहयोग

    हेटौंडा, ४ साउनः मकवानपुरगढी गाउँपालिका ३ को ज्वालादेवी आधारभुत विद्यालयलाई नारी संरक्षण केन्द्र (डब्लुपीसी) ले पङ्खा र नगद सहयोग गरेको छ ।
    शिक्षा
    6     समाज संवाददाता
  • डा. गोविन्द केसी प्रकरण/ हेटौंडामा विरोधसँगै सेवा पनि

    हेटौंडा, ४ साउनः अनशनरत डा. गोविन्द केसीको माग सम्बोधन गर्न सरकार तत्पर नदेखिएको भन्दै हेटौंडा अस्पतालमा चिकित्सकहरुले विरोध जनाएका छन् ।
    स्वास्थ्य
    5     समाज संवाददाता
  • विद्यालयमा बाध्य बनाइँदै क्रिसमस

    समाज संवाददाता हेटौंडाः भोलि सोमबार क्रिसमस मनाइँदैछ । नेपालमा पनि क्रिस्चियन धर्मावलम्बीहरुको संख्या उल्लेख्य वृद्धि भइरहेको छ । वर्षकै महत्वपूर्ण पर्वको रुपमा मनाइने क्रिसमस क्रिस्चियन समुदायले विशेष धार्मिक आस्थाका आधारमा मनाउने गरेका छन् । तर, मकवानपुरका केही निजि विद्यालयले क्रिस्चियन समुदायको धार्मिक पर्वलाई बाध्य बनाउने प्रयास गरिरहेको छ । विद्यार्थीलाई व्यवहारिक शिक्षा दिने नाममा धर्मको गैरकानुनी रुपमा धर्म प्रचार, धार्मिक अभ्यास गराउने प्रयास भइरहेको छ ।
    समाज
    996    
  • क्लासिक टेकको अफर

    हेटौंडा, २७ कात्तिकः इन्टरनेट सेवा प्रदायक क्लासिक टेकले घरायसी उपभोक्ताका लागि सुपथ मूल्य अफर ल्याएको छ । क्लासिक टेकले “काईदा छ, फाईदा छ” अफर बजारमा ल्याएको जनाएको छ ।
    अर्थ / व्यापार
    99     समाज संवाददाता
  • ५० भन्दा बढि हिरासतमा

    हेटौंडा, २० मंसिरः विभिन्न अभियोगमा प्रहरीले पक्राउ गरेका मंगलबारसम्म ५० जना भन्दा बढि हिरासतमा रहेका छन् । आज बुधबार केहि हिरासतमुक्त भए तापनि मतदानको दिनमा ५० भन्दा बढि हिरासतमै रहने प्रहरी उपरीक्षक विकास राज खनालले जानकारी दिनुभयो । हिरासतमा रहनेहरु मतदानको अवसरबाट बञ्चित हुनेछन् ।
    अपराध
    99     समाज संवाददाता
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top